मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट, फार्मेसी असिस्टेन्ट, अक्सिलरी हेल्थ वर्कर, सहायक कम्प्युटर अपरेटर, सहयोगी full-time
Sarlahi Posted Oct 4, 2026 Apply by Oct 8, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeMid Level
  • EducationSLC / SEE
  • Deadline2026-10-08

Job Description

Experience Required

Not Required

लमही नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

लमही, दाङ

लुम्बिनी प्रदेश, नेपाल

प्रथम पटक सूचना प्रकाशित मिति: २०८३/०६/१६

यस नगरपालिका अन्तर्गत लमही अस्पतालको आ.व. २०८३/०८४ को स्वीकृत बजेट तथा कार्यक्रमअनुसार आवश्यक कर्मचारीहरू सेवा करारमा लिनुपर्ने भएकाले यस कार्यालयको निर्णयानुसार चालु आ.व. २०८३/०८४ को पौष मसान्तसम्मका लागि तपसिलबमोजिमका जनशक्ति सेवा करारमा लिनुपर्ने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र मागबमोजिमका विवरण तथा राजस्व तिरेको रसिदसहित यस कार्यालयमा दरखास्त बुझाउन अनुरोध गरिन्छ।

१. करार सेवामा आवश्यक जनशक्ति

विज्ञापन नं. १०१–२०८३/०८४ — Medical Officer (८औँ तह)

माग संख्या

२ जना

सेवाको किसिम

करार

विज्ञापन नं. २०२–२०८३/०८४ — Health Assistant (५औँ तह)

माग संख्या

२ जना

सेवाको किसिम

करार

विज्ञापन नं. ३०३–२०८३/०८४ — Pharmacy Assistant (५औँ तह)

माग संख्या

१ जना

सेवाको किसिम

करार

विज्ञापन नं. ४०४–२०८३/०८४ — Auxiliary Health Worker (४औँ तह)

माग संख्या

२ जना

सेवाको किसिम

करार

विज्ञापन नं. ५०५–२०८३/०८४ — Assistant Computer Operator (४औँ तह)

माग संख्या

१ जना

सेवाको किसिम

करार

विज्ञापन नं. ६०६–२०८३/०८४ — Helper

माग संख्या

२ जना

सेवाको किसिम

करार

२. आवश्यक न्यूनतम शैक्षिक योग्यता

Medical Officer: MBBS उत्तीर्ण गरी सम्बन्धित परिषद्को दर्ता तथा नवीकरण प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ।

Health Assistant: HA उत्तीर्ण गरी सम्बन्धित परिषद्को दर्ता तथा नवीकरण प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ।

Pharmacy Assistant: Diploma in Pharmacy उत्तीर्ण गरी सम्बन्धित परिषद्को दर्ता तथा नवीकरण प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ।

Auxiliary Health Worker: AHW उत्तीर्ण गरी सम्बन्धित परिषद्को दर्ता तथा नवीकरण प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ।

Assistant Computer Operator: SLC/SEE उत्तीर्ण गरी कम्तीमा ६ महिनाको कम्प्युटरसम्बन्धी तालिम लिएको हुनुपर्नेछ।

Helper: न्यूनतम कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ।

३. उमेर: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

४. दरखास्त दिने अन्तिम मिति: २०८३/०६/२२ गतेसम्म।

५. सम्पर्क मिति:दरखास्त दिने अन्तिम मितिको भोलिपल्ट।

६. दरखास्त फाराम पाइने तथा बुझाउने स्थान: दरखास्त फाराम लमही अस्पतालको कार्यालय, प्रशासन शाखा, लमही, दाङ बाट प्राप्त गरी सोही स्थानमा बुझाउनुपर्नेछ।

७. दरखास्त दस्तुर

Medical Officer

रु. १,०००/-

Health Assistant / Auxiliary Health Worker / Assistant Computer Operator

रु. ५००/-

Helper

रु. ३००/-

८. दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

दरखास्तका साथ निम्न कागजातहरू पेश गर्नुपर्नेछ:

नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।

सम्बन्धित परिषद्को दर्ता प्रमाणपत्र (NMC/NHPC) को प्रतिलिपि।

शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि।

२ प्रति पासपोर्ट साइजको फोटो।

अनुभवसम्बन्धी कागजातहरूको प्रतिलिपि।

९. छनोटको आधार: लमही नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७५ बमोजिम प्रारम्भिक सूची प्रकाशन तथा अन्तर्वार्ताबाट छनोट गरिनेछ।

१०. शर्त तथा मापदण्ड: करार सेवाका लागि प्रचलित कानूनबमोजिम अयोग्य नठहरिएको हुनुपर्नेछ।

११. अन्य: यस सूचना बमोजिम प्राप्त दरखास्त स्वीकृत गर्ने वा नगर्ने तथा सेवा करारमा नियुक्ति गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ।

About Company

Other Jobs at लमही नगरपालिका नगर कार्यपालिकाको कार्यालय

Loading...

Similar Jobs

Loading...
37 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob