Quick Overview
- CategoryNGO/INGO & Social Work
- LocationNationwide
- Job TypeContract
- EducationSLC / SEE
- SalaryNRs 20000 - 25000 per month
- Deadline2026-10-09
Job Description
Experience Required
More than 2 years
प्रथम पटक प्रकाशित मितिः २०८३—०६—१९ गते
बालबालिकाको परिवार तथा समुदायमा आधारित वैकल्पिक हेरचाह प्रवद्र्धनमा क्रियाशील संस्था हिमाली नवीन समाजद्धारा रसुवा जिल्लाका भोटेकोशी बाढीबाट प्रभावित बालबालिका तथा परिवारहरूको संरक्षण, पुनर्मिलन तथा परिवारमा आधारित वैकल्पिक हेरचाह प्रवद्र्धनसम्बन्धी आपतकालीन परियोजना सञ्चालन गर्नुपर्ने भएकाले देहायका पदहरूमा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट २०८३—०६—२३ गते कार्यालय समयभित्रमा रीतपूर्वक दरखास्त आह्वान गरिन्छ ।
पदः फिल्ड अधिकृत(Field Officer)
आवश्यक संख्याः २ जना(उत्तरगया गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिकाका लागि १—१ जना)
करार समयावधिः ६ महिना
करार अवधि शुरूः नाेभेम्बर २०२६ देखि
सेवाकाे प्रकारः पूर्णकालीन
पारिश्रमिक तथा अन्य सुविधाः संस्थाको नियम अनुसार
फिल्ड अधिकृतकाे लागि आवश्यक न्युनतम योग्यता तथा अनुभवहरुः
मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण गरी सामाजिक परिचालनको क्षेत्रमा २ बर्षको अनुभव भएको
मनोसामाजिक परामर्श सम्बन्धी ६ महिने तालिम लिई सो क्षेत्रमा कार्य अनुभव भएका व्यक्तिलाई प्राथमिकता
बाल संरक्षण, समुदाय परिचालन, घटना व्यवस्थापन, परिवार पुनर्मिलन, आपतकालीन प्रतिक्रिया वा सामाजिक परिचालनकाे क्षेत्रमा कम्तीमा २ वर्षको कार्य अनुभव
बालबालिका तथा परिवारसँग प्रत्यक्ष फिल्डमा काम गरेको अनुभवलाई प्राथमिकता दिइनेछ
स्थानीय तह, सराेकारवाला तथा समुदायसँग प्रभावकारी समन्वय गर्न सक्ने क्षमता
नेपाली भाषामा राम्रो मौखिक तथा लिखित सञ्चार क्षमता
कम्प्युटर तथा सामान्य प्रतिवेदन लेखनसम्बन्धी ज्ञान
रसुवा जिल्लाको स्थानीय परिवेश तथा स्थानीय भाषाको ज्ञानलाई प्राथमिकता दिइनेछ
फिल्ड अधिकृतका मुख्य जिम्मेवारीहरु
जोखिममा रहेका बालबालिकाको पहिचान, परिवार खोजी तथा पारिवारिक पुनर्मिलनमा सहजीकरण गर्ने
समुदायस्तरमा आपत्कालीन हेरचाहकर्तासम्बन्धी तथा बाल सुरक्षा सञ्जालसम्बन्धी तालिम सञ्चालन गर्ने
बालबालिकाका लागि परिवार तथा समुदायमा आधारित वैकल्पिक हेरचाहका विकल्पहरू नातेदार हेरचाह र हेरचाह गर्न इच्छुक परिवार वा व्यक्तिसँग राखेर गरिने हेरचाहकाे प्रवद्र्धन तथा त्यस्ता परिवारको पहिचान र लेखाजोखा गर्ने
परिवार तथा बालबालिकाको नियमित फलोअप, घटना व्यवस्थापन तथा आवश्यक मनोसामाजिक सहयोगमा सहजीकरण गर्ने
स्थानीय बाल संरक्षण संयन्त्र, बाल कल्याण अधिकारी, स्थानीय तहमा सूचीकृत समाजसेवी र बाल मनोविज्ञ, स्थानीय तह तथा सम्बन्धित सरोकारवालासँग समन्वय गर्ने
बाढी प्रभावित परिवारहरूको आवश्यकता तथा जोखिमको आधारमा लक्षित आपतकालीन सहयोग वितरण र अनुगमनमा सहजीकरण गर्ने
बालबालिकाका लागि शैक्षिक, सरसफाइ तथा सुरक्षा सामग्री वितरण र त्यसको अनुगमन गर्ने
परिवारमा आधारित हेरचाह, बाल सुरक्षा तथा परिवार सुदृढीकरणसम्बन्धी समुदाय सचेतना कार्यक्रम सञ्चालन गर्ने
बालमैत्री उपचारात्मक र मनोसामाजिक गतिविधि, अभिभावक प्रशिक्षण तथा अन्य आपतकालीन तालिममा सहजीकरण गर्ने
बाल–स्थानीय सरकार संवाद, स्थानीय बाल अधिकार समिति सुदृढीकरण तथा सिकाइ आदानप्रदान कार्यक्रममा सहयोग गर्ने
परियोजनाको दैनिक गतिविधि, प्रगति तथा घटना व्यवस्थापनसम्बन्धी आवश्यक प्रतिवेदन तयार गर्ने
परियोजना संयोजक तथा संस्थाको निर्देशनअनुसार अन्य सम्बन्धित कार्यहरू गर्ने
फिल्ड अधिकृत पदका लागि आवश्यक अन्य व्यक्तिगत क्षमताहरु:
बालबालिकाको अधिकार, संरक्षण र परिवारमा आधारित हेरचाहप्रति प्रतिबद्धता
समुदायमा गएर काम गर्न सक्ने तथा दुर्गम क्षेत्रमा यात्रा गर्न इच्छुक
संवेदनशील विषयमा गोपनीयता र बाल संरक्षणका आधारभूत सिद्धान्त पालना गर्न सक्ने
टिममा काम गर्न सक्ने, जिम्मेवार, इमानदार र परिणाममुखी
आपतकालीन तथा कठिन परिस्थितिमा काम गर्न सक्ने क्षमता
स्थानीय तह तथा समुदायसँग प्रभावकारी समन्वय गर्न सक्ने
नेपाली भाषामा राम्रो मौखिक तथा लिखित सञ्चार क्षमता भएको
कम्प्युटर तथा सामान्य प्रतिवेदन लेखनसम्बन्धी ज्ञान भएको
आवश्यक परेको खण्डमा पैदल यात्रा मार्फत क्षेत्रगत भ्रमणमा खटिन तयार रहेको
रसुवा जिल्लाको स्थानीय बासिन्दा भएको
About Company
The Himalayan Innovative Society (THIS) is a registered non-governmental organization (NGO) registered with the District Administration Office, Kathmandu (Registration No. 459/059/60) and is affiliated with the Social Welfare Council (Affiliation No. 14304). Established in 2003 AD, THIS is dedicated to promoting and protecting the rights of children and their families. Since 2006, THIS has been working closely with the Government of Nepal to facilitate the family reintegration of children rescued from vulnerable, abusive, and illegally operated children's homes across Nepal, led by the National Child Rights Council (NCRC). Through these efforts, we have positively transformed the lives of more than 1200 children by supporting their safe return to family and community-based alternative care. (Our website: https://thisngonepal.org/)
The designated post holders will be responsible for overseeing a three-year project called ‘Families for Children’. This initiative aims to strengthen the child protection system advancing care reform under the support of Hope and Homes for Children, as part of the Catalyzing Care Reform in Nepal project. Families for Children promotes systemic change to ensure that children's rights to family are upheld. It implements alternative care services, focusing on a community-owned foster care model for children in Karnali Province who need special protection and cannot remain with their families for specificreasons, preventing the risks of child institutionalization.
Other Jobs at The Himalayan Innovative Society
Similar Jobs
Scan to open on your phone · Download QR