सहायक पम्प अपरेटर full-time
Nationwide Posted Sep 16, 2026 Apply by Sep 25, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-09-25

Job Description

दलित जन कल्याण युवा क्लब (DJKYC)

रोजगारीको अवसर (VACANCY ANNOUNCEMENT)

प्रकाशित मिति: २०८३ भाद्र ३१ ( १६ सेप्टेम्वर २०२६)

आवेदन दिने अन्तिम मिति: २०८३ असोज ९ गते (२५ सेप्टेम्बर २०२६)

सहायक पम्प अपरेटर (Assistant Pump Operator) पदका लागि दरखास्त आह्वान

दलित जन कल्याण युवा क्लब (DJKYC) एक स्थानीय, गैरनाफामूलक तथा गैरराजनीतिक संस्था हो, जसले सन् २००० देखि महिला, बालबालिका तथा सीमान्तकृत समुदायहरूको सामाजिक तथा आर्थिक उत्थानका साथै खानेपानी, सरसफाइ र स्वच्छता (WASH) क्षेत्रमा निरन्तर कार्य गर्दै आएको छ।

वाटरएड नेपालको साझेदारी तथा लहान नगरपालिका र नेपाल खानेपानी संस्था (NWSC) को समन्वयमा लहान नगरपालिकामा सञ्चालित “द बिकन परियोजना (The Beacon Project: Municipality-wide Equitable WASH Services in Lahan)” अन्तर्गत खानेपानी तथा सरसफाइ सेवाको दिगो, समावेशी र पहुँचयोग्य व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ। परियोजनाका प्रमुख उद्देश्यहरू निम्नानुसार रहेका छन्:

यस परियोजनाअन्तर्गत DJKYC ले NWSC लहानलाई प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। हाल NWSC लहानको सेवा क्षेत्र वडा नं. १ देखि १० बाट विस्तार भई वडा नं. १३, १४, १६ र २४ सम्म पुगेको छ। विस्तारित क्षेत्रमा खानेपानी प्रणालीको प्रभावकारी सञ्चालन, नियमित मर्मतसम्भार तथा सेवा प्रवाहलाई थप सुदृढ बनाउन सहायक पम्प अपरेटर करार सेवामा कार्य गर्न इच्छुक, योग्य तथा सक्षम नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ।

पद सम्बन्धी विवरण

३. मुख्य भूमिका तथा जिम्मेवारीहरू

क) पम्प सञ्चालन

ख) क्लोरिनेशन तथा पानीको गुणस्तर अनुगमन

ग) मर्मतसम्भार तथा मरम्मत

घ) प्राविधिक सहयोग

ङ) अभिलेख व्यवस्थापन तथा प्रतिवेदन

च) स्वास्थ्य, सुरक्षा तथा अनुपालन

छ) संरक्षण (Safeguarding)

आवश्यक योग्यता तथा अनुभव

शैक्षिक योग्यता

प्राविधिक योग्यता

आवश्यक सीप तथा दक्षता

आवेदनसँग संलग्न गर्नुपर्ने कागजातहरू

तलब तथा सुविधा

संस्थाको नीति तथा नेपाल सरकारबाट तेस्रो तहका कर्मचारीका लागि लागू प्रचलित व्यवस्था अनुसार उपलब्ध गराइनेछ।

छनोट प्रक्रिया

आवेदन पेश गर्ने तरिका

इच्छुक तथा योग्य नेपाली नागरिकहरूले आफ्नो आवेदन पत्र, अद्यावधिक बायोडाटा (CV) तथा आवश्यक प्रमाणपत्रहरू सहित २०८३ असोज ९ गते (२५ सेप्टेम्बर २०२६) कार्यालय समयभित्र निम्न ठेगानामा पेश गर्न सक्नुहुनेछ।

दलित जन कल्याण युवा क्लब (DJKYC)

लहान नगरपालिका–१०, गुडीगाउँ, सिराहा, नेपाल

इमेल: [email protected] लिंक https://ee.kobotoolbox.org/x/daZ5PSH0

विशेष सूचना

केवल छोटो सूची (Shortlisted) मा परेका उम्मेदवारहरूलाई मात्र थप छनोट प्रक्रियाका लागि सम्पर्क गरिनेछ। कुनै पनि वा सम्पूर्ण आवेदन अस्वीकार गर्ने अधिकार दलित जन कल्याण युवा क्लब (DJKYC) मा सुरक्षित रहनेछ।

महिला, दलित, जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायका योग्य उम्मेदवारहरूलाई आवेदन दिन विशेष प्रोत्साहन गरिन्छ।

https://www.jobsnepal.com/sahayaka-pamapa-aparatara-144179

Other Jobs at TurnKey Development Group

Loading...

Similar Jobs

Loading...
8 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal