शिलबन्दी बोलपत्र आह्वानको सुचना full-time
Sarlahi Posted Oct 1, 2026 Apply by Oct 7, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-10-07

Job Description

निड्स नेपाल

शिलबन्दी बोलपत्र आह्वानको सुचना

प्रथम पटक प्रकाशित मिति २०८३/०६/१५

बोलपत्र नं.०२–२०८३/२०८४

Dignity Alliance International को सहयोग र राष्ट्रिय वातावरण तथा सम विकास समाज नेपालद्वारा संचालित “Humanitarian Response in Nuwakot District in Bagmati Province, Nepal Project ” अन्तर्गत  Hygiene, Dignity & Water र Non-Food Household Essential Kit (Protection & Health) सामाग्रीहरू खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरूबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आह्वान गरिन्छ ।

१. सम्बन्धीत विषयको ईजाजत प्राप्त आपुर्तीकर्ता/विक्रेताले यस संस्थाको केन्द्रिय कार्यालय भिमदत्त–१८, कञ्चनपुरमा सम्पर्क गरी बोलपत्रका कागजातहरू माग गर्नु पर्नेछ । अथवा [email protected] मा इमेल मार्फत बोलपत्रका कागजातहरू माग गर्न सकिने छ ।

२. यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र रितपूर्वक भरिे बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रूपमा लगाई लाहा छापबाट शिलबन्दी गरी प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै खाममा संस्थाको केन्द्रिय कार्यालय भिमदत्त–१८, कञ्चनपुरमा आपुर्तिकर्ता स्वंम भौतिक उपस्थिति वा आधिकारिक प्रतिनिधिको भौतिक उपस्थितिमा हार्डकपी मिति २०८३/०६/२१ गते सांझ ५ बजे भित्र बुझाउन पर्ने छ । बोलपत्र बुझाउने प्रकृया बारे प्राविधिक प्रस्तावनामा विस्तृत रूपमा उल्लेख गरिएको छ ।

३. बोलपत्र फारम प्राप्त गर्ने अन्तिम मिति २०८३/०६/२० गते १२ बजे सम्म रहने छ भने र त्यस पछि बोलपत्र बितरण गरिने छैन । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो दिनको भोली पल्ट शिलबन्दी बोलपत्र फारम बुझाउने, बुझिलिने काम हुनेछ । बोलपत्र फारम मिति २०८३/०६/२२ गते दिउँसो २ बजे देखि सम्पुर्ण आपूर्तिकर्ताको भौतिक उपस्तिथिमा यस संस्थाको केन्द्रिय कार्यालय भिमदत्त–१८, कञ्चनपुरमा खोलिने छ ।

४. बोलपत्र, पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस निड्स नेपाल कञ्चनपुरको खरिद समितिमा निहित रहने छ ।

५. रितपूर्वक नभरी बोलपत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त बोलपत्रहरुलाई स्वतः रद्द भएको मानिनेछ ।

निड्स नेपाल

भिमदत्त १८, महेन्द्रनगर कञ्चनपुर, भाँसि

फोन.नं. ०९९(४१८१५०, ९८६४०१३५६७

https://www.jobsnepal.com/shalbnatha-blpatara-aahavanaka-sacana-144432

Other Jobs at National Environment and Equity Development Society (NEEDS Nepal)

Loading...

Similar Jobs

Loading...
14 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal