शलबन्दी दरभाउ पेश गर्ने बारेको सूचना full-time
Sarlahi Posted Sep 29, 2026 Apply by Oct 26, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-10-26

Job Description

जनजाती समाज विकास कार्यक्रम (JSDP), सिन्धुली

शलबन्दी दरभाउ पेश गर्ने बारेको सूचना

प्रथम पटक प्रकाशित

मितिः २०८३/६/१३

जनजाती समाज विकास कार्यक्रम (JSDP) सिन्धुली, एक गैर नाफामुखी, गैर जातीय गैर राजनीतिक र गैर सरकारी संस्थाको हो । यो संस्था समुदायका वञ्चित, सामाजिक रुपमा बहिस्कृत र अपेक्षाकृत सीमान्तकृत मानिसहरुको सामाजिक आर्थिक सुधारका लागी स्थापना गरिएको हो । संस्थाको प्रारम्भ वि.स. २०६० सालमा जिल्ला प्रशासन कार्यालय, सिन्धुली २०६४ साल मंसिर ४ गतेका (दर्ता नं. ५०३) जनजाती समाज विकास कार्यक्रम सिन्धुलीको नाममा दर्ता भई प्लान इन्टरनेशनल नेपालको साझेदारमा सञ्चालित बाल प्रत्याभुत व्यवस्थापन कार्यक्रम २०२७ अन्तर्गत रहेको प्रतयाभुत बालबालिकाहरुको लागी शसक्त बालिका स् सुरक्षित समाज कार्यक्रम अत्र्तगत प्रत्याभुत बाल बालिकाहरुको लागी मायाको चिनो वितरणका लागि आवश्यक विधालय व्याग, प्रत्याभुत बालबालिका १८ बर्ष वालाको लागी विधालय व्याग टेण्डर प्रक्रिया मार्फत सामाग्री खरिद गर्नुपर्ने भएकाले इच्छुक इजाजत प्राप्त दर्ता वाला सप्लायर्स/र्महरुले यो सुचना प्रकाशन भएको मितिले २८ दिन (मिति २०८३ कार्तिक ९ गते) भित्र जनजाती समाज विकास कार्यक्रम सिन्धुलीको कार्यालयमा तपशिलमा उल्लेखित शर्तहरुको अधिनमा रही कार्यालय समयमा शिलबन्दी कोटेशनमार्फत दर भाउ पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

१) शिलबन्दी टेण्डरको सक्कल फारम संस्थाको शाखा कार्यालय कमलामाई–६, सिन्धुली बाट मिती २०८३ साल असोज १३ गतेवाट कार्यालय समय भित्रमा सप्लायर्सको दर्ता प्रमाण पत्र, आ.व. २०८२/०८३ को कर चुक्ता प्रमाण पत्र र भ्याट दर्ता प्रमाण पत्र प्रतिलिपीका साथ निवेदन दिई प्रत्यक्ष उपस्थिति वा अनलाईन मार्फत अनुरोध गर्न सकिने छ । अनलाईन मार्फत अनुरोध गर्दा [email protected]  अनुरोध गरी फोनमा सम्पर्क गर्नु पर्ने हुन्छ साथै टेण्डर फर्म मिति २०८३ कार्तिक ८ गते अफिस समय ४:०० भित्र माग गर्नु पर्ने छ त्यस समय पछाडी टेण्डर फर्म माग्न पाइने छैन ।

२) शिलबन्दी दरभाउ पेश गर्दा फर्म वा सप्लायर्सको दर्ता प्रमाण पत्र, आ.व. २०८२/०८३ को कर चुक्ता प्रमाण पत्र भ्याट दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपीका टेण्डरको सक्कल फारम, बैंक भौचर तथा बैक ग्यारेन्टी, एक एक प्रति नमुना तथा फर्मको निवेदन सहित शिलबन्दी गरी मिती २०८३ साल कार्तिक ९ गते ४ः०० वजे भित्र पेश गर्नुपर्नेछ ।

३) संस्थाले माग गरेको सामाग्रीहरु संस्थाको कार्यालयसम्म ढुवानी र लोड अनलोडकसम्मको कार्य फर्म वा सप्लायर्स स्वयंले गर्नुपर्नेछ ।

४) शिलबन्दी दरभाउ पेश गर्दा सम्बन्धित फर्म वा सप्लायर्सले संस्थाको आर्थिक तथा प्रशासनिक नियमावलीमा उल्लेख भए बमोजिम उल्लेखित रकमको २.५% विड रकमको वैक ग्यारेन्टी वा यस संस्थाको लक्ष्मी सजराइज बैंकमा रहेको खाता.नं.२२७१२७०९७३०१११३२ मा जम्मा गरी सो को सक्कल भौचर टेण्डरसँगै पेश गर्नुपर्नेछ र छनौट नभएको फर्मको विड रकम फिर्ताका लागि निवेदनका आधारमा एसि पेइ चेक मार्फत फिर्ता गरिनेछ भने छनौटमा परेको फर्मको विड रकम फर्मसँगको सम्झौता अनुसार कार्य सम्पन्न भए पश्चात अन्तिम दिनमा मात्र भुक्तानी गरिनेछ अन्यथा विड रकम जफत गरिनेछ ।

५) फारम भर्दा केरमेट गरेको स्थानमा हस्ताक्षर गरेको हुनुपर्नेछ भने विड रकम र अक्षर दुवै स्पष्ट हुनुपर्नेछ अन्यथा सो फारम पेश गर्ने फर्म स्वतः रद्ध हुनेछ ।

६) प्राप्त बोलपत्र स्वीकृत गर्ने नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित हुनेछ भने फर्मको मुल्याङ्कन गर्दा फर्म वा सप्लायर्सले संस्थामा पेश गरेको नमुना र आवश्यक परेको खण्डमा सामाग्री उपलब्ध गराउन सक्ने सामथ्र्यलाई समेत आधार मानिनेछ साथै उल्लेखि शर्तहरु पालना नगरेका वा रित नपुगी आएका फर्म वा सप्लायर्सहरु माथी कुनै कारवाही गरिने छैन ।

७) दर्ता भएका शिलबन्दी टेण्डर फारमहरु फर्म वा सप्लायर्सको प्रतिनिधिहरुको रहोवरमा संस्थाको शाखा कार्यालय क.न.पा. ६ रातमाटामा टेण्डर बुझाउने अन्तिम दिनको भोलीपल्ट मिति २०८३ कातिक १० गते दिनको १:०० बजे खोलिनेछ भने सप्लायर्सको प्रतिनिधि अनुपस्थिती वा ढिलो उपस्थिती भएमा पनि प्रकृया अगाडी बढाइने छ  साथै सप्लायर्सको प्रतिनिधि उपस्थिती हुन नसकेमा अनलाइनमा बस्न सकिने छ ।

८) संस्थाको बालबालिका तथा युवा व्यक्तिहरुको संरक्षण, सुचना सुरक्षण निति तथा सस्थाको अन्य निति तथा  नियमहरु पुर्ण रुपले पालना गर्नुपर्नेछ अन्यथा खरिद प्रक्रियामा सामेल गराइनेछैन ।

९) फार्म बुझाउन आँउदा व्यागको नमुना अनिवार्य छुटै शिलबन्दि गरि पेश गर्नु पर्नेछ ।

१०) कुनै एक व्यक्ति वा सप्लायर्सको नाममा १ वटा भन्दा बढि दरभाऊ पेश गर्न पाईने छैन ।

पुनश्चः दरभाउ पत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा विदाको भोलिपल्ट पनि दरभाउ पत्र पेश गर्न सकिनेछ ।

सम्र्पकको लागि

जनजाती समाज विकास कार्यक्रम , सिन्धुली

कमलामाइ नगरपालिका वडा नं ६ रातमाटा सिन्धुली

सम्पर्क नं. ०४७–५२१२९३

ईमेल

[email protected]

https://www.jobsnepal.com/shalbnatha-tharabhau-pasha-garana-braka-sacana-144384

Other Jobs at Janajati Society Development Programme (JSDP) Sindhuli

Loading...

Similar Jobs

Loading...
22 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal