Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeEntry Level
- Deadline2026-09-29
Required Skills
Job Description
Experience Required
Not Required
Required Skills
Computer Training
साँगुरीगढी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
भेडेटार, धनकुटा
कोशी प्रदेश, नेपाल
प्रकाशित मितिः २०८३/०५/२९
यस साँगुरीगढी गाउँ कार्यपालिकाको कार्यालय, धनकुटामा रिक्त रहेको एम.आइ.एस. अपरेटर पदमा सेवा करारवाट कर्मचारी पदपूर्ति गर्नु पर्ने भएकोले नेपाल सरकारबाट स्वीकृत भएको सेवा इकाइको लागि जनशक्ति छनौट सम्बन्धी मापदण्ड, २०७६ को दफा ५ बमोजिम देहायको योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) औं दिन भित्र तोकिएको शुल्क बुझाई रितपूर्वकको निर्धारित ढाँचामा आवेदन दिनुहुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
विज्ञापन नं
१/२०८३/०८४
पद / तह
एम.आई.एस. अपरेटर
तपशिल माग पद संख्या
१
दस्तुर रकम रू
१०००
कैफियत:नेपाल सरकारको रा.प.अन. प्रथम, नायव सुब्बा वा सो सरह
शैक्षिक योग्यताः
१. एम.आइ. एस. अपरेटर
नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थावाट १०+२ मा कम्प्यूटर विषय लिई उतीर्ण गरेको वा कम्तिमा प्रविणता प्रमाणपत्र सो सरह उतीर्ण गरी कम्तिमा ६ महिना कम्प्यूटर सम्बन्धी तालिम प्राप्त गरेको,
दरखास्त दिने अन्तिम मिति सम्ममा अठार वर्ष भई चालिस वर्ष ननाघेको,
भविस्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारवाही नभएको,
२. देहाय बमोजिमको ज्ञान र सीप भएको
देवनागरी लिपिमा युनिकोड र अंग्रेजी दक्षतापूर्वक टाइपिङ गर्न सक्ने,
Computer Printer Scanner, Multimedia लगायतका उपकरणहरुको प्रयोग गर्ने सीप भएको,
MS-Office Package (Word, Excel, Access, Power Point etc) प्रयोग गर्न सक्ने क्षमता भएको,
इमेल, इन्टरनेट सम्बन्धी आधारभूत ज्ञान भएको,
व्यवस्थापन सूचना प्रणाली (MIS) सम्वन्धी आधारभूत ज्ञान भएको,
कम्प्यूटर मर्मत संभार सम्वन्धी ज्ञान भएको ।
३. परीक्षाको किसिमः संक्षिप्त सूची (सर्ट लिष्ट), कम्प्यूटर टाइपिङ तथा सीप परिक्षण र अन्तरवार्ता ।
४. दरखास्त बुझाउने अवधि : विज्ञापन प्रकाशित भएको मिति देखि १५ (पन्ध्र) औं दिन कार्यालय समय भित्र दरखास्त दिनु पर्नेछ ।
About Company
Other Jobs at साँगुरीगढी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
Similar Jobs
Scan to open on your phone · Download QR