बजार सहजकर्ता full-time
Ilam Posted Sep 29, 2026 Apply by Oct 5, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-10-05

Job Description

पदपूर्ति सम्बन्धी सूचना

बजार सहजकर्ता

प्रथम पटक प्रकाशन मितिः २०८३/०६/१३ (आश्विन १३, २०८३)

ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा रिब्दीकोट गाउँपालिकामा सञ्चालन हुने “प्रस्तावित परियोजना” का लागि तपसिलमा उल्लेखित कर्मचारीको आवश्यकता भएकोले रीत पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र दरखास्त आह्वान गरिन्छ ।

पदः बजार सहजकर्ता

पद संख्याः १ (एक)

मुख्य जिम्मेवारीहरू

१. कृषि तथा सामाजिक उद्यमी सहकारीहरूको व्यवसायिक दक्षता अभिवृद्धिका कार्यहरूमा सहजीकरण र सहयोग गर्ने ।

२. बजारको सम्भाव्यता अध्ययन गरी माग अनुसारको उत्पादनका लागि आवश्यक योजना निर्माणमा सहयोग र सहजीकरण गर्ने ।

३. बजार मूल्य श्रृंखलाका पात्रहरूसँग नियमित समन्वय तथा बैठक गरी आवश्यकता अनुसारको उत्पादन योजना निर्माण र कार्यान्वयन गर्ने ।

४. कृषिजन्य उत्पादनको संस्थागत रूपमा बजारीकरण गर्न सहजीकरण गर्ने ।

५. साना किसानहरूलाई उचित मूल्य र राम्रो बजार पहुँच दिलाउने दिगो बजार सम्बन्ध तथा व्यावसायिक साझेदारी निर्माण गर्ने ।

६. उद्यम विकास तथा सहकारी व्यावसायिक गतिविधिहरूमा महिला तथा युवाहरूको सहभागिता प्रवर्द्धन गर्ने ।

७. बजार सूचना सङ्कलन गरी नियमित प्रगति, अनुगमन तथा सफलताका कथा (केसस्टडी) प्रतिवेदन तयार गर्ने ।

न्यूनतम योग्यता

दरखास्त दिने विधि

इच्छुक तथा योग्य उम्मेदवारहरूले तपसिलमा उल्लेखित कागजातहरू रेडा पाल्पा, तानसेनमा वा इमेल ठेगाना [email protected] मा इमेल गरी आश्विन१९, २०८३भित्र पेश गर्नुपर्नेछः

दरखास्तपत्र, अद्यावधिक बायोडाटा (CV), नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र तथा अनुभव पत्र, दुई पाङ्ग्रे सवारी चालक अनुमतिपत्रको प्रतिलिपि ।

माथि उल्लेखित कागजातसहित इच्छुक उम्मेदवारहरूले आफ्नो दरखास्त पेश गर्दा स्वघोषणापत्र तथा अपेक्षित तलब उल्लेख भएको दरखास्त पत्र अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ । महिला, दलित, जनजाति तथा अन्य विपन्न समूहहरू लाई दरखास्त दिन प्रोत्साहित गरिन्छ ।

नोटः प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित परीक्षामा सम्मिलित गराइनेछ । रीत नपुगेका तथा म्याद नाघी प्राप्त भएका दरखास्त उपर कुनै कारबाही गरिने छैन ।

ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पा

तानसेन नगरपालिका ४, विशालबजार

इमेलः [email protected]

https://www.jobsnepal.com/bjara-sahajakarata-144394

Other Jobs at Rural Economic Development Association

Loading...

Similar Jobs

Loading...
0 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal