ख्वप कलेज अफ ल
कम्प्युटर अपरेटर (अस्थायी) full-time
Nationwide Posted Sep 15, 2026 Apply by Sep 29, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeEntry Level
  • EducationBachelor's degree
  • Deadline2026-09-29

Job Description

Experience Required

Not Required

Required Skills

Computer Training

ख्वप कलेज अफ ल

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित

देकोचा, भक्तपुर–६

ख्वप कलेज अफ लका लागि देहायबमोजिमको कर्मचारी आवश्यक भएको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले २०८३ असोज १३ गतेभित्र आफूले हासिल गरेको शैक्षिक योग्यता तथा तालिमका प्रमाणपत्रहरूको प्रतिलिपिसहित कलेजले उपलब्ध गराएको आवेदन फाराम भरी बुझाउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

पदको विवरण

पदको नाम

कम्प्युटर अपरेटर (अस्थायी)

सेवा/तह

सहायक स्तर, पाँचौँ

आवश्यक सङ्ख्या

१ जना

आवश्यक न्यूनतम योग्यता

उम्मेदवारले देहायमध्ये कुनै एक योग्यता पूरा गरेको हुनुपर्नेछ:

मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको; वा

मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी रजिस्टर्ड संस्थाबाट कम्तीमा ६ महिनाको कम्प्युटर तालिम प्राप्त गरेको; वा

मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी विज्ञान तथा प्रविधि मन्त्रालयबाट Skilled Manpower का लागि सञ्चालित ६ महिनाको कम्प्युटर तालिम प्राप्त गरेको।

साथै, Bachelor of Engineering (Computer/Electronics and Communication/Information Technology), B.Sc. CSIT, BIT वा सो सरह उत्तीर्ण गरेका उम्मेदवारहरूले समेत आवेदन दिन सक्नेछन्।

विशेष योग्यता: सार्वजनिक खरिद ऐनसम्बन्धी जानकारी भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

उमेरको हद: उम्मेदवारले १८ वर्ष पूरा भई पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

आवेदन तथा परीक्षा सम्बन्धी विवरण

परीक्षा फाराम लिने तथा बुझाउने समय: बिहान ८:०० बजेदेखि दिउँसो २:०० बजेसम्म

फाराम तथा परीक्षा दस्तुर

रु. ७००/–

परीक्षाको किसिम: लिखित, प्रयोगात्मक तथा अन्तर्वार्ता

परीक्षासम्बन्धी जानकारी: परीक्षासम्बन्धी थप जानकारी २०८३ असोज १५ गते प्रकाशित गरिनेछ।

आवश्यक सूचना

इच्छुक उम्मेदवारहरूले निर्धारित समयभित्र कलेजले उपलब्ध गराएको आवेदन फाराम भरी शैक्षिक योग्यता तथा तालिमका प्रमाणपत्रहरूको प्रतिलिपि संलग्न गरी बुझाउनुपर्नेछ।

रीत नपुगेको वा म्याद नाघी प्राप्त भएको आवेदनउपर कुनै कारबाही गरिने छैन।

उम्मेदवारले आवेदन दिनुअघि आफूले पूरा गरेको योग्यता तथा उमेरसम्बन्धी मापदण्ड सुनिश्चित गर्नुपर्नेछ।

Other Jobs at ख्वप कलेज अफ ल

Loading...

Similar Jobs

Loading...
6 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob