सिलबन्दी दरभाउपत्र (Sealed Quotation) आह्वान सम्बन्धी सूचना full-time
Ilam Posted Sep 25, 2026 Apply by Oct 9, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-10-09

Job Description

सिलबन्दी दरभाउपत्र (Sealed Quotation) आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति

२०८३/०६/०९

थारु महिला उत्थान केन्द्र (Tharu Women Upliftment Center – TWUC) बर्दिया जिल्लामा सामाजिक विकास, महिला सशक्तीकरण, जीविकोपार्जन, कृषि तथा पशुपालन, पोषण, लैङ्गिक समानता लगायतका क्षेत्रमा कार्य गर्दै आएको गैरसरकारी सामाजिक संस्था हो। यस संस्था वि.सं. २०४९ सालमा जिल्ला प्रशासन कार्यालय, बर्दियामा विधिवत् दर्ता भई समाज कल्याण परिषद्मा समेत आबद्ध/दर्ता भएको संस्था हो।

यस संस्थाको लागि आवश्यक निम्न विद्युतीय सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले इच्छुक तथा योग्य आपूर्तिकर्ताहरूबाट सिलबन्दी दरभाउपत्र (Sealed Quotation) आह्वान गरिएको छ।

दरभाउपत्र पेश गर्ने सम्बन्धी शर्तहरू:

१. रीतपूर्वक दर्ता भएका तथा योग्य सबै आपूर्तिकर्ताहरूलाई उक्त सामग्रीहरूको दरभाउपत्र पेश गर्न आह्वान गरिन्छ।

२. दरभाउपत्र यस सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालयमा सिलबन्दी गरी पेश गर्नुपर्नेछ।

३. दरभाउपत्र थारु महिला उत्थान केन्द्र, गुलरिया–७, बर्दिया को कार्यालयमा प्रत्यक्ष रूपमा वा तल उल्लेखित इमेलमार्फत पेश गर्न सकिनेछ।

४. दरभाउपत्रमा सामग्रीको ब्राण्ड, मोडेल, स्पेसिफिकेशन, वारेन्टी/ग्यारेन्टी, मूल्य तथा लागू हुने करहरू स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

५. आवश्यक परेमा संस्थाले कुनै वा सबै दरभाउपत्र स्वीकृत वा अस्वीकृत गर्ने अधिकार सुरक्षित राख्दछ।

६. अन्य आवश्यक विवरण तथा थप जानकारीका लागि संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

७. सिलबन्दी दरभाउपत्रका साथ देहाय बमोजिमको कागजातहरु पेश गर्नुपर्नेछ ।

क. फर्म/संस्था/कम्पनि दर्ता प्रमाणपत्रको प्रतिलिपि वा व्यवसाय दर्ता प्रमाण पत्रको   प्रतिलिपि

ख. मूल्य, अभिवृधि कर वा पान दर्ता प्रमाण पत्रको प्रतिलिपि

ग. आ.वा. २०८१/८२ अथवा २०८२/८३ कर चुक्ता प्रमाण पत्र प्रतिलिपि

८. कोटेशन फाराम बुझाउदा शिल गरि खामको बाहिर संस्थाले प्रदान गर्ने सेवाको नाम तथा संस्थाको नाम तथा मिति स्पस्टसंग उल्लेख गर्नुपर्ने छ।

९. यस सिलबन्दी कोटेशन सम्बन्धि सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।

LINK

RFQ for Laptop & Electronic Equipment.xlsx

दरभाउपत्र पेश गर्ने स्थान

थारु महिला उत्थान केन्द्र (TWUC)

गुलरिया–७, बर्दिया

इमेल

[email protected]

सम्पर्क नं.

०८४-४२०३५०/९८४९००६५४५

थारु महिला उत्थान केन्द्र

गुलरिया–७, बर्दिया

https://www.jobsnepal.com/salbnatha-tharabhaupatara-sealed-quotation-aahavana-samabnathha-sacana-144352

Other Jobs at Tharu Women Upliftment Center

Loading...

Similar Jobs

Loading...
2 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal