टेण्डर आव्हान सम्बन्धी सूचना full-time
Ilam Posted Sep 24, 2026 Apply by Oct 8, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-10-08

Job Description

टेण्डर आव्हान सम्बन्धी सूचना

प्रथम पटक सुचना प्रकाशित मिति: २०८३/०६/०८ गते

परिवर्तका लागि कार्यरत युवा समुह (याक) नेपाल संस्था सामुदायिक विकासमा क्रियाशिल एक मुनाफारहित गैर सरकारी संस्था हो । CARE Nepal  र IDE Nepal को साझेदारिमा परिवर्तका लागि कार्यरत युवा समुह (याक) नेपालको सहजीकरणमा कैलाली जिल्लाको ५ वटा पालिका (जानकी, भजनी, कैलारी, घोडाघोडी र गोदावरी) मा संचालित पोषण परियोजनाका लागि महिला श्रम बचत घटाउने उदेश्यले स्वस्थ्य आमा समुहलाई अनुदानमा कृषी सामाग्रीहरु (Electric Water Pump, Garden Pipe, Manual weeder, Drip Irrigation Set)  खरिद गर्नुपर्ने भएकोले कोटेशन फर्ममा उल्लेख गरिएको शर्तहरु र सामाग्रीको गुणस्तर (स्पेशिफिकेशन) बमोजिमको सामाग्रीहरु उपलब्ध गराउन ईच्छुक मूल्य अभिवृद्घि करमा दर्ता भएका सम्पूर्ण आपूर्तिकर्ता, फर्म वा कम्पनिबाट आजको मितीले १५ दिन भित्र (मिति २०८३ असोज २२ गते सम्म तदानुसार ०८ अक्टुम्बर २०२६) कार्यालय समय भित्र प्राप्त हुने गरि शिलबन्दि कोटेशन पेश गर्न हुन सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिन्छ । कोटेशन फारम संस्थाको Email Id: [email protected] मा ईमेल पठाएर पनि माग गर्न सकिने छ, वा संस्थाको केन्द्रिय धनगढी कैलालीबाट भौतिक रुपमा उपस्थित भई माग गरि समेत प्राप्त गर्न सकिनेछ ।

शिलबन्दी कोटेेशनका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरुः

१) फर्म दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी                                                – १ थान

२) फर्म नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपी                                        – १ थान

३) भ्याटमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी                                          – १ थान

४) आ.व २०८२।२०८३ को कर चुक्ताको प्रमाण पत्र को प्रतिलिपी                 – १ थान

५) फर्म सञ्चालकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी                        – १ थान

६) फर्मको Letter Head मा दररेट पेश गरेको पत्र                                     – १ थान

पुनश्च: इमेलमाफत टेण्डर पठाउँदा pdf file  बनाएर PIN code Lock गरेर पठाउनु पर्नेछ र भौतिक रुपमा कोटेशन बुझाउँदा राम्रो संग शिलबन्दी गरेर पठाएको हुनु पर्ने छ । साथै सामाग्रीहरुको दररेट वजार दरभाउ अनुसार हुनुपर्ने छ र कार्यालयले माग गरि आएको समय भित्र बुझाई सक्नुपर्नेछ अन्यथा टेण्डर मान्य हुने छैन ।

(नोटः टेण्डर स्वीकार गर्ने वा रद्घ गर्ने सम्पुर्ण अधिकार संस्थामा निहीत रहनेछ साथै आंशिक वा पुर्ण रुपमा खरिद गर्ने अधिकार पनि  संस्थामा रहने छ ।)

Bidding Form

Download Bidding Form

टेण्डर पेश गर्ने ठेगानाः

याक नेपाल संस्थाको कार्यालय, शिवनगर ०१ धनगढी कैलाली

सुदुरपश्चिम प्रदेश, नेपाल

फोन नं. ०९१–५२४०८७/९८४८४९००४५

देव बहादुर खाती

खरिद समिति संयोजक

https://www.jobsnepal.com/tanaedara-aavahana-samabnathha-sacana-144332

Other Jobs at Youth Acting for Change Nepal (YAC Nepal)

Loading...

Similar Jobs

Loading...
43 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal