शिलबन्दी बोलपत्र आह्वान full-time
Dhading Posted Sep 17, 2026 Apply by Oct 11, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationDhading
  • Job TypeFull Time
  • Deadline2026-10-11

Job Description

शान्ति नेपाल, धादिङ

नीलकण्ठ,३, धादिङबेसि, धादिङ

वागमती प्रदेश, नेपाल

शिलबन्दी बोलपत्र आह्वान

प्रथम पटक प्रकाशन मिति

२०८३/०६/०१

नीलकण्ठ नगरपालिका वडा नं ३, धादिङबेसि स्थीत शान्ति नेपाल मार्फत गंगा जमुना र त्रिपुरासुन्दरी गाउँपालिका भित्र खानेपानी तथा सरसफाइ आयोजनाहरुको नयाँ निर्माण तथा मर्मत सम्भार गर्ने साथै अन्य संस्थागत शौचालय निर्माण प्रयोजनका लागि  निर्माण सामाग्रीहरु ( हार्डवेयर, निर्माण सामाग्री, जि.आइ पाइप, पोलिथिन कालो पाइप, फिटिङ, औजार ,सुरक्षा सामाग्रीहरु, इलेक्ट्रोमेकानिकल सामाग्री तथा ) आपूर्तिका लागि बोलपत्र प्रकृयाबाट सम्भावित आपूर्तिकर्ता/कम्पनीसंग फ्रेमवर्क सम्झौता (संरचनागत वा एकाइ दर सम्झौता) मार्फत खरीद गर्ने योजना रहेकोले योग्य तथा इच्छुक सेवा प्रदायक/आपूर्तिकर्ताहरुलाई विधिवत रुपमा भरिएका बोलपत्र फारमहरु शान्ति नेपालको परियोजना कार्यालय नीलकण्ठ नगरपालिका वडा नं ३,धादिङबेसि, धादिङमा तोकिएको समय सीमा भित्र बुझाउन अनुरोध गरिन्छ।

बोलपत्रको विवरण तल उल्लेख गरिएको छ

खानेपानी आयोजना निर्माण तथा मर्मत सम्भार को लागि हार्डवेयर, निर्माण सामाग्री, जि.आइ पाइप, पोलिथिन कालो पाइप, फिटिङ, औजार र सुरक्षा सामाग्री

SHANTINEPAL/HARDWARE MATERIALS, PIPE, FITTINGS &TOOLS/ITB/2026/01

नियम तथा  शर्तहरु (अनिवार्य)

१) बोलपत्र फारमहरु  सिल बन्दी  खाममा शान्ति नेपालको कार्यालय नीलकण्ठ नगरपालिका वडा नं ३, धादिङबेसि, धादिङमा (तल उल्लेख गरिएको पूरा ठेगाना ) मा तोकिएको समय सीमा भित्र  वुझाउन सकिनेछ ।

२) बोलपत्र कागजात मिति २०८३/०६/०१  देखि २०८३/०६/१५ सम्म सरकारी विदाका दिन वाहेक शोमवार देखि शुक्रवार सम्म विहान ९:३० वजे देखि वेलुका ५ वजे सम्म संकलन र पेश गर्न सकिनेछ । शनिबार र आईतवार भने सँस्था बन्द रहने छ ।

३) सिल बन्दी खामको वाहिर स्पष्ट रुपमा बोलपत्रको सूचनाको शिर्षक अनुसार खानेपानी आयोजना निर्माण तथा मर्मत सम्भार तथा अन्य संस्थागत शौचालय निर्माण को लागि हार्डवेयर, निर्माण सामाग्री, जि.आइ पाइप, पोलिथिन कालो पाइप, फिटिङ, औजार र सुरक्षा सामाग्री माथि उल्लेख गरिए अनुसार हुनुपर्नेछ ।

४) अन्तिम मिति र समय पछि प्राप्त बोलपत्र फारामहरु मूल्यांकन प्रकृयामा समावेश गरिनेछैन ।

५) टेन्डर फारम खरिद गर्दा सबै आपूर्तिकर्ताहरुले निम्न कागजातहरु समावेश गर्नुपर्नेछ:

कम्पनी प्रोफाइल, कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि ,VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि र अद्यावधीक कर चुक्ता (ट्याक्स क्लियरेन्स) प्रमाणपत्रको प्रतिलिपि (उल्लेखित कागजातहरु पेश नभएको खण्डमा मूल्याङकन प्रक्रियामा समावेस गरिने छैन)

६) बोलपत्र कागजातको साथ कबोल मूल्यको ३ ५ रकम बैंक ग्यारेन्टी प्रकृयाको लागि योग्य हुन पेश गर्नुपर्ने छ ।  अवार्ड नगरिएका आपूर्तिकर्ताहरुको विड बण्ड विजेता आपूर्तिकर्तासँग सम्झौता भए पश्चात विजेता आपूर्तिकर्ताले पहिलो खरीद आदेश स्वीकार गरे पश्चात सम्बन्धित बोलपत्र दाताहरुको लिखित अनुरोधमा फिर्ता गरिनेछ ।

७) बोलपत्र खरीद बापतको  शुल्क रु.३००० अक्षरुपी (तिन हजार मात्र) कार्यालयको देहाय बमोजिमको सँस्थाको खातामा जम्मा गरी निक्षेप भौचरको प्रतिलिपि शान्ति नेपालको परियोजना कार्यालय निलकण्ठ नगरपालिका वडा नं ३, धादिङबेसि, धादिङको कार्यलयमा बुझाएर बोलपत्र फाराम प्राप्त गर्न सकिनेछ साथै इमेल मार्फत बोलपत्र प्राप्त गर्न बैंक जम्मा गरेको भौचर स्कयान गरी कम्पनीको लेटर हेडमा निवेदन लेखी कार्यलयको इमेलमा पठाए पछि बोलपत्र प्राप्त गर्न सकिनेछ ।

बैंकको नाम नबिल बैँक लिमिटेड,

बैंक खाताको नाम

SHANTI NEPAL

खाता नं

०८१००१७५००२४४

बैंकको ठेगाना: नबिल बैंक लिमिटेड, कुपण्डोल शाखा ललितपुर

८) बोलपत्र पेश गर्ने अन्तिम मिति र समय २०८३/०६/१५ गते दिउँसो २:०० वजेसम्म यदि अन्तिम मितिमा सार्वजनिक  विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिन अपरान्ह २:०० बजे सम्म अन्तिम मिति र समय मानिनेछ ।

९) बोलपत्र आवेदकहरु व निजको प्रतिनिधिहरुको उपस्थितिमा २०८३/०६/१९ गते मध्यान्न १२.०० वजे (यदि सरकारी विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिन अन्तिम मिति मानिनेछ ) शान्ति नेपालको परियोजना कार्यालय निलकण्ठ नगरपालिका वडा नं ३,धादिङबेसि, धादिङको कार्यलयमा बोलपत्र खोलिनेछ ।

१०) अन्य सवै सर्तहरु सँस्थाको खरिद नियमावली र नेपाल सरकारको प्रचलित खरिद ऐन र नियमहरु बमोजिम हुनेछन् ।

११) माथि उल्लेखित नियम र शर्तहरु पूरा नगरेका बोलपत्र फारामहरु स्वीकृत वा अस्वीकृत गर्ने अधिकार शान्ति नेपालको खरिद समितिमा निहित रहनेछ ।

बोलपत्र फाराम  खरिद तथा बुझाउने  ठेगाना:

शान्ति नेपाल, धादिङको परियोजना कार्यालय

नीलकण्ठ नगरपालिका वडा नं ३,धादिङबेसि, धादिङ

इमेल

[email protected]

थप जानाकारीको लागि ९८५११४६८७५ ,९८५१२१०७०४, ९८६०६८३९४३,०१०–५२०३७७ मा सम्पर्क गर्न सकिनेछ ।

https://www.jobsnepal.com/shalbnatha-blpatara-aahavana-144187

Other Jobs at Shanti Nepal

Loading...

Similar Jobs

Loading...
119 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal