बोलपत्र आवहान सम्बन्धी १५ दिने सुचना full-time
Ilam Posted Sep 16, 2026 Apply by Sep 30, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-09-30

Job Description

SABAL Nepal is a leading humanitarian and development organization working in the field of disaster risk reduction, WASH, governance, community development, livelihood, clean energy and climate change in Madhesh Province, with its headquarter in Rajbiraj, Saptari, Branch office at Mirchaiya, Siraha, and field office in Khadak Municipality, Kalyanpur, Saptari. SABAL has over a decade of experience delivering emergency respond, crisis management, sanitation approaches and governance. Our responses focus on the needs of the most vulnerable populations, particularly, youth, adolescent, girls, women and people with special needs. WASH governance issue is at the heart of SABAL Nepal efforts because our experience shows that its gain can translate into benefits for the HHs, society, local government and SDG 2030. Essentially, SABAL Nepal’s humanitarian and development work is our commitment to help rebuild safer, stronger, effective, environment friendly places that people call home. Our programs to improve health and education, promote social justice, water, sanitation and hygiene, open up economic opportunities make communities more resilient and less vulnerable to the factors that causes poverty.

प्रथम पटक प्रकाशित मितिः २०८३/०५/३१ गते ।

बोलपत्र नं. ०६।२०८३।८४

सबल नेपाल वि.सं २०६२ सालमा सप्तरी जिल्लामा स्थापना भएको मुनाफा रहित अगुवा गैरसरकारी संस्था हो । स्थापनाकाल देखि नै यस संस्थाले विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आएको छ । हाल सबल नेपालले  मधेस प्रदेशको बिभिन्न स्थानहरूमा परियोजना सञ्चालन गर्दै आईरहेको छ ।

अतःसबल नेपालले  Welthungerhilfe (WHH) को साझेदारीमा “Supporting the Nepalese Government in Achieving SDG #6 through System Strengthening WASH Approaches (NPL1114-24)” परियोजना अन्तर्गत संलग्न सामाग्रिहरू खरिद गर्नु पर्ने भएकोले तोकिएको मापदण्ड तथा शर्तहरूको अधीनमा रही योग्य तथा इच्छुक आपूर्तिकर्ता/फर्महरूबाट शिलबन्दी दरभाउपत्र (Sealed Quotation) आह्वान गरिएको छ।

१. संस्थाले उपलब्ध गराएको दरभाउ फाराममा माग भए अनुसारको समाग्रीहरुको विवरण केरमेट नगरिएका, शर्त रहित, कुनै थपघट, नोट वा द्रष्टव्य नलेखिएको हस्त लिखित वा कम्प्यूटर प्रिन्टवाट तयार गरिएको हुनुपर्नेछ । सेवा प्रदायकको पहिचान सहितको छाप र प्रोप्राइटरको हस्ताक्षर प्रत्येक पेजमा अनिवार्य उल्लेख गरिएको हुनु पर्ने छ ।

२.दरभाउ पत्र पेश गर्नको लागि सामाग्रीहरुको Quotation फारम संस्थाको वेबसाईट  www.sabalnepal.org.np बाट Download गर्न सकिनेछ तथा ईमेल मार्फत पनि अनुरोधको आधारमा प्राप्त गर्न सकिनेछ ।

३. Quotation फारम भर्दा दररेट स्पष्ट रुपमा भरेको हुनुपर्नेछ । उक्त दररेट कर सहितको हो वा कर बाहेकको हो उल्लेख गरिएको हुनु पर्ने छ । सबै प्रकारका दरभाउ लिखित रुपमा पेश गरिएको हुनु पर्नेछ । लिखित रुपमा पेश गरिएको कागजातमा उक्त विवरण स्पष्ट नपाइएमा पछि मौखिक वा लिखित रुपमा पुरक विवरण पेश गर्ने अवसर दिइने छैन । उक्त बोलपत्र रद्द गरिनेछ ।

४. तोकिएको खरिद गर्ने सामाग्रिहरू मुख्य कार्यालयले तोकिएको स्थानमा पुरयाउनु पर्नेछ ।

५. राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैर सरकारी संघ संस्थाहरुमा सामग्री आपूर्ति सेवा प्रदान गर्दै आईरहेका, आफ्नो व्यवसायमा बालबालिकाहरुको प्रयोग नगरेको तथा वाल सुरक्षा नीति अवलम्बन गरेको, व्यावसाय संचालनमा गैरकानूनी रुपमा आर्जित सम्पत्तिको प्रयोग नभएको, राज्यद्धारा कुनै पनि प्रकारको कानून विपरित कार्यगरेको ठहर गरि दण्ड जरिवाना नतोकेको व्यावसायिक फर्म वा सेवा प्रदायक  हुनुपर्नेछ ।

६. शिलबन्दी दरभाउ पेश गर्दा कम्तिमा ३ वटा लाहाछाप सहित सफा नच्यातिएको खाममा वाहिर पट्टि प्रेषकको नाम, ठेगाना, सम्पर्क नं, ईमेल ठेगाना उल्लेख गरिएको हुनु पर्नेछ । लाहाछाप नलगाई पेश गरेको, आवश्यक कागजात सोहि खाममा समावेश नगरेको, प्रेषकको स्पष्ट नाम, ठेगाना र आवश्यक विवरण उल्लेख नगरिएका बोलपत्रलाई  प्रतिस्पर्धामा समावेश गरिने छैन ।

७. ईमेल मार्फत दरभाउ पेश गर्ने प्रेषकले आफ्नो फाईललाई सुरक्षित पासवर्ड राखी पठाउनु पर्नेछ । पासवर्ड दरभाउ पत्र खोल्ने दिन संस्थाले तोकेको आधिकारिक कर्मचारी वा खरिद समितिको पदाधिकारीलाई मात्र सेवा प्रदायकको आधिकारिक प्रतिनिधिले गोप्य रुपमा उपलब्ध गराउनु पर्नेछ ।

८. आपुर्तिकर्ता/सेवा प्रदायकले अनिवार्य रुपमा निम्न कागजात सहित बोलपत्र पेश गर्नुपर्नेछ ।

९. माथि उल्लेख गरिएको कागजातहरू पेश नगरिएको, विवरण स्पष्ट नभएको केरमेट भएको दरभाउ पत्रलाई छनौट प्रक्रियामा समाबेश गरिने छैन ।

१०. शिलबन्दी दरभाउ पेश गर्ने समायावधि मिति २०८३ भाद्र ३१ गते देखि २०८३ असोज १४ गते  बुधबार दिउँसो ५:०० बजे सम्म रहनेछ । बोलपत्र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सोको भोलिपल्ट दर्ता गर्ने समय प्रदान गरिनेछ।

११. समयावधि पश्चात प्राप्त दरभाउ पत्र स्वःत बदर ठहरिनेछ । समयभित्र प्राप्त नभएको, रित नपुराई प्राप्त भएको, सूचनाको शर्त विपरित भएको बोलपत्र माथि कुनै कारवाहि हुनेछैन ।

१२. एक भन्दा बढी फर्म वा सेवा प्रदायकले एक अर्कामा मिलेमतो गरेर कोटेशन पेश गरेको पाइएमा, कोटेशनसँग संलग्न कुनैपनि कागजात गलत पाइएमा, कुनै सामाग्रीको उल्लेखित रकम बजारमा उपलब्ध हुने वा जिल्ला दर रेट भन्दा अधिक वा अस्वाभाविक पाइएमा त्यस्तो कार्यमा संलग्न एक वा संलग्न सबै सेवा प्रदायकलाई प्रतिस्पर्धामा अयोग्य ठहर गरिनुका साथै भविष्यमा संस्थाले लिने सेवामा समेत अयोग्य ठहर गरिने छ ।

१३. शिलबन्दी दरभाउ पत्र खोलिने मिति र समय बारे सम्बन्धित प्रेषकहरुलाई ईमेल वा फोन मार्फत पुर्व जानकारी गराइनेछ । बोलपत्र संस्थाको खरिद समिति, संस्थाको पदाधिकारी तथा आमन्त्रित सदस्य लगायत बोलपत्र प्रेषकको रोहवरमा खोलिनेछ । यदि बोलपत्र प्रेशक उपस्थित हुन् नसकेको खण्डमा प्रेषकको रोहवरमा online मार्फत समेत बोलपत्र खोल्न सकिनेछ । बोलपत्र दाताहरु उपस्थिति नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।

१४. प्रथम पटक प्रकाशित सूचनाको आधारमा अपेक्षित संख्या तथा दररेटमा दरभाउ पत्र प्राप्त नभएमा, तोकिएको गुणस्तर र मापदण्ड अनुसारका सामाग्री पेश नभएमा, सम्बन्धित सेवा प्रदायकको प्राप्त विवरण र कार्यअनुभवका आधारमा संस्था आश्वस्त हुन नसकेमा संस्थाले यसै प्रक्रियाबाट सामाग्री खरिद गर्न बाध्य हुने छैन ।

१६. यस दरभाउ पत्र आह्वानमा माग गरिएको सामग्री काम गर्ने क्रममा केहि घटी वा बढी हुन सक्नेछ |

१७. यस शिलबन्दी दरभाउ पत्र (Sealed Quotation) सम्बन्धी बिस्तृत विवरण प्राप्त गर्नका लागि कार्यालय समय भित्र संस्थाको सम्बन्धित परियोजना कार्यालय वा सबल नेपालको मुख्य कार्यालयमा सम्पर्क राख्न सकिनेछ र दरभाउपत्र सम्बन्धी सामाग्रीहरुको Quotation फारम संस्थाको वेबसाईट www.sabalnepal.org.np बाट Download गर्न सकिनेछ तथा ईमेल मार्फत पनि अनुरोधको आधारमा प्राप्त गर्न सकिनेछ ।

बिस्तृत जानकारी तथा बोलपत्र पेश गर्ने सम्पर्क ठेगाना

मुख्य कार्यालय राजबिराज सप्तरी

फोन नं. ०३१ ५३३४४१

अनुसुचीहरू

१. Suppliers Registrations Firm

https://www.jobsnepal.com/blpatara-aavahana-samabnathha-thana-sacana-144167

Other Jobs at SabalNepal

Loading...

Similar Jobs

Loading...
44 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal