शिलबन्दी टेण्डर कोटेशन/बोलपत्र आह्वान गरिएको सूचना full-time
Ilam Posted Oct 1, 2026 Apply by Oct 4, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationSiraha
  • Job TypeFull Time
  • Deadline2026-10-04

Job Description

शिलबन्दी टेण्डर कोटेशन/बोलपत्र आह्वान गरिएको सूचना

(दोस्रो पटक प्रकाशित मितिः २०८३/०६/१५)

राष्ट्रिय कृषक समूह महासंघ, नेपालले केएर नेपालसँगको साझेदारीमा सिरहा जिल्लाको भगवानपुर गा.पा,सखुवानन्कारकट्टी गा.पा, लक्ष्मीपुर पतारी गा.पा, नरहा गा.पा धनगढीमाई न.पा. तथा बरियारपट्टी गा.पा , सप्तरी जिल्लाको रुपनी गा.पा., र अग्नीसाईर कृष्णासावरण गा.पा., संगको सहकार्यमा, भूमिहिन, विपन्न र कम आयश्रोत भएका महिला  किसान परिवारको  पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले स्वः उत्पादनबाट परिवारको पोषण विविधिकरण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उल्लेखित परियोजना अन्तर्गत तपसिल अनुसारका खाद्यसामाग्री, वीउ विजन र कृषि सामग्रीहरु किसान कार्ड प्रणाली र भौचर प्रणाली मार्फत खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका उल्लेखित सामग्री आपूर्ति गर्न इच्छुक तथा योग्य अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा बितरकहरुबाट यो सूचना प्रकाशन भएको मितिले ४ दिन भित्र तपसिल बमोजिमको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र कार्यालयमा उपस्थित भई सम्बन्धित फर्मको लेटर प्याडमा दरभाउ तथा शर्तहरु उल्लेख गरी गोप्य शिलबन्दी कोटेशन÷बोलपत्र पेश गर्नु हुन वा ईमेल ठेगाना [email protected] मार्फत आवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ । सामग्रीको विस्तृत विवरण यसै सूचनामा उल्लेखित लिंकमार्फत उपलब्ध गराइएको छ ।

आ.व. २०८३/८४ को लागि खरिद गरिने वस्तु तथा सेवाको अनुमानित विवरणको लागी तल जानुहोस्:

१. माथि उल्लेखित गाउँपालिका तथा नगरपालिकाहरुमा छनौट भएका लाभग्राहीहरुलाई संस्थाले किसान कार्ड र सामाग्री भौचर उपलब्ध गराएका छन । उल्लेखित कृषि सामग्रीहरु लाभग्राहीले किसान कार्ड वा सामाग्री भौचर दुवै मध्यमबाट आवश्यकता अनुसार छनौट गरी खरिद गर्नेछन् । साथै स्थानीय समुदायले बढी खरिद गर्ने गुणस्तरिय सामग्रीलाई उच्च प्राथमिकता दिईनेछ ।

२. माथि उल्लेखित पालिकाहरुमा प्रति पालिका भित्र रहेका कृषक समुहका ५०० देखि ६०० घरपरिवार संख्या हुने गरी करिब ४६०० घरपरिवार लाभग्राही छनौट गरिनेछ । छनौट भएका ती लाभग्राहीहरुले सुचीमा उल्लेखित वीउ विजन तथा कृषि सामग्रीहरु आवश्यक्ता अनुसार बढीमा २ पटक सम्म आफूलाई आवश्यक परेको सामग्रीहरु छनौट गरी सम्बन्धित आपूर्तिकर्तासँग लानेछन् । उपरोक्त बमोजिमका सामग्रीहरु पालिकाहरुमा पुर्याई स्टल राखी वा घरधुरी सम्म ढुवानी गरी लाभग्राहीहरुलाई सामग्री आपूर्ती गर्नु पर्ने छ । सामग्रीको गुणस्तर तोकिए बमोजिम हुनु पर्नेछ । वीउको उमार शक्ति, फल लाग्ने ग्यारेन्टी गरिएको हुनु पर्दछ । आपूर्ती गरिएको सामग्रीहरुको गुणस्तर तथा वीउ सम्बन्धी कुनै किसिमको गुनासो आएमा सो को उचित सम्बोधन आपूर्तिकर्ताले गर्नुपर्नेछ ।

३. आपूर्तिकर्ताले लाभग्राहीले माग गरेको सुचीकृत भएको सामग्रीहरु उपलब्ध गराउनेछ । लाभग्राहीहरु आफनो किसान कार्ड र मोबाईल लिएर सामाग्री प्राप्त गर्ने स्थानमा पुग्नेछ । आपूर्तिकर्ताले लाभग्राहीलाई उपलब्ध गराएको सामग्रीहरुको विवरण आफूसँग रेकर्ड राख्नेछ । लाभग्राहीहरुद्धारा किसान कार्ड मार्फत सामग्री आपूर्ती भई सके पछि आनलाईन भुक्तानी हुनेछ । किसान कार्डबाट सामग्री आपूर्ती भई सके पछि मात्र आपूर्तिकर्ताले रकम भुक्तानी पाउनेछ । लाभग्राहीहरुलाई आपूर्तिकर्ताले आपूर्ती गरिने सामग्री बारे सचेतना दिने कार्य समेत गरिएको छ ।

४. स्थानीय तथा सम्बन्धित पालिकामा सञ्चालनमा रहेका आपूर्तिकर्ताहरुलाई छनौट प्रकृयामा प्राथमिकता दिईने छ । प्रत्येक पालिकाको लागी फरक फरक आपूर्तीकर्ता छनौट गरिने छ । तर अन्य पालिकामा पनि सामग्री आपूर्ति गर्न सक्ने क्षमता र उपलब्धता देखिएमा एउटै आपूर्तिकर्तालाई एक भन्दाबढी पालिकामा सामग्री आपूर्ति गर्नको लागि छनौट गर्न सकिनेछ ।

५. माथि उल्लेखित खाद्य तथा पुरक पोषण र सरसफाई सामग्रीहरु मध्ये लाभग्राहीहरुले छनौट गरेका सामग्रीहरु प्रत्येक पालिकामा २०० देखि ३०० पहिचान वालवालिकाका अभिभावकहरुलाई मध्यम शिघ्र कुपोषण भएका बालबालिकाहरुलाई रु. २०००। बराबरको कुपन भौचर मार्फत सामग्री उपलब्ध गराईने छ । माथि उल्लेखित गाउँपालिका तथा नगरपालिकाहरुमा छनौट भएका लाभग्राहीहरुलाई संस्थाले सामाग्री भौचर उपलब्ध गराउनेछ । भौचरमा उल्लेखित सामग्रीहरु लाभग्राहीले रोजेर खरिद गर्न पाउनेछ ।

६. माथि उल्लेखित कृषि सामग्रीहरु मध्ये लाभग्राहीहरुले छनौट गरेका सामग्रीहरु प्रत्येक पालिकामा ६० देखि ८० पहिचान वालवालिकाका अभिभावकहरुलाई कडा शिघ्र कुपोषण भएका बालबालिकाहरुलाई रु. २५००। बराबरको कुपन भौचर मार्फत सामग्री उपलब्ध गराईने छ । माथि उल्लेखित गाउँपालिका तथा नगरपालिकाहरुमा छनौट भएका लाभग्राहीहरुलाई संस्थाले सामाग्री भौचर उपलब्ध गराउनेछ । भौचरमा उल्लेखित सामग्रीहरु लाभग्राहीले रोजेर खरिद गर्न पाउनेछ ।

७. आपूर्तिकर्ताले लाभग्राहीले माग गरेको र भौचरमा भएको सामग्रीहरु उपलब्ध गराउनेछ । आपूर्तिकर्ताले लाभग्राहीलाई उपलब्ध गराएको सामग्रीहरुको विवरण आफूसँग रेकर्ड राख्नुपर्नेछ । उक्त रेकर्डको आधारमा आवश्यक कागजात सहित आपूर्तीकर्ताले प्रत्येक महिनाको अन्तिम हप्तामा विल सहित महासंघको कार्यालयमा भुक्तानी माग गर्नेछ र महासंघले आवश्यक प्रकृया पुरयाई बैंक खाता मार्फत रकम भुक्तानी गर्दै जानेछ । आपूर्तिकर्तालाई भुक्तानी गर्दा नियमानुसार लाग्ने कर कट्टी गरी मात्र रकम भुक्तानी गरिनेछ ।

८. इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता वा बितरकले संस्थाको कार्यालयमा उपस्थित भई वा ईमेल [email protected] with file protect मार्फत यो सूचना प्रकाशित भएको मितिले ४ दिनभित्र यस संस्थाको कार्यालयमा दरभाउ उल्लेखित गरी पेश गर्न सकिनेछ ।

९. कोटेशन/बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याट वा प्यानमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्ष को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नुपर्नेछ। शिलबन्दी कोटेशन/बोलपत्रको खाम बाहिर कोटेशन÷बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामग्रीहरु मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीहरुको मात्र दर भाउ उल्लेख गर्नुपर्नेछ ।

१०.कोटेशन÷बोलपत्र फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनुपर्नेछ, अन्यथा उक्त कोटेशन/बोलपत्र दर्ता गर्न बाध्य हुनेछैन ।

११.पेश गरिएका कोटेशन/बोलपत्रहरु मितिः २०८३ साल असोज १९ गते सोमबारको दिन दिउसो १:०० बजे संस्थाका प्रतिनिधीहरु र कोटेशन वा बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी कोटेशन÷बोलपत्र खोल्न कुनै बाधा पर्नेछैन । तर सो दिन सार्वजनिक बिदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन कोटेशन/बोलपत्र खोलिनेछ ।

१२.फाराम बुझाउने अन्तिम मितिः २०८३/०६/१८ गते दिउँसो ५:०० बजे सम्म हुनेछ । म्याद नाघी वा रित नपूगी आएका कोटेशन/बोलपत्र उपर कुनै कारबाही हुने छैन । थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।

१३. माथि उल्लेखित सामग्रीहरुको गुणस्तर, परिमाण, सामग्री वितरणको अवस्था सम्बन्धमा आवश्यक्ता अनुसार अनुगमन गर्नेछ । तोकिएको परिमाण, गुणस्तर तथा नमूना बमोजिमको सामग्रीहरु समयमा उपलब्ध नभएमा वा तोकिएको समय भित्र कार्य सम्पन्न नभई लाभग्राहीलाई क्षति हुन गएमा नियमाअनुसार कारवाहीको भागीदार हुनु पर्नेछ ।

१४.कोटेशन दर्ता शुल्क रु १,०००।– (अक्षरेपी एक हजार रुपैयाँ मात्र) प्रति कोटेशन (फिर्ता नहुने गरी) तिरेको रसिद/भौचर एक प्रति अनिवार्य रूपमा कोटेशनसाथ संलग्न गर्नुपर्नेछ ।

१५.अन्य शर्तनामाहरु राष्ट्रिय कृषक समूह महासंघ, नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ, नेपालमा नीहित रहेको छ । यौन शोषण, दुव्र्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ ।

नोट– पहिलो पटक प्रकाशित सूचना बमोजिम सिलबन्दी दरभाउपत्र/बोलपत्र पेस गरिसकेका आपूर्तिकर्ता (फर्म/कम्पनी) हरूले दोस्रो पटक प्रकाशित यस सूचनामा पुनः आवेदन पेस गर्नु पर्ने छैन ।

कोटेशन/बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः

राष्ट्रिय कृषक समूह महासंघ नेपाल , मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.– १, सिरहा–( तरकारी बजारबाट दक्षिण तर्फ जाने गल्लिबाट १०० मि अगाडि ) फोन न. ०३३–५६४०७३

इमेलः [email protected]

https://www.jobsnepal.com/shalbnatha-tanaedara-katashanablpatara-aahavana-garaeka-sacana-144431

Other Jobs at National Farmers Group Federation Nepal (NFGF Nepal)

Loading...

Similar Jobs

Loading...
1 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal