Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeMid Level
- Deadline2026-10-30
Job Description
Experience Required
More than 5 years
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड
(नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त संस्था)
विज्ञापन नं
१/०८३/८४
(प्रकाशित मिति
२०८३/०६/१४)
पद संख्या १ (एक)
यस वित्तीय संस्थामा रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा करारमा पदपूर्ति गरिने भएकोले देहायको योग्यता र कार्य अनुभव हासिल गरेका इच्छुक योग्य नेपाली नागरिकहरुबाट इमेल मार्फत [email protected] मा आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।
१. शैक्षिक योग्यता तथा कार्य अनुभव: स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक / वित्तीय संस्थाको व्यवस्थापकीय तह / श्रेणीमा ५ वर्षको अनुभव भएको वा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक/वित्तीय संस्थाको व्यवस्थापकीय तह श्रेणीमा ७ वर्षको अनुभव हासिल गरेको । अर्थशास्त्र वा व्यवस्थापन विषयमा उपाधी हासिल गरेको वा चार्टर्ड एकाउण्टेन्सी विषय अध्ययन गरेकालाई विशेष प्राथमिकता दिइने ।
२.उमेर : दरखास्त दिने अन्तिम मितिमा ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको ।
३.आवेदन दिने अन्तिम मिति: २०८३ कार्तिक १३ गते ।
४. पारिश्रमिक: सेवाको शर्त सुविधाहरु संस्थाको नियमानुसार ।
५. नियुक्तिको किसिम कार्यकाल : करार ३ वर्षका लागि हुने । करार नविकरण गर्न सकिने ।
६. छनौट प्रक्रिया: छोटो सूचीमा ( Short list) छनौट व्यावसायिक कार्ययोजना तथा रणनीतिको प्रस्तुतीकरण र अन्तर्वार्ता ।
७. अन्य जानकारी तथा विवरण
छोटो सूचीको छनौटमा परेका उम्मेदवारलाई आवश्यक कागजात, विवरणहरु लगायतको स्वघोषणा सम्बन्धी
विवरणहरु पेश गर्न सूचित गरिनेछ ।
छोटो सूचीको छनौटमा परेका उम्मेदवारलाई मात्र तोकिएको ढाँचामा व्यावसायिक कार्ययोजना तथा रणनीति प्रस्तुतीकरण गर्न लगाइनेछ ।
व्यावसायिक कार्ययोजना तथा रणनीति प्रस्तुतीकरण गर्ने उम्मेदवारलाई मात्र अन्तर्वार्ताको लागि बोलाइनेछ ।
यो सूचना बमोजिम प्राप्त भएका आवेदनलाई छनौट उप समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ ।
यस सूचना सम्बन्धी थप जानकारी तथा विवरणका लागि वित्तीय संस्थाको कर्पोरेट कार्यालय, महालक्ष्मी नगरपालिका-४, इमाडोल, ललितपुर, फोन नं. ०१-४९१२७५३ ५३ मा कार्यालय समयमा सम्पर्क गर्न सकिनेछ ।
Other Jobs at सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड
Similar Jobs
Scan to open on your phone · Download QR