सूचिकृतका लागि आह्वान गरिएको सूचना full-time
Kathmandu Posted Jul 28, 2026 Apply by Oct 28, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-28

Job Description

सूचिकृतका लागि आह्वान गरिएको सूचना

प्रथम पटक प्रकाशित मितिः२०८३/०४/१२ गते

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) ले आर्थिक वर्ष २०८३/०८४ को लागि आवश्यक पर्ने तपशिल उल्लेखित सामग्री र सेवा आपुर्ति गर्ने आपूर्तिकर्ता,सेवा प्रदायक तथा परामर्शदाताहरू सूचिकृत गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित शर्तहरूको अधिनमा रही सामग्री र सेवा आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त फर्म वा कम्पनीहरूलाई सूचना प्रकाशित भएको मितिले ०७ दिन (२०८३ साउन १८  गते) भित्र सूचिकृतका लागि आवेदन पेश गर्न यो सूचना आह्वान गरिएको छ ।

क.आवश्यक सामाग्री तथा सेवाहरू

ख. निवेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरू:

१.फर्म दर्ताको प्रमाण पत्रको प्रतिलिपी,

२. प्यान भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपी,

३. आ.व.२०८१ / ०८२ को कर चुक्ता प्रमाणको प्रतिलिपी,

४.सञ्चालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी,

ग.आवेदन पेश गर्नका लागी न्युनतम शर्तहरू:

१.वस्तु तथा सेवा प्रदायकको हकमा प्रदान गरिने वस्तु तथा सेवाको विवरण निवेदनमा उल्लेख गरिएको हुनुपर्ने छ ।

२. रित नपुगी आएका आवेदनलाई प्रक्रियामा समावेश गरिने छैन । साथै आपुर्तिकर्ता तथा सेवा प्रदायकलाई सूचिकृत गर्ने वा नगर्ने अधिकार संस्थामा निहित रहने छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान)

भीमदत्त नगरपालिका १८, कटान कञ्चनपुर

फोन नं. ९८०१५६८३४४,

इमेलः [email protected]

https://www.jobsnepal.com/sacakataka-lga-aahavana-garaeka-sacana-143443

Other Jobs at Preservation of Environment and Social Welfare Association of Nepal (PESWAN)

Loading...

Similar Jobs

Loading...
81 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal