आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना full-time
Ilam Posted Sep 28, 2026 Apply by Oct 9, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-10-09

Job Description

आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

प्रकाशन मिति

२०८३/०६/१२

आस्था नेपाल, अछामले सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । संस्थालाई आर्थिक वर्ष २०८३/०८४ मा आवश्यक पर्ने विभिन्न सेवा तथा सामग्रीहरु आवश्यकता अनुसार एकैपटक वा पटक पटक खरिद गर्नुपर्ने भएकाले एक वर्ष अवधिको दीर्घकालीन सम्झौता (Long Term Agreement-LTA) गर्नुपर्ने भएको छ ।

यस उद्देश्यका लागि संस्थाले योग्य तथा सम्भावित आपूर्तिकर्ताहरुलाई आपूर्तिकर्ता पूर्व–योग्यता (Supplier Pre-Qualification) प्रक्रियामा सहभागी हुन आह्वान गर्दछ । सम्बन्धित क्षेत्रको इजाजत प्राप्त, विधिवत दर्ता भएका फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति तथा संस्थाहरुले सूचीदर्ताका लागि आवेदनसहित कागजातहरु मिति २०८३/०६/१२ गते देखि २०८३/०६/२३ गते सम्म कार्यालय समयभित्र यस कार्यालयमा वा इमेलमार्फत पेश गर्न हुन अनुरोध गरिन्छ ।

इच्छुक आपूर्तिकर्ताहरुले तोकिएको समयभित्र आवेदन तथा आवश्यक कागजातहरु पेश गरी पूर्व–योग्यता (Supplier Pre-Qualification) प्रक्रियामा सहभागी हुन सक्नेछन् ।

आर्थिक वर्ष २०८३/०८४ का लागि निम्नानुसारका सेवा तथा सामग्री आपूर्तिकता, सेवा प्रदायक व्यक्ति तथा व्यवसायीहरुबाट पूर्व–योग्यता (Supplier Pre-Qualification) का लागि आवेदन आह्वान गरिन्छ:

१. सवारी साधन भाडा सेवा (जिल्ला भित्र र जिल्ला बाहिर): बस, स्कार्पियो, बोलेरो जिप, मिनी ट्रक, पिकअप, भ्यान, ट्याक्टर

२. कार्यालय मसलन्द, स्टेशनरी, रिचार्ज तथा खेलकुद सामग्रीहरु

३.  छपाई तथा प्रकाशन सेवा: कपी, पोष्टर, पुस्तक, प्रमाणपत्र, मायाको चिनो निर्माण

४. भित्ते लेखन, होर्डिङ बोर्ड तयारी तथा लेखन, फल्याक्स/यानर

५. मोटरसाइकल मर्मत सम्भार एवं पार्टपुर्जा आपूर्ति सेवा

६. फर्निचर तथा फर्निसिङ सामग्रीहरुः  (काठ तथा स्टिलका दराज, र्याक, टेवल, कुर्सी, कार्पेट, कुशन, पर्दा, कपडा,

७. जिल्ला स्तरमा गरिने तालिम, बैठक तथा गोष्ठी सञ्चालनका लागि आवास, भोजन, तथा तालिम हल सहितको होटल सेवा र फाष्टफुड सेवा

८. पालिका तथा समुदाय स्तरमा आवास, खाजा तथा भोजन र तालिम हल व्यवस्थापन सेवा

९. मोबाइल फोन मर्मतसम्भार तथा पार्टपुर्जा आपुर्ति सेवा

१०. कम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, प्रिन्टर तथा अन्य इलेक्ट्रोनिक उपकरणका लागि पार्टपुर्जा आपूर्ति, जडान तथा मर्मतसम्भार सेवा

११. प्राथमिक उपचार, मेडिकल उपकरण तथा विपद व्यवस्थापन सामग्री आपूर्ति सेवा

१२. विद्युतिय तथा इलेक्ट्रोनिक उपकरणहरुको जडान र मर्मतसम्भार सेवा

दरखास्त साथ पेश गनुपर्ने आवश्यक कागजातहरु

१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाणपत्र

२. स्थायी लेखा नम्बर र मु.अ. करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

३. मु.अ. करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजपत्रको प्रतिलिपि

४. आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ वा अन्तिम कुनै दुई वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५. सुचि दर्ताका लागि निवेदन सुचि

यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धित प्रमाणपत्रहरु भएमा सो पनि संलग्न गर्न सकिने छ ।

नोटः माथि उल्लेखित सेवा तथा सामग्रीहरुका लागि सम्बन्धित कानुनी मान्यता प्राप्त, दर्ता भएका तथा इजाजतपत्र प्राप्त फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति तथा संस्थाहरुले पूर्व–योग्यता (Supplier Pre-Qualification) प्रक्रियामा सहभागी हुन आवेदन पेश गर्न सक्नेछन् ।

तल राखिएको लिंक खोलि फारम भर्न सकिने छ

Supplier Registration Form_ ASTHA Nepal.pdf

इमेल (E-mail)

[email protected]

आस्था नेपाल

केन्द्रीय कार्यलय अछाम

https://www.jobsnepal.com/aaparatasapalii-samabnathha-sacakata-hana-sacana-144376

Other Jobs at Astha Nepal

Loading...

Similar Jobs

Loading...
2 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal