Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeEntry Level
- Deadline2026-10-09
Job Description
Experience Required
Not Required
कोशी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
जिल्ला अस्पताल उदयपुर
गाईघाट, उदयपुर
प्रथम पटक प्रकाशित मिति
२०८३।०६।०९
यस जिल्ला अस्पताल, उदयपुरको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत व.उ.शि.नं. ३७००२१०३, खर्च शीर्षक नं. २२४१९ बाट रणनीतिक अस्पताल सञ्चालनका लागि देहायबमोजिमका पदमा स्वास्थ्यकर्मी तथा कर्मचारी करार सेवामा लिनुपर्ने भएकोले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा राजस्व दस्तुर तिरेको भौचरसहित रीतपूर्वक दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
१. पद तथा आवश्यक योग्यता
(क) स्टाफ नर्स
तह
पाँचौँ
सेवा/समूह
प्रदेश स्वास्थ्य
माग संख्या
४ (चार) जना
परीक्षाको किसिम: लिखित तथा अन्तर्वार्ता
दरखास्त दस्तुर: रु. ४००।– (चार सय रुपैयाँ मात्र)
आवश्यक न्यूनतम योग्यता तथा शर्तहरू
नेपाली नागरिक हुनुपर्नेछ।
१८ वर्ष उमेर पूरा भएको र ४० वर्ष ननाघेको हुनुपर्नेछ।
मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ (स्थायी/अस्थायी)।
अन्य प्रचलित कानूनद्वारा अयोग्य नठहरिएको हुनुपर्नेछ।
(ख) कार्यालय सहयोगी
तह
आधारभूत
सेवा/समूह
प्रशासन/सामान्य प्रशासन
माग संख्या
१ (एक) जना
परीक्षाको किसिम
अन्तर्वार्ता
दरखास्त दस्तुर: रु. २००।– (दुई सय रुपैयाँ मात्र)
आवश्यक न्यूनतम योग्यता तथा शर्तहरू
नेपाली नागरिक हुनुपर्नेछ।
१८ वर्ष उमेर पूरा भएको र ४० वर्ष ननाघेको हुनुपर्नेछ।
तोकिएको न्यूनतम शैक्षिक योग्यता उत्तीर्ण गरेको हुनुपर्नेछ।
पुरुषलाई प्राथमिकता दिइनेछ।
२. दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू:
दरखास्तका साथ देहायका कागजातहरूको प्रतिलिपि पेश गर्नुपर्नेछ। सबै प्रतिलिपिमा उम्मेदवार स्वयंले हस्ताक्षर गरेको हुनुपर्नेछ।
नेपाली नागरिकताको प्रमाणपत्रको छायाँप्रति।
शैक्षिक योग्यताको प्रमाणपत्रको छायाँप्रति।
सम्भव भएसम्म सम्बन्धित कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपि।
सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि (स्टाफ नर्स पदका लागि)।
३. दरखास्त फाराम सम्बन्धी व्यवस्था: दरखास्त फाराम कार्यालय समयमा जिल्ला अस्पताल उदयपुरबाट उपलब्ध हुनेछ। दरखास्त फाराममा आवश्यक सम्पूर्ण विवरण भरी तोकिएका कागजात तथा राजस्व दस्तुर तिरेको सक्कल भौचरसहित कार्यालयमा पेश गर्नुपर्नेछ।
४. राजस्व दाखिला सम्बन्धी विवरण
राजस्व दस्तुर
स्टाफ नर्स
रु. ४००।–
कार्यालय सहयोगी
रु. २००।–
राजस्व खाता नं
१०००१००२०१०१०००१
बैंकको नाम
राष्ट्रिय वाणिज्य बैंक
कार्यालय कोड
३७००२११०२१
कार्यालय
जिल्ला अस्पताल उदयपुर
राजस्व शीर्षक
१४२२९
५. छनोट प्रक्रिया
स्टाफ नर्स पदको छनोट प्रक्रिया लिखित परीक्षा तथा अन्तर्वार्ताबाट हुनेछ।
कार्यालय सहयोगी पदको छनोट प्रक्रिया अन्तर्वार्ताबाट हुनेछ।
६. अन्य व्यवस्था: म्याद नाघी प्राप्त भएका, रीत नपुगेका तथा आवश्यक कागजात संलग्न नभएका दरखास्तउपर कुनै कारबाही गरिने छैन। अन्य कुराहरू प्रचलित कानून तथा अस्पतालको नियमअनुसार हुनेछ।
Other Jobs at जिल्ला अस्पताल उदयपुर
Similar Jobs
Scan to open on your phone · Download QR