Quick Overview
- CategoryOther Opportunities
- LocationSurkhet
- Job TypeFull Time
- Deadline2026-10-05
Job Description
सुन्दर नेपाल संस्था, सुर्खेत
कर्मचारी पदपूर्ति सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशन मिति: १३ आश्विन २०८३, (२९ सेपटेम्बर २०२६)
सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र iDE को संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा Nurture Every Future:- POSHAN Nepal Project सुर्खेत जिल्लाको ५ वटा पालिकाहरुमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारीकरण, लैगिक समानता र सामाजिक समावेशिकरणका लागि लक्षित बर्गहरुको व्यबहारमा रुपान्तरण गर्दै पूर्ण क्षमताको विकासका लागि सुर्खेत जिल्लाको वराहताल गाउपालिका, वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा परियोजना लागू गरेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।
दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरुः
१. नेपाली नागरिकताको प्रमाण—पत्र ।
२. शैक्षिक प्रमाण—पत्रको प्रतिलिपि ।
३. यस भन्दा अघि काम गरेको अनुभव पत्र ।
४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV) ।
५. दुई पाग्रे सवारि साधनको ईजाजत पत्र भएकालाई विशेष प्राथमिकता दिईने छ ।
माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल [email protected] मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुव्र्यवहार र बाल दुव्र्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिबद्ध रहेको छ ।
दरखास्त दिने अन्तिम मिति: १९ आश्विन, २०८३ ( ०५ अक्टेबर २०२६) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५:०० बजेसम्म आवेदन दिन सकिनेछ ।
थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नका लागी जानकारी गरिन्छ ।
सुन्दर नेपाल संस्था
वीरेन्द्रनगर–८ आवासक्षेत्र, सुर्खेत
फोन न
०८३–५२०९२६/५२३५३०,
वा ईमेल
https://www.jobsnepal.com/savasathaya-tatha-pashhanae-athhakata-144392
Other Jobs at Sundar Nepal Sanstha (BNA), surkhet
Similar Jobs
Scan to open on your phone · Download QR