Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeEntry Level
- Deadline2026-09-19
Required Skills
Job Description
Experience Required
More than 2 years
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.
भरतपुर–१०, चितवन
सूचना नं
०२/०४/०८३
उपरोक्त विषयका सम्बन्धमा यस चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. मा तपसिलबमोजिमका पदमा देहायका योग्यता तथा अनुभव भएका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र दरखास्त आह्वान गरिएको छ।
१. अकाउन्ट अफिसर – १ जना
शैक्षिक योग्यता तथा अनुभव
व्यवस्थापन संकायमा स्नातक वा सो सरहको डिग्री हासिल गरेको हुनुपर्ने।
सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव भएको हुनुपर्ने।
लेखा तथा वित्तीय व्यवस्थापनमा ठोस अनुभव भएको हुनुपर्ने।
कम्प्युटरसम्बन्धी ज्ञान भएको (MS Word, Excel, Email, Internet आदि) हुनुपर्ने।
उच्च इमान्दारिता भएको हुनुपर्ने।
अतिरिक्त शैक्षिक योग्यता वा अनुभवलाई प्राथमिकता दिइनेछ।
२. मार्केट सुपरभाइजर – १ जना
शैक्षिक योग्यता तथा अनुभव
न्यूनतम +२ उत्तीर्ण गरेको हुनुपर्ने।
सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव भएको हुनुपर्ने।
दुग्ध व्यवसायसँग सम्बन्धित ज्ञान तथा अनुभव भएको हुनुपर्ने।
सवारी साधन (मोटरसाइकल) चालक अनुमतिपत्र अनिवार्य हुनुपर्ने।
प्रभावकारी सञ्चार तथा राम्रो परामर्श/कोचिङ गर्ने क्षमता भएको हुनुपर्ने।
धेरै यात्रा गर्न सक्ने तथा तोकिएको समयसीमा पूरा गर्न सक्ने क्षमता भएको हुनुपर्ने।
दुग्ध क्षेत्रमा विशेष अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ।
३. हेभी ट्याङ्कर चालक – १ जना
शैक्षिक योग्यता तथा अनुभव
सामान्य लेखपढ गर्न सक्ने हुनुपर्ने।
हेभी सवारी चालक अनुमतिपत्र अनिवार्य हुनुपर्ने।
सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको अनुभव भएको हुनुपर्ने।
दुग्ध व्यवसायसँग सम्बन्धित ज्ञान भएको हुनुपर्ने।
उच्च इमान्दारिता भएको हुनुपर्ने।
धेरै यात्रा गर्न सक्ने तथा तोकिएको समयसीमा पूरा गर्न सक्ने क्षमता भएको हुनुपर्ने।
दुग्ध क्षेत्रमा विशेष अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ।
आवश्यक कागजातहरू
दरखास्तसँग देहायका कागजातहरू संलग्न गर्नुपर्नेछ:
आवेदन निवेदन।
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि।
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
अनुभवको प्रमाणपत्रको प्रतिलिपि।
हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति।
सवारी चालक अनुमतिपत्र र व्यक्तिगत पान नं. (PAN) प्रमाणपत्रको प्रतिलिपि।
आवेदन दस्तुर रु. ५००/- लाग्नेछ।
दरखास्त पेश गर्ने स्थान र समय
स्थान:चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. भरतपुर–१०, चितवन
समयसीमा: सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र, अर्थात् २०८३/०६/०३ गते कार्यालय समयसम्म।
नोट
रीत नपुगेका उम्मेदवारहरूको कुनै पनि निवेदन मान्य हुने छैन।
लिखित परीक्षा तथा अन्तर्वार्ताको जानकारी पछि सूचित गरिनेछ।
संघको आवश्यकता अनुसार कर्मचारी छनोट गरिनेछ।
तलबमान तथा सेवा–सुविधा आपसी समझदारीमा कायम गरिनेछ।
कर्मचारी छनोट गर्ने सम्पूर्ण अधिकार छनोट समितिमा निहित रहनेछ।
Other Jobs at चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.
Similar Jobs
Scan to open on your phone · Download QR