This job has expired and is no longer accepting applications — see similar active jobs below.

शिलबन्दी दरभाउ पेश गर्ने सम्बन्धी सूचना

Parsa Posted Aug 5, 2026 143 views Apply by Nov 5, 2026
Browse similar jobs

At a glance

Deadline
Nov 5, 2026
Job type
Full time
Category
Others
Salary
Not stated

श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय, बतरा, बारा

आदर्शकोतवाल गाउँपालिका–३, बारा

शिलबन्दी दरभाउ पेश गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०८३/०४/२० गते

श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय, बतरा, बाराले ActionAid Nepal तथा Jan Jagaran Youth Club (JJYC), Bara को संयुक्त साझेदारी तथा आदर्शकोतवाल गाउँपालिकाको समन्वयमा श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय बतरामा बालमैत्री सिकाइ वातावरणका लागि विद्यालय पूर्वाधार निर्माण परियोजना कार्यका लागि आवश्यक पर्ने देहायबमोजिमका निर्माण सामग्री तथा सेवाहरू खरिद गर्नुपर्ने भएकोले योग्य तथा इच्छुक आपूर्तिकर्ता/फर्म/कम्पनीसँग दीर्घकालीन आपूर्ति सम्झौता गर्न इच्छुक रहेको छ ।

तसर्थ, प्रचलित कानून बमोजिम दर्ता भएका इच्छुक तथा योग्य आपूर्तिकर्ता/फर्म/कम्पनीहरूलाई आफ्नो फर्म/कम्पनीको दररेट सहित देहाय बमोजिमका आवश्यक कागजातहरू संलग्न गरी मिति २०८३ साल साउन ३० गते कार्यालयको समयभित्र यस विद्यालयको कार्यालयमा शिलबन्दी दरभाउ पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक निर्माण सामग्री तथा सेवाहरू

१. स्क्वायर फिटका आधारमा भवन निर्माणसम्बन्धी सेवा

४. बालुवा, गिटी तथा बोल्डर

पेश गर्नुपर्ने आवश्यक कागजातहरू

१. फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा आधिकारिक बिक्रेता प्रमाणपत्र (Authorized Dealer Certificate), लागू हुने अवस्थामा ।

२. स्थायी लेखा नम्बर (PAN) तथा मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ।

३. आर्थिक वर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।

महत्वपूर्ण सूचना

१. आपूर्तिकर्ता/फर्म/कम्पनीले प्रत्येक सामग्री वा सेवाको इकाइ, दररेट तथा लागू हुने करसम्बन्धी विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।

२. शिलबन्दी दरभाउ पेश गर्दा आपूर्ति, ढुवानी तथा अन्य लागू हुने खर्च समावेश भए/नभएको स्पष्ट खुलाउनुपर्नेछ ।

३. विद्यालयले आवश्यकता, गुणस्तर, दररेट, आपूर्ति क्षमता तथा प्रचलित नियमअनुसार उपयुक्त आपूर्तिकर्ता/फर्म/कम्पनी छनोट गर्नेछ ।

४. विद्यालयले कुनै वा सबै शिलबन्दी दरभाउ स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित राख्दछ ।

५. आवश्यक परेमा विद्यालयले सम्बन्धित आपूर्तिकर्ता/फर्म/कम्पनीसँग थप विवरण वा कागजात माग गर्न सक्नेछ ।

सम्पर्क ठेगाना

श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय, बतरा, बारा

आदर्शकोतवाल गाउँपालिका–३, बारा

सम्पर्क नं.

९८०७२३०३५५, ९८२६२८२८९७

https://www.jobsnepal.com/shalbnatha-tharabhau-pasha-garana-samabnathha-sacana-143575

This job has closed

It is no longer accepting applications. Similar jobs are below.

Listed on JobsNepal Job ID KNP52861 Report a problem

Similar jobs

This job has closed