Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-09-29
Job Description
आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!
प्रथम पटक सूचना प्रकाशित मितिः ६, आश्विण, २०८३
थारु महिला उत्थान केन्द्र, बर्दिया द्वारा आगामी दिनमा बर्दिया जिल्ला अन्तर्गतका समस्त पालिकाहरूमा सञ्चालन गर्न प्रस्ताव गरिएको "मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) कार्यक्रम" का लागि तपसिल बमोजिमका कर्मचारीहरू आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ।
पेश गर्नुपर्ने कागजातहरूः निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा), र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,प्यान नं. को प्रतिलिपि , बाइक र स्कुटरको लायसेन्स; पेश गर्नुपर्नेछ। निवेदनमा कुन पदका लागि दरखास्त दिइएको हो सो कुरा स्पष्ट रूपमा खुलाउनु पर्नेछ।
प्राथमिकताः स्थानीय उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।
दरखास्त दिने अन्तिम मितिः १३ आश्विण २०८३
दरखास्त पठाउने इमेल ठेगाना: [email protected] मा सम्पर्क गर्नुहोस्।
भौतिक रूपमा कागजात वा आवेदन बुझाउने ठेगाना: थारु महिला उत्थान केन्द्रको कार्यालय, गुलरिया—७, मनकामना टोल, बर्दिया (कागजातहरू उल्लेखित कार्यालय ठेगानामा बुझाउनुपर्नेछ) ।
परीक्षाको किसिमः लिखित तथा मौखिक अन्तर्वार्ता।
https://www.jobsnepal.com/karamacarahanpr-aavashayakata-144268
Other Jobs at Tharu Women Upliftment Center
Similar Jobs
Scan to open on your phone · Download QR