Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeMid Level
- EducationSLC / SEE
- Deadline2026-10-05
Job Description
Experience Required
Not Required
त्रिभुवन विश्वविद्यालय
शिक्षण अस्पताल, महाराजगञ्ज
यस अस्पतालका लागि आवश्यक चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा तपसिलबमोजिमका पदहरू करार सेवामा पूर्ति गर्नुपर्ने भएकाले सम्बन्धित विषयमा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले तोकिएको मितिभित्र vacancy.tuth.org.np मा लगइन गरी अनलाइन फाराम भर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। तोकिएको म्याद नाघी प्राप्त हुन आएका दरखास्त फारामउपर कुनै कारबाही हुने छैन। विस्तृत जानकारीका लागि यस अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ।
१. पद: क्लिनिकल रजिष्ट्रार (नेफ्रोलोजी)
योग्यता: इन्टरनल मेडिसिन विषयमा MD वा सो सरह उत्तीर्ण
संख्या
२ (दुई)
२. पद: क्लिनिकल रजिष्ट्रार (साइकियाट्री)
योग्यता: साइकियाट्री विषयमा MD वा सो सरह उत्तीर्ण
संख्या
१ (एक)
३. पद: क्लिनिकल रजिष्ट्रार (प्रसूति तथा स्त्रीरोग/IVF)
योग्यता: प्रसूति तथा स्त्रीरोग विषयमा MD वा सो सरह उत्तीर्ण गरी Clinical Embryology मा फेलोसिप गरेको
संख्या
१ (एक)
४. पद: क्लिनिकल रजिष्ट्रार (प्याथोलोजी)
योग्यता: प्याथोलोजी विषयमा MD वा सो सरह उत्तीर्ण
संख्या
२ (दुई)
५. पद: क्लिनिकल रजिष्ट्रार (एनेस्थेसियोलोजी)
योग्यता: एनेस्थेसियोलोजी विषयमा MD वा सो सरह उत्तीर्ण
संख्या
३ (तीन)
६. पद
क्लिनिकल साइकोलोजी
योग्यता: क्लिनिकल साइकोलोजी विषयमा MPhil उत्तीर्ण
संख्या
१ (एक)
७. पद: अस्पताल सहयोग सेवा व्यवस्थापन अधिकृत
योग्यता: अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर (MHCM) वा सो सरह उत्तीर्ण
संख्या
२ (दुई)
अनलाइन फाराम भर्दा अनिवार्य रूपमा अपलोड गर्नुपर्ने कागजातहरू:
SLC/SEE लगायत सोभन्दा माथिका सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरू।
नेपाली नागरिकताको प्रमाणपत्र।
सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्र।
विदेशमा अध्ययन गरेकाहरूले शैक्षिक योग्यताको समकक्षता (Equivalence) निर्धारण गरिएको प्रमाणपत्र।
पासपोर्ट साइजको फोटो।
पुनश्च
आवेदन दस्तुर: रु. २,५००/- (दुई हजार पाँच सय रुपैयाँ मात्र)।
उमेरको हद: अस्पताल सहयोग सेवा व्यवस्थापन अधिकृत पदका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
आवेदन फाराम भर्ने अन्तिम मिति: २०८३ आश्विन १९ गतेसम्म।
परीक्षा मिति
लिखित परीक्षा
२०८३ आश्विन २३ गते
अन्तर्वार्ता
२०८३ आश्विन २८ गते
Other Jobs at त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल
Similar Jobs
Scan to open on your phone · Download QR