Quick Overview
- CategoryOther Opportunities
- LocationChitwan
- Job TypeFull Time
- Deadline2026-09-16
Job Description
Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal) is a non-profit, service-oriented national non-governmental organization involved in improving food and nutrition security, household incomes and resource conservation to contribute to sustainable livelihoods. It invites application from interested service providers/ bidders for its Project Office, Kapilvastu.
शिलबन्दी बोलपत्र आह्वानको म्याद थप सम्बन्धि सूचना
म्याद थपको सूचना प्रकाशन मितिः २०८३/०५/२५
BMZ को सहयोगमा AWO International र “विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल)” को साझेदारीमा चितवन जिल्लाको ईच्छाकामना गा.पा.मा सञ्चालित "Empowering Migrants for Sustainable Economic Development (MEED)" परियोजना अन्तर्गत परियोजनाको फिल्डक्षेत्रमा निर्माण सामग्री तथा फिटिङ्ग सामग्रीहरू आपूर्ति गर्नका लागि कान्तिपुर राष्ट्रिय दैनिकमा मिति २०८३/०५/११ मा प्रथम पटक प्रकाशित शिलबन्दी बोलपत्र आह्वानको सूचनाको म्याद थप गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । उक्त निर्माण सामग्री तथा फिटिङ्ग सामग्रीहरू मु.अ.क. (VAT) मा दर्ता भएका इच्छुक आपूर्तिकर्ता/बिक्रेताहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिन (मिति २०८३/०५/३१ गते दिउँसो ३:०० बजे) भित्र फरवार्ड नेपालको केन्द्रिय कार्यालय, भरतपुर म.न.पा. २, क्षेत्रपुर वा फरवार्ड नेपालको परियोजना फिल्ड कार्यालय, ईच्छाकामना गा.पा. ४, कुरिनटार, क्याम्पस रोड, चितवनमा रीतपूर्वकको शिलबन्दी बोलपत्र बुझाउन सकिनेछ । बोलपत्रको लागि आवश्यक सामग्रीहरूको विवरण, फाराम तथा बोलपत्र सम्बन्धि थप जानकारीका लागि फरवार्ड नेपालको परियोजना फिल्ड कार्यालयको सूचनापाटी वा वेबसाईट https://www.forwardnepal.org/announcements मा हेर्न सकिनेछ । उक्त बोलपत्र फाराम डाउनलोड गर्न कुनै समस्या भएमा [email protected] मा ईमेल गरी माग गर्न सकिनेछ ।
नोट : पहिले बोलपत्र बुझाइसकेका आपूर्तिकर्ता/बिक्रेताहरूले पुनः बोलपत्र बुझाउनुपर्ने छैन ।
फरवार्ड नेपाल
केन्द्रिय कार्यालय,
भरतपुर म.न.पा.२, क्षेत्रपुर, चितवन
फोन नं.
०५६ ५१७६२३/५१७७३४
https://www.jobsnepal.com/shalbnatha-blpatara-aahavanaka-mayatha-thapa-samabnathha-sacana-144102
Other Jobs at Janakalyan Saving and Credit Co operative Society Ltd
Similar Jobs
Scan to open on your phone · Download QR