Quick Overview
- CategoryOther Opportunities
- LocationSiraha
- Job TypeFull Time
- Deadline2026-09-27
Job Description
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल
शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मितिः २०८३/०६/०१)
राष्ट्रिय कृषक समूह महासंघ, नेपालले केयर नेपालसँगको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्र्तगत सिरहा जिल्लाको भगवानपुर गा.पा, सखुवानन्कारकट्टी गा.पा, लक्ष्मीपुर पतारी गा.पा, नरहा गा.पा धनगढीमाई न.पा. तथा बरियारपट्टी गा.पा , सप्तरी जिल्लाको रुपनी गा.पा., अग्नीसाईर कृष्णासावरण गा.पा., सँगको सहकार्यमा, भूमिहिन, विपन्न र कम आयश्रोत भएका महिला किसान परिवारको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले स्वः उत्पादनबाट परिवारको पोषण विविधिकरण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।
उल्लेखित परियोजना अन्तर्गत तपसिल अनुसारका खाद्य सामाग्री, वीउ विजन र कृषि सामग्रीहरु किसान कार्ड प्रणाली र भौचर प्रणाली मार्फत खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका उल्लेखित सामग्री आपूर्ति गर्न इच्छुक तथा योग्य अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा बितरकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १० दिन भित्र तपसिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र कार्यालयमा उपस्थित भई सम्बन्धीत फर्मको लेटर प्याडमा दरभाउ तथा शर्तहरु उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन वा ईमेल ठेगाना [email protected] मार्फत आवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।
आपूर्ति गरिने सामग्रीहरुको विवरण
नोट– माथिका सिफारीस गरिएको जातको अलावा स्थानीय उपयुक्त जात समेत हुन सक्नेछन् ।
१. माथि उल्लेखित कृषि सामग्रीहरु लाभग्राहीले किसान कार्ड मध्यमबाट आवश्यकता अनुसार छनौट गरी खरिद गर्नेछन्। साथै स्थानीय समुदायले बढी खरिद गर्ने गुणस्तरिय सामग्रीलाई उच्च प्राथमिकता दिईनेछ ।
२. माथि उल्लेखित गाउँपालिका तथा नगरपालिकाहरुमा छनौट भएका लाभग्राहीहरुलाई संस्थाले किसान कार्ड उपलब्ध गराएका छन । सुचीमा उल्लेखित सामग्रीहरु लाभग्राहीले रोजेर खरिद गर्न पाउनेछ ।
३. माथि उल्लेखित पालिकाहरुमा प्रति पालिका भित्र रहेका कृषक समुहका ५०० देखि ६०० घरपरिवार संख्या हुने गरी जम्मा ६००० घरपरिवार लाभग्राही रहनेछन् । छनौट भएका ती लाभग्राहीहरुले सुचीमा उल्लेखित वीउ विजन तथा कृषि सामग्रीहरु आवश्यकता अनुसार बढीमा २ पटक सम्म आफूलाई आवश्यक परेको सामग्रीहरु छनौट गरी सम्बन्धित आपूर्तिकर्तासँग लानेछन् । उपरोक्त बमोजिमका सामग्रीहरु पालिकाहरुमा पुर्याई स्टल राखी वा घरधुरी सम्म ढुवानी गरी लाभग्राहीहरुलाई सामग्री आपूर्ती गर्नु पर्ने छ । सामग्रीको गुणस्तर तोकिए बमोजिम हुनु पर्नेछ । वीउको उमार शक्ति, फल लाग्ने ग्यारेन्टी गरिएको हुनु पर्दछ । आपूर्ती गरिएको सामग्रीहरुको गुणस्तर तथा वीउ सम्बन्धी कुनै किसिमको गुनासो आएमा सो को उचित सम्बोधन आपूर्तिकर्ताले गर्नुपर्नेछ ।
४. आपूर्तिकर्ताले लाभग्राहीले माग गरेको सुचीकृत भएको सामग्रीहरु उपलब्ध गराउनेछ । लाभग्राहीहरु आफनो किसान कार्ड र मोबाईल लिएर सामाग्री प्राप्त गर्ने स्थानमा पुग्नेछ । आपूर्तिकर्ताले लाभग्राहीलाई उपलब्ध गराएको सामग्रीहरुको विवरण आफूसँग रेकर्ड राख्नेछ । लाभग्राहीहरुद्धारा किसान कार्ड मार्फत सामग्री आपूर्ती भई सके पछि आनलाईन भुतmानी हुनेछ । किसान कार्डबाट सामग्री आपूर्ती भई सके पछि मात्र आपूर्तिकर्ताले रकम भुक्तानी पाउने छ । लाभग्राहीहरुलाई आपूर्तिकर्ताले आपूर्ती गरिने सामग्री बारे सचेतना दिने कार्य समेत गरिएको छ ।
५. स्थानीय तथा सम्बन्धित पालिकामा सञ्चालनमा रहेका आपूर्तिकर्ताहरुलाई छनौट प्रकृयामा प्राथमिकता दिईने छ । प्रत्येक पालिकाको लागी फरक फरक आपूर्तीकर्ता छनौट गरिनेछ । तर अन्य पालिकामा पनि सामग्री आपूर्ति गर्न सक्ने क्षमता र उपलब्धता देखिएमा एउटै आपूर्तिकर्तालाई एक भन्दाबढी पालिकामा सामग्री आपूर्ति गर्नको लागि छनौट गर्न सकिनेछ ।
६. माथि उल्लेखित खाद्य तथा पुरक पोषण र सरसफाई सामग्रीहरु मध्ये लाभग्राहीहरुले छनौट गरेका सामग्रीहरु प्रत्येक पालिकामा २०० देखि ३०० पहिचान वालवालिकाका अभिभावकहरुलाई मध्यम शिघ्र कुपोषण भएका बालबालिकाहरुलाई रु. २५००।( (मध्यम शिघ्र कुपोषण भएका बालबालिकाहरु) र २५०० (कडा शिघ्र कुपोषण भएका बालबालिकाहरु) बराबरको कुपन भौचर मार्फत सामग्री उपलब्ध गराईनेछ । माथि उल्लेखित गाउँपालिका तथा नगरपालिकाहरुमा छनौट भएका लाभग्राहीहरुलाई संस्थाले सामाग्री भौचर उपलब्ध गराउनेछ । भौचरमा उल्लेखित सामग्रीहरु लाभग्राहीले रोजेर खरिद गर्न पाउनेछ ।
७. आपूर्तिकर्ताले लाभग्राहीले माग गरेको र भौचरमा भएको सामग्रीहरु उपलब्ध गराउनेछ । आपूर्तिकर्ताले लाभग्राहीलाई उपलब्ध गराएको सामग्रीहरुको विवरण आफूसँग रेकर्ड राख्नुपर्नेछ । उक्त रेकर्डको आधारमा आवश्यक कागजात सहित आपूर्तीकर्ताले प्रत्येक महिनाको अन्तिम हप्तामा विल सहित महासंघको कार्यालयमा भुक्तानी माग गर्नेछ र महासंघले आवश्यक प्रकृया पुरयाई बैंक खाता मार्फत रकम भुक्तानी गर्दै जानेछ । आपूर्तिकर्तालाई भुक्तानी गर्दा नियमानुसार लाग्ने कर कट्टी गरी मात्र रकम भुक्तानी गरिने छ ।
८. इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता वा बितरकले संस्थाको कार्यालयमा उपस्थित भई वा ईमेल [email protected] with file protect मार्फत बोलपत्र प्राप्तीको लागि आधिकारीक पत्र मार्फत बोलपत्र प्राप्त गर्न सक्ने छ । यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र यस संस्थाको कार्यालयमा दरभाउ उल्लेखित गरी पेश गर्न सकिनेछ ।
९. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याट वा प्यानमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्ष को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामग्रीहरु मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीहरुको मात्र दरभाउ उल्लेख गर्नु पर्नेछ ।
१०. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ। अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
११. बोलपत्र फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुनेछैन ।
१२. पेश गरिएका बोलपत्रहरु मिति २०८३ साल असोज १२ गते १:०० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्नेछैन । तर सो दिन सार्वजनिक बिदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिनेछ ।
१३. म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुनेछैन ।
१४. थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।
१५. फाराम बुझाउने अन्तिम मिति २०८३/०६/११ गते दिउँसो ५:०० बजेसम्म हुनेछ ।
१६. माथि उल्लेखित सामग्रीहरुको गुणस्तर, परिमाण, सामग्री वितरणको अवस्था सम्बन्धमा आवश्यक्ता अनुसार अनुगमन गर्ने छ । तोकिएको परिमाण, गुणस्तर तथा नमूना बमोजिमको सामग्रीहरु समयमा उपलब्ध नभएमा वा तोकिएको समय भित्र कार्य सम्पन्न नभई लाभग्राहीलाई क्षति हुन गएमा नियमाअनुसार कारवाहीको भागीदार हुनु पर्नेछ ।
१७.अन्य शर्तनामाहरु राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपाल नीहित रहेको छ । यौन शोषण, दुव्र्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलता प्रति प्रतिवद्ध छ ।
नोट– माथिका सिफारीस गरिएको जातको अलावा स्थानीय उपयुक्त जात समेत हुन सक्नेछन् ।
शिलबन्दी बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल मधेश प्रदेश कार्यालय
लहान न.पा. वडा नं.– १, सिरहा, (तरकारी बजारबाट दक्षिण तर्फ जाने गल्लिबाट १०० मि अगाडि ) फोन न. ०३३–५६४०७३
ईमेलः [email protected]
https://www.jobsnepal.com/shalbnatha-blpatara-aahavana-garaeka-sacana-144222
Other Jobs at KIRDARC-Nepal
Similar Jobs
Scan to open on your phone · Download QR