Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-10-04
Job Description
शिलबन्दी कोटेशन आह्वान (Call for quotations)
प्रकाशित मितिः २०८३/०६/११ (२७ सेप्टम्बर २०२६)
BMZ र WHH को आर्थिक सहयोग तथा पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालले डिसेम्बर २०२४ देखि पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिलाको सहभागिता परियोजना (WE-CAN Project-NPL-1093)साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा कार्यान्वयन गर्दै आईरहेको अवगत नै छ । यो परियोजनाले जलवायु उत्थानशिल र पोषणमुखी कृषिलाई सुदृढ गरी समुदायको जीविकोपार्जन सुधार र पोषण सुरक्षामा सुधार गर्ने मुख्य उद्देश्य राखेको छ ।
पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालद्धारा संचालित WE-CAN Project परियोजनाका लागि महिलाको कार्यबोझ कम गर्नका लागि बाँसका सामाग्रीहरु निर्माण सम्बन्धी तालिम संचालनका लागि सेवा प्रदायकको आवश्यकता भएकाले ईच्छुक तथा योग्य सेवा प्रदायकहरुलाई यो सुचना प्रकाशित भएकोले मितिले ८ दिन (आठ) दिन भित्र पीसविन नेपाल वा वाक नेपालको केन्द्रिय कार्यालय, मार्तडी, बाजुरा अथवा पीसविन नेपालको कार्यक्रम सहयोग कार्यालय, साँफेबगर नगरपालिका, अछाममा र वाक नेपालको कार्यालय, साँफेबगर अछाममा गोप्य शिलबन्दी कोटेशन पेश गर्नको लागि आह्वान गरिन्छ ।
पेश भएका कोटेशन स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार पीसविन नेपाल र वाक नेपालमा सुनिश्चित रहनेछ । कोटेशनमा उल्लेखित TOR मा संलग्न विवरणहरु तथा तिनमा उल्लेखित शर्तहरुलाई यसै सुचनाको अभिन्न अङग मानी अनिवार्य रुपमा पुरा गर्नुपर्नेछ । TOR र अन्य फारम तल उल्लेखित लिङकबाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ ।
ईच्छुक आवेदकहरुले शिलबन्दी कोटेशन पीसविन नेपालको केन्द्रिय कार्यालय, मार्तडी, बाजुरा अथवा कार्यक्रमको सहयोग कार्यालय, साँफेबगर अछाममा वा वाक नेपालको कार्यालय, साँफेबगर, अछाममा वा यदि शिल कोटेशन पठाउन टाढा पर्ने भएकोले धेरै समय लाग्ने अवस्था भएमा, कृपय सबै आवश्यक कागजातहरु पासवर्ड सुरक्षित (Password Protected) गरी [email protected] ईमेलमा मिति २०८३।०६।१८ गते (०४ अक्टोबर २०२६) बेलुका ५:०० बजे भित्र दर्ता गराउनु र पठाई सक्नुपर्नेछ । तोकिएको समयसीमा पछि प्राप्त भएका कोटेशनहरु स्वीकार गरिनेछ छैन ।
पीसविन नेपाल र वाक नेपाल न्युनतम मूल्य पेश गर्ने वा कुनै पनि कोटेशनहरुलाई करार प्रदान गर्न बाध्य हुने छैन । यस खरिद प्रक्रियामा कोटेशन पेश गर्ने कुनैपनि बिक्रेताको प्रत्यक्ष प्रदान गर्न बाध्य हुने छैन । यस खरिद प्रक्रियामा कोटेशन पेश गर्ने कुनैपनि बिक्रेताको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वार्थको द्धान्द्ध (Conflict of Interest) रहेको पाईएमा वा पछि पुष्टि भएमा त्यस्तो कोटेशन जुनसुकै चरणमा अस्विकार गरिनेछ । कोटेशनको तयारीसंग सम्बन्धित सम्पुर्ण खर्चहरु खरिद प्रक्रियाको परिणाम जे सुकै भएता पनि सम्बन्धित कम्पनीले आफै व्यहोर्नपर्नेछ । यदि प्रस्तावना पेश गर्ने अन्तिम दिन विदा परेमा अर्को दिन पेश गर्न सकिने छ ।
पेश गर्नु पर्ने आवश्यक कागजातहरु
१. रुचिको अभिव्यक्ति पत्र (EOI)
२. प्रस्तावित तालिम दृष्टिकोण, कार्यविधि र तालिका उल्लेख गरिएको संक्षिप्त प्राविधिक प्रस्तावना
३. आर्थिक प्रस्तावना
४.फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
५.आपूर्तिकर्ताको पान दर्ता/भ्याट दर्ता प्रतिलिपि
६. फर्म नविकरण र कर चुक्ता प्रमाण–पत्र प्रतिलिपि
७. संचालकको नागरिकताको प्रमाण–पत्र प्रतिलिपि
८. परामर्शदाता प्रशिक्षकको कम्तीमा दुई सन्दर्भ सहितको अद्यावधिक व्यक्तिगत विवरण (CV) तथा बाँस हस्तकला सम्बन्धी अनुभब
९. प्राविधिक प्रस्तावना वा प्रशिक्षण योजना र आर्थिक प्रस्तावना कोटेशन
१०. अन्य सम्पुर्ण कागजातहरु (यदि छन भने)
थप जानकारीका लागि ०९७–५९०४८० वा ०९७ –६२५०३२ र [email protected] सम्पर्क गर्न सकिनेछ ।
https://www.jobsnepal.com/shalbnatha-katashana-aahavana-call-for-quotations-144363
Other Jobs at PeaceWin Nepal
Similar Jobs
Scan to open on your phone · Download QR