लेखा कर्मचारी / कृषि प्राविधिक full-time
Dhanusha Posted Sep 11, 2026 Apply by Sep 17, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationJanakpur
  • Job TypeFull Time
  • Deadline2026-09-17

Required Skills

Excel

Job Description

Our cooperative short form is WSFACL .It is established in 2075 B.S.shrawan 25 gate .It is registered in the office of Rural Municipality of Laxminiya in cooperative Department .It is started by 30 womens .

मिति

२०८३।०५।२६

दोस्रो पटकको सुचना

आवश्यक्ता ! आवश्यक्ता !! आवश्यक्ता !!!

श्री महिला साना किसान कृषि सहकारी संस्था लक्ष्मीनियाँ.गाँ. पाँ.–७ (धनुषा)को  कार्यालयमा २ जना दक्ष कर्मचारीहरुको आवशयकता परेको हुनाले यस महिला साना किसान कृषि सहकारी संस्था लि.लक्ष्मीनियाँ को कार्यक्षेत्र भित्रका तथा धनुषा जिल्लाभरीबाट स्थायी बसोवास रहेको ईच्छुक व्यक्तिले कार्यालय संचालन तथा संस्थाले संचालन गरेको कष्टम हायरिङ्ग केन्द्र संचालन गर्नको लागि कर्मचारी पदपुर्ति उपसमितीको वैठक  मिती २०८३।०५।०५ गतेको प्रस्ताव नं.१ को निर्णय अनुसार तपसिल अनुसारको करार सेवाको लागि  कर्मचारी आवश्यक्ता परेको हुंदा मितिः २०८३।०६।०१ गते मंगलबार भित्रमा तपसिल अनुसारको योग्यता पुगेको ईच्छुकले महिला साना किसान कृषि सहकारी संस्था लि. लक्ष्मीनियाँ, धनुषा को कार्यालयमा आएर आफ्नो बायोडाटा सहित हालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रती , रितपुर्वक तोकिएको ढांचाको व्यक्तिगत विवरण , मान्यता प्राप्त शिक्षण संस्थावाट शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी, नागरिकता प्रमाण पत्रको प्रतिलिपी र तालिम तथा अनुभवको प्रमाण पत्रको प्रतिलिपी संलग्न राखी दर्खास्त पेश गर्न सूचना आहवान गरिएको छ ।

१. महिला साना किसान कृषि सहकारी संस्था लि.लक्ष्मीनियाँ को कार्यक्षेत्र अन्र्तगत लक्ष्मीनियाँ गाँ.पाँ. वाडा नं.१ देखी ७ सम्म वडा  भित्रका तथा धनुषा जिल्लाभरिबाट  आवेदन गर्न सकिन्छ । साना  किसान घर परिवारलाई विशेष प्राथमिकता दिईनेछ ।

२. आवशयक कर्मचारी संख्याँ तथा योगयता

लेखा कर्मचारी

कष्टम हायरिग केन्द्रको लागि

३. महिला स्थानीय बिवाहित लाई विशेष प्राथमिकता दिइनेछ ।

४. आवेदनको साथ परिक्षा दस्तुर रु.५००।–लेखा र कृषि प्रविधिक लाई पनि

५. कम्प्युटरको तालिम प्रमाण पत्र लेखा र  कृषि प्रविधिकलाई अनिवार्य छ ।

६. कुनै किसिमको फौजदारी अभियोग नलागेको ।

७. सेवा सुविधा : महिला सा.कि.कृ.स. संस्था लि.लक्ष्मीनियाँ  (धनुषा)को कर्मचारी सेवा शर्त सुविधा सम्बन्धी आन्तरीक नियमावली २०८३ र संचालक समितिको निर्णय अनुसार ।

८. डिजिटल माध्यम (Gmail, whatsapp, Excel, Power point) चलाउन सक्ने र अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ ।

९. करार अवधि : १ वर्षको लागि पछि कार्यसम्पादनको आधारमा म्याद थप

९. आवेदन फारम महिला साना किसान कृ.स.सं.लि.लक्ष्मीनियाँ मा उपलब्ध छ ।

परीक्षा आवेदन भर्ने समय अवधि : मिति : २०८३ असोज ०१ गते बेलुका ५:०० बजे सम्म

स्थान : महिला साना किसान कृषि सहकारी संस्था लि. लक्ष्मीनियाँ ,धनुषा ।

परिक्षाको किसिम : लिखित , मौखिक ,अन्र्तवाता र शारिरिक तन्दुरुस्ती ।

अन्य थप जानकारीका लागि कार्यालय सम्पर्क मोबाइल नं.: ९८०२३३४८४७,९८०२३३४८४९

कर्मचारी पदपुर्ती उपसमिति

महिला सा.कि. कृ. स.सं.लि.लक्ष्मीनियाँ

https://www.jobsnepal.com/lkha-karamacara-kashha-paravathhaka-144112

Other Jobs at Hilly Region Development Campaign (HRDC), Jajarkot

Loading...

Similar Jobs

Loading...
2 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal