Quick Overview
- CategoryOther Opportunities
- LocationBardiya
- Job TypeFull Time
- Deadline2026-10-01
Job Description
प्रथम प्रकाशन मिति: २२ सेप्टेम्बर २०२६, मंगलबार
बर्दिया जिल्लामा सञ्चालित विभिन्न कृषि सहकारी संस्था तथा होमस्टे प्रवर्द्धनका लागि सहयोग सामग्रीहरू खरिद
सोनाहा बिकास समाज (SBS), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । गुडनेवर्स ईन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सोनाहा बिकास समाजले राजापुर,गेरुवा र मभुवन पालिकाका बिभिन्न वडा हरुमा एकिकृत सामुदायिक बिकास परियोजना सञ्चालन गरिरहेको छ ।
उक्त परियोजना अन्तर्गत माथि उल्लेखित पालिकामा सञ्चालीत बिभिन्न कृषि सहकारी संस्था तथा होमस्टे प्रवर्द्धनका लागि तपसिलमा उल्लेखित बिबरणका सामाग्रिहरु खरिद गर्नु पर्ने भएकोले उक्त सामाग्रीहरुआपुर्तिगर्न इच्छुक आपूर्तिकर्ता, मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएका उत्पादक, अधिकृत बिक्रेता तथा वितरकहरूबाट यो सुचना प्रकाशित भएको मितिले १० दिन भित्र तपशिलको शर्तहरुको अधिनमा रहि आपूर्तिकर्ताले गोप्य शिलबन्दी दरभाउपत्र पेश गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ । तोकिएको मिति र समयमा प्राप्त शिलबन्दी दरभाउपत्रलाई मात्र छनौट प्रक्रियामा समावेश गरिनेछ । म्याद नाघी आएका ,रीत पुरा नभएका दरभाउपत्रलाई प्रक्रियामा समावेश गरिनेछैन । शिलबन्दी दरभाउपत्रमा उल्लेखित समामग्रीहरू आंशिक रुपमा पनि खरिद गर्न सकिने छ ।
१.शिलबन्दी दरभाउपत्रको फारम यसै बिज्ञापन संग सङल्गन लिंक बाट डाउनलोड गरी वा सोनाहा बिकास समाजको कार्यालयबाट प्राप्त गर्न सकिने छ ।
२. शिलबन्दी दरभाउपत्र फारमका साथ उधोग वा फर्म दर्ताको प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र र चालु आ.व वा आ.व २०८२/ ०८३ को कर चुक्ता अथवा म्याद थप पेश गरी शिलबन्दी दरभाउपत्र खाम बाहिर दरभाउपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ ।
३. शिलबन्दी दरभाउपत्र फारम खाम बन्द गरी लाहा छापले शिलबन्दी गरिएको हुनुपर्नेछ, अन्यथा उक्त दरभाउपत्र दर्ता गर्न संस्था बाध्य हुने छैन ।
४। शिलबन्दी दरभाउपत्र फारम दर्ता गर्ने अन्तिम मितिको भोलीपल्ट १ बजे सोनाहा बिकास समाजको खरीद समिती र दरभाउपत्र दाता स्वंयम वा निजको प्रतिनिधिको उपस्थितिमा यस सोनाहा बिकास समाजको कार्यालय राजापुर- १ बर्दियामा मा दरभाउपत्र खोलिनेछ । यदि दरभाउपत्र दाता स्वंयम वा निजको प्रतिनिधिको उपस्थिति हुन नसकेको खण्डमा पनि दरभाउपत्र खोलिनेछ । तर सो दिन सार्बजनिक बिदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन दरभाउपत्र खोलिने छ ।
५. शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा आंशिक स्वीकृत गर्ने वा नगर्ने अधिकार सोनाहा बिकास समाज मा निहित हुनेछ ।
६. आवस्यक सामान तथा बिल कार्यालयमा पुगेपछि सामानको मापदण्ड तथा गुणस्तर चेकजांच गरेपछि बढिमा ७ दिन भित्र भुक्तानि गरिनेछ ।
७. अन्य केहि थप जानकारी आवस्यक परेमा तल उल्लेखित नम्बर तथा ठेगानामा कार्यलय समयमा सम्पर्क राख्न सम्पर्क राख्न सकिनेछ ।
प्रस्ताव पेश गर्ने अन्तिम मिति: १ अक्टोवर २०२६, बिहिवार, साँझ ५:०० बजे सम्म
प्रस्ताव पेश गर्ने ठेगानाः
सोनाहा बिकास समाज
राजापुर–१, बर्दिया
फोन नं
९८६२४७०३६५
ईमेलः
https://www.jobsnepal.com/shalbnatha-tharabhaupatara-aahavana-brathaya-jallma-saniacalta-vabhanana-kashha-sahakara-sasatha-tatha-hamasata-paravarathathhanaka-lga-sahayaga-samagarahanpr-kharatha-144273
Other Jobs at Sonaha Bikash Samaj
Similar Jobs
Scan to open on your phone · Download QR