टेन्डर कोटेशन आह्वान गरिएको सूचना full-time
Ilam Posted Sep 25, 2026 Apply by Oct 1, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationSiraha
  • Job TypeFull Time
  • Deadline2026-10-01

Job Description

टेन्डर कोटेशन आह्वान गरिएको सूचना

प्रथम पटक प्रकाशित मिति २०८३।६।९ गते

राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धारा केयर नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको “जलवायु मैत्री गाउँ मधेश प्रदेश नेपाल” (Climate Smart Village Madhesh Province Nepal - CSVN) परियोजना अन्तर्गत सिरहाको (भगवानपुर गा.पा, सखुवानन्करकाट्टी गा.पा, लक्षमीपुर पतारी गा.पा, र धनगढीमाई नगरपालिका) र सप्तरीको (रुपनी गा.पा र अग्नीसाईर कृष्ण सवरण गा.पा ) ६ वटा पालिकाहरूमा कृषि सूक्ष्मजीव (Agricultural Micro-organisms), IPM) सामग्री तथा कृषि औजारहरू खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका इच्छुक सेवा प्रदायक/संस्था/कम्पनीहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र तपसिलको शर्त बमोजिम यसै साथ छुट्टै दिइएको BOQ फर्मेट बमोजिम कार्यालय समयभित्र कार्यालयमा उपस्थित भई वा इमेल ठेगाना [email protected] मार्फत कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ।

१. इच्छुक सेवा प्रदायक/संस्था/कम्पनीहरूले महासंघको कार्यालयमा उपस्थित भई वा इमेल ठेगाना [email protected] मार्फत यसै सूचनासाथ छुट्टै संलग्न गरिएको BOQ फर्मेटमा दरभाउ तथा शर्तहरू उल्लेख गरी यो सूचना प्रकाशित भएको मितिले ७ औं दिन कार्यालय समयसम्म ( २०८३।६।१५ दिउँसो २:०० बजेभित्र) यस महासंघको कार्यालयमा कोटेशन पेश गर्न सकिनेछ।

२. कोटेशन पेश गर्दा फर्म दर्ता प्रमाण-पत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमा दर्ता भएको प्रमाण-पत्रको प्रतिलिपि १ थान, चालु आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि १ थान, व्यवसायीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ थान, बैंक खाता नं., सम्पर्क नं., इमेल ठेगाना संलग्न गरी पेश गर्नुपर्नेछ। शिलबन्दी खाम बाहिर कोटेशनदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य उल्लेख गर्नुपर्नेछ। खाम लाहाछापले शिलबन्द गरिएको हुनुपर्नेछ, अन्यथा उक्त कोटेशन दर्ता गर्न महासंघ बाध्य हुने छैन।

३. पेश गरिएका कोटेशनहरू यो सूचना प्रकाशन भएको ७ औं दिन २०८३।६।१५ दिउँसो ४:०० बजे संस्थाका प्रतिनिधिहरू र कोटेशनदाता स्वयं वा निजको प्रतिनिधिको उपस्थितिमा यस संस्थाको कार्यालयमा खोलिनेछ। तोकिएको दिनमा कोटेशनदाता वा निजको प्रतिनिधि अनुपस्थित भएमा पनि  टेन्डर शिलबन्दी कोटेशन खोल्न कुनै बाधा पर्ने छैन। तर सो दिन सार्वजनिक बिदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन कोटेशन खोलिनेछ ।

४. कोटेशन फाराम शुल्क रु १,०००।- (अक्षरेपी एक हजार रुपैयाँ मात्र) प्रति फाराम (फिर्ता नहुने गरी) तिरेको रसिद/भौचर एक प्रति अनिवार्य रूपमा कोटेशनसाथ संलग्न गर्नुपर्नेछ। साथै कोटेशनमा उल्लेख गरिएको कुल दरभाउ रकमको २% (दुई प्रतिशत) रकम धरौटी वापत तल उल्लेखित बैंक खातामा जम्मा गरी सोको बैंक भौचर (Deposit Slip) समेत कोटेशनसाथ अनिवार्य संलग्न गर्नुपर्नेछ। (आपूर्ति सम्पन्न भई सामग्री बुझाइसकेपछि धरौटी रकम फिर्ता हुने गरी)।

बैंकको नाम : कृषि विकास बैंक, बानेश्वर शाखा

खाताको नाम

National Farmers Group Federation Nepal

खाता नम्बर

0210201600857019

५. म्याद नाघी वा रीत नपुगी आएका कोटेशनहरू उपर कुनै कारबाही हुने छैन। थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ।

६. उक्त उल्लेखित समाग्रीहरुको ढुवानी सिरहाको (भगवानपुर गा.पा, सखुवानन्करकाट्टी गा.पा, लक्षमीपुर   पतारी गा.पा, र धनगढीमाई नगरपालिका) र सप्तरीको (रुपनी गा.पा र अग्नीसाईर कृष्ण सवरण गा.पा ) सम्म गर्नुपर्ने छ ।

७. अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलित कानूनबमोजिम हुनेछ। सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा निहित रहेको छ। यौन शोषण, दुव्र्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ ।

Link

CSVN_Krishi_Samagri_BOQ-NFGF-9 Ashoj2083

कोटेशन प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना :

राष्ट्रिय कृषक समूह महासंघ नेपाल,

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.- १, सिराहा (लहान छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटर भित्र)

फोन न.

०३३-५६४०७३

इमेलः [email protected]

https://www.jobsnepal.com/tanadara-katashana-aahavana-garaeka-sacana-144340

Other Jobs at National Farmers Group Federation Nepal (NFGF Nepal)

Loading...

Similar Jobs

Loading...
4 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal