Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-09-26
Job Description
प्रथम पटक प्रकाशित सूचना २०८३ असोज ०१ गते
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
संस्थाको जानकारी
“हाम्रो चाहाना सभ्य, स्वाबलम्बी र समावेशी समाज निर्माणको परिकल्पना” भन्ने मुल नाराका साथ, मिति २०५० भाद्र १० गते संघ संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय दैलेखमा विधिवत् रूपमा दर्ता भएको एभरेष्ट क्लब दैलेख एक गैर नाफामुखी, गैरसरकारी संस्था हो । संस्थाले आफ्नो सम्पूर्ण कार्यक्रमहरूलाई सामाजिक न्याय, समानता, पारदर्शिता, जवाफदेहिता, सहभागिता, साझेदारी, दिगोपन र मानव विविधताको सम्मान जस्ता मूल्य मान्यतामा आधारित राखी सञ्चालन गर्दै आएको छ ।
स्थापना कालदेखि नै संस्थाले विपन्न, सीमान्तकृत, जोखिममा परेका र सेवाबाट वञ्चित समुदायलाई लक्षित गरी सामाजिक रूपान्तरणको विविध पहलहरू अघि बढाउँदै आएको छ जसले संस्थालाई दिगो विकास, सामाजिक सशक्तीकरण र समावेशी विकासका क्षेत्रमा अग्रणी भूमिकामा स्थापित गराएको छ ।
संस्थाले ‘जसको सवाल, उसैको सरोकार’ भन्ने मान्यतालाई आत्मसात् गर्दै, समुदायलाई आफ्नै विकास प्रक्रियाको केन्द्रमा राखेको छ । आजसम्मको ३२ वर्षभन्दा लामो यात्रामा, एभरेष्ट क्लबले कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालिकोट र जुम्ला जिल्लामा दिगो र प्रभावकारी विकासका अनेकौं पहलहरू सफलतापूर्वक कार्यान्वयन गरेको छ । संस्थाले आफ्ना गतिविधिहरूलाई खाद्य सुरक्षा र जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, पोषण, लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण, वातावरण संरक्षण, जलवायू उत्थानशीलता, सुरक्षा र आपतकालीन राहत जस्ता क्षेत्रहरूमा प्राथमिकता दिएको छ । यी कार्यक्रमहरूले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, लैङ्गिक अल्पसंख्यक, द्वन्द्व प्रभावित तथा गरिबीको रेखामुनि रहेका समुदायहरूको जीवनमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याएको छ ।
एभरेष्ट क्लबले संघीय, प्रदेश र स्थानीय सरकारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग नजिकको सहकार्य र समन्वय गर्दै कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यसै सन्दर्भमा एकीकृत जलस्रोत व्यवस्थापन (IWRM) कार्यक्रम हेल्भेटास नेपाल संगको साझेदारी र एभरेष्ट क्लव दैलेखको प्राबिधिक तथा सामाजिक सहजीकरणमा निम्न तपशिल दैलेख जिल्ला र कालिकोट जिल्लाको स्थानिय तहमा सञ्चालन हुन गहिरहेको छ ।
दैलेख जिल्ला: नारायण नगरपालिका, दुल्लू नगरपालिका, चामुण्डा नगरपालिका, गुरासँ गाउँपालिका, डुङ्गेश्वर गाउँपालिकामा तथा महावु गाउँपालिका ।
कालिकोट जिल्ला: खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका, शुभ कालिका गाउँपालिका तथा सान्नीत्रिवेणी गाउँपालिका।
उक्त कार्यक्रम अन्तर्गत तपशिलका कार्यक्रम संयोजक पदमा योग्यता सम्पन्न र इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आव्हान गरिन्छ ।
विज्ञापन नं. ०१–०८३/०८४
पद
कार्यक्रम संयोजक (Program Coordinator)
कार्यक्रम: एकीकृत जलश्रोत व्यवस्थापन (IWRM-Programee) कार्यक्रम
आवश्यक संख्या
१ जना
कार्यक्षेत्र: एभरेष्ट क्लव, केन्दीय कार्यालय (नारायण नगरपालिका वडा नं. १, नयाँ बजार दैलेख)
आवश्यक शैक्षिक योग्यता, अनुभव तथा दक्षता
नोट: उल्लेखित पदहरुको लागि बिस्तृत कार्य विवण (Detailed Job description) निम्न तपशिल लिंक मा हेर्न सकिन्छ ।
Link
कार्यक्रम संयोजक (Program Coordinator JD)
दरखास्तमा आवश्यक कागजातहरु
माथि उल्लेखित कागजात सहित कार्यालयमा वा ईमेल [email protected] मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । सम्बन्धित प्रदेश जिल्ला र पालिकाका स्थानीय तह, यस अघि उस्तै प्रकृतिको कार्यक्रम परियोजनामा कार्य अनुभब भएका, समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ ।
आवेदन बुझाउने ठेगना
एभरेष्ट क्लव दैलख, नारायण नगरपालिका, दैलेख
ईमेलः [email protected] पनि आवेदन दिन सकिने छ ।
दरखास्त दिने अन्तिम मितिः २०८३ असोज १० गते सम्म
पदपुर्ति समिति
एभरेष्ट क्लव दैलेख
https://www.jobsnepal.com/karamacara-aavashayakata-samabnathha-sacana-144201
Other Jobs at Everest Club
Similar Jobs
Scan to open on your phone · Download QR