स्वास्थ्य सेवा सम्बन्धी उपकरण, औजारहरु र सामाग्रीहरु खरीद सम्बन्धि शिलवन्दी बोलपत्र आह्वानको सूचना full-time
Sarlahi Posted Sep 25, 2026 Apply by Oct 9, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationSurkhet
  • Job TypeFull Time
  • Deadline2026-10-09

Job Description

नेपाल रेडक्रस सोसाइटी

कर्णाली प्रदेश कार्यालय

स्वास्थ्य सेवा सम्बन्धी उपकरण, औजारहरु र सामाग्रीहरु खरीद सम्बन्धि शिलवन्दी बोलपत्र आह्वानको सूचना

पहिलो पटक सूचना प्रकाशित मितिः २०८३/०६/०९

गाउँपालिकाको कार्यालय, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, र नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालयको संयुक्त साझेदारीमा संचालित दिगो विकासका लागि स्वास्थ्य, अनुकूलन तथा उत्थानशीलता (SUDHAR) परियोजना अन्तर्गत समुदायको स्वास्थ्य अवस्था सुदृढिकरण गर्न योगदान पुर्‍याउने क्रममा समुदाय स्तरका स्वास्थ्य संस्थाहरु मार्फत गुणस्तरीय/प्रभावकारी सेवा प्रदान होस् भन्ने उद्देश्यले स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरहरुका लागि स्वास्थ्य सेवा सम्बन्धी उपकरण, औजारहरु र सामग्रीहरु खरिद गर्नु पर्ने भएकोले इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका उत्पादक, अधिकृत विक्रेता तथा वितरकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तपसिलको शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

१.  बोलपत्र फारम नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालयबाट नगद रु. ४,०००।– (फिर्ता नहुने गरी) प्राप्त गर्न सकिनेछ र जम्मा गरेको रकमको नगदी रसिदको प्रति बोलपत्र साथ पेश गर्नु पर्नेछ ।

२.  बोलपत्रदाता नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई मूल्य अभिवृद्धि कर (PAN) तथा स्थायी लेखा नम्बर (VAT) मा दर्ता भएको र अद्यावधिक कर चुक्ता प्रमाणपत्र (Tax clearance) प्राप्त गरेको हुनुपर्नेछ । शिलबन्दी बोलपत्र खाम वाहिर बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ ।

३.  बोलपत्र फारम खाम बन्द गरी लाहा छापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा कार्यालयले उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

४.  बोलपत्र फारममा उल्लेखित प्रत्येक सामानको दररेट (भ्याट सहित) अंक र अक्षर दुवैमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अकं वा अक्षर मान्य हुने छैन ।

५.  बोलपत्र फारममा उल्लेख भएका सबै सामाग्रीहरुको दरभाउ पेश गर्नुपर्नेछ, आँशिक रुपमा भरिएका बोलपत्र फारम रद्द हुनेछ ।

६.  बोलपत्र फारम दर्ता गर्ने अन्तिम मितिको दोस्रो दिन १: ३० बजे (सार्वजनकि विदा परेमा सो को भोलिपल्ट) बोलपत्रदाता स्वंय वा निजको प्रतिनिधीको उपस्थितीमा यस प्रदेश कार्यालयमा बोलपत्र खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थितमा पनि शिलबन्दी बोलपत्र खोल्न बाधा पर्नेछैन ।

७.  बोलपत्रमा आफूले कबोल गरेको रकमको २.५ प्रतिशतले हुने रकम बराबर धरौटी स्वरुप नेपाल सरकारबाट मान्यता प्राप्त बाणिज्य बैंकबाट बोलपत्र पेश गरेको अन्तिम मितिबाट कम्तिमा ९० दिन मान्य अवधी भएको बैंक ग्यारेण्टी (Bid Bond) वा सुर्खेत स्थित सिद्धार्थ बैंकमा रहेको नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रोभिन्स खाता नं ५५५०१३८४१८० मा जम्मा गरी सक्कल बैंक भौचर संलग्न गर्नु पर्नेछ ।

८.  बोलपत्र स्वीकृत भएपछि बोलपत्र अंङ्कको १० प्रतिशत रकममा नघट्ने गरी कार्यसम्पादन जमानी जम्मा गर्नुपर्नेछ ।

९.  बोलपत्र सम्बन्धी शर्तहरु नेपाल रेडक्रस सोसाइटीको आर्थिक तथा खरिद नियमावलीमा उल्लेख भए बमोजिम हुनेछ । उक्त सबै सामग्रीका लागि परियोजनामा भएको बजेट भन्दा बढि भएमा बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।

१०.  यस बाहेक थप जानकारीका लागि कार्यालय समय भित्र यस कार्यालयको फोन नम्बर ०८३५९०२५५, ५९०२५६ वा इमेल [email protected] मा सम्पर्क गर्न सकिनेछ ।

११.  बोलपत्र फाराम बुझाउने अन्तिम मिति २०८३/०६/२३ गते कार्यालय समय ५.०० बजे सम्म हुनेछ ।

शिलबन्दी बोलपत्र फारम पेश गर्ने ठेगाना/स्थानः

नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालय, आंखा अस्पताल चोक विरेन्द्रनगर, सुर्खेत

https://www.jobsnepal.com/savasathaya-sava-samabnathha-upakaranae-oujarahara-ra-samagarahara-kharatha-samabnathha-shalvanatha-blpatara-aahavanaka-sacana-144341

Other Jobs at Nepal Red Cross Society - Karnali Province

Loading...

Similar Jobs

Loading...
3 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal