Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeEntry Level
- Deadline2026-10-15
Job Description
Experience Required
Not Required
गलकोट नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
गलकोट, बागलुङ
देहायका सेवा/समूहतर्फका निम्न तहका पदहरूमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले देहायबमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिन्छ। तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आवश्यक कागजातहरूको प्रतिलिपि र राजस्व तिरेको रसिदसहित यस गलकोट नगर कार्यपालिकाको कार्यालय, गलकोट, बागलुङमा दरखास्त आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१. विज्ञापन नं. ०७/२०८३–०८४
सेवा/समूह
रेडियोग्राफी
पद
रेडियोग्राफर
तह
पाँचौँ
माग संख्या
१ (एक) जना
परीक्षा दस्तुर
रु. ७००/- (सात सय मात्र)
काम गर्नुपर्ने स्थान: गलकोट नगर अस्पताल
२. विज्ञापन नं. ०८/२०८३–०८४
पद: बालमैत्री स्थानीय शासन नगर सहजकर्ता
माग संख्या
२ (दुई) जना
परीक्षा दस्तुर
रु. ५००/- (पाँच सय मात्र)
काम गर्नुपर्ने स्थान: गलकोट नगरपालिका वा अन्तर्गतका कार्यालयहरू
१. आवश्यक न्यूनतम योग्यता
क) रेडियोग्राफर, पाँचौँ तहका लागि
२०८३/०६/२९ गतेसम्म १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफी विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
सम्बन्धित परिषद्मा दर्ता भएको हुनुपर्नेछ।
ख) बालमैत्री स्थानीय शासन नगर सहजकर्ता पदका लागि:
२०८३/०६/२९ गतेसम्म १८ वर्ष पूरा भएको र पुरुषको हकमा ३५ वर्ष तथा महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
२. दरखास्त दिने स्थान: गलकोट नगरपालिकाको कार्यालय, गलकोट, बागलुङ।
३. दरखास्त दिने अन्तिम मिति: २०८३ असोज २९ गते कार्यालय समयभित्र।
४. छनोटको किसिम
रेडियोग्राफर, पाँचौँ तहका लागि: प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन, लिखित परीक्षा (बहुवैकल्पिक प्रश्न–MCQs) र अन्तर्वार्ता।
बालमैत्री स्थानीय शासन नगर सहजकर्ता पदका लागि: प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र अन्तर्वार्ता।
५. आवेदन तथा संलग्न गर्नुपर्ने कागजातहरू
दरखास्तसाथ देहायका कागजातहरूको प्रतिलिपि पेश गर्नुपर्नेछ:
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क पत्रको प्रतिलिपि।
नेपाल बाहिरबाट प्राप्त शैक्षिक प्रमाणपत्र भएमा नेपालको सम्बन्धित विश्वविद्यालयबाट समकक्षता गरिएको प्रमाणपत्रको प्रतिलिपि।
चारित्रिक प्रमाणपत्रको प्रतिलिपि।
सम्बन्धित परिषद्को दर्ता प्रमाणपत्रको प्रतिलिपि।
अनुभव खुल्ने कागजातको प्रतिलिपि, भएमा।
संलग्न गरिएका कागजातहरूको प्रतिलिपिको पछाडि उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्नुपर्नेछ।
६. सेवा सुविधा: नेपाल सरकारले तोकेको न्यूनतम तलब तथा अन्य सेवा–सुविधा नगरपालिकाको नियमानुसार हुनेछ।
७. पाठ्यक्रम
रेडियोग्राफर, पाँचौँ तहका लागि: प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश, पोखरा, प्रदेश/स्थानीय स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, पाँचौँ तह रेडियोग्राफर खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रमअनुसार हुनेछ।
नोट: म्याद नाघी प्राप्त भएका वा रीतपूर्वक नआएका निवेदनउपर कुनै कारबाही गरिने छैन।
About Company
Other Jobs at गलकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय
Similar Jobs
Scan to open on your phone · Download QR