परिवर्तनका संवाहक(Change Agent) contract
Kathmandu Posted Oct 5, 2026 Apply by Oct 9, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeContract
  • EducationSLC / SEE
  • SalaryNRs 25000 - 35000 per month
  • Deadline2026-10-09

Job Description

Experience Required

Less than 1 year

प्रथम पटक प्रकाशित मितिः २०८३—०६—१९ गते

बालबालिकाको परिवार तथा समुदायमा आधारित वैकल्पिक हेरचाह प्रवद्र्धनमा क्रियाशील संस्था हिमाली नवीन समाजद्धारा रसुवा जिल्लाका भोटेकोशी बाढीबाट प्रभावित बालबालिका तथा परिवारहरूको संरक्षण, पुनर्मिलन तथा परिवारमा आधारित वैकल्पिक हेरचाह प्रवद्र्धनसम्बन्धी आपतकालीन परियोजना सञ्चालन गर्नुपर्ने भएकाले देहायका पदहरूमा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट २०८३—०६—२३  गते कार्यालय समयभित्रमा रीतपूर्वक दरखास्त आह्वान गरिन्छ ।

पदः परिवर्तनका संवाहक(Change Agent)

आवश्यक संख्याः २ जना(उत्तरगया गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिकाका लागि १—१ जना)

करार अवधिः ६ महिना

करार अवधि शुरूः अक्टाेबर २०२६ देखि

सेवाकाे प्रकारः पूर्णकालीन

पारिश्रमिक तथा अन्य सुविधाः संस्थाको नियम अनुसार

परिवर्तनका संवाहकको लागि आवश्यक न्युनतम योग्यता तथा अनुभव:

मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा १०+२ वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको

समुदाय परिचालन, बाल संरक्षण, अभिभावकत्व, महिला र बालबालिका वा सामाजिक विकास क्षेत्रमा कार्य अनुभवलाई प्राथमिकता दिइनेछ।

समुदाय तथा परिवारसँग प्रत्यक्ष रूपमा काम गर्न इच्छुक र सक्षम

स्थानीय समुदाय, स्थानीय तह तथा अन्य सरोकारवालासँग समन्वय तथा सहजीकरण गर्न सक्ने

अभिमुखीकरण तथा समुदायस्तरीय कार्यक्रम सञ्चालनमा सहजीकरण गर्न सक्ने

रसुवा जिल्लाको सम्बन्धित स्थानीय तहमा काम गरेको वा स्थानीय परिवेशको ज्ञान भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

परिवर्तनका संवाहकको मुख्य जिम्मेवारीहरुः

सम्बन्धित गाउँपालिकामा परिवार तथा समुदायस्तरमा परिवारबाट हुने विछोड रोकथाम तथा परिवारमा आधारित हेरचाह प्रवद्र्धन गर्ने

सम्भावित इच्छुक परिवार वा व्यक्तिको पहिचान, प्रारम्भिक लेखाजोखा, अभिमुखीकरण, तालिम तथा स्थानीय तहमा आधिकारिक सूचीकरणमा सहजीकरण गर्ने

अभिभावक तथा समुदायका सदस्यहरूलाई सकारात्मक अभिभावकत्व, बाल सुरक्षा, मनोसामाजिक सहयोग तथा आपतकालीन बाल संरक्षणसम्बन्धी जानकारी प्रदान गर्ने

बालबालिका तथा परिवारसँग नियमित सम्पर्कमा रही जोखिम तथा संरक्षण आवश्यकताको पहिचान गरी सम्वन्धित सेवा प्रदायककाेमा प्रेशण गर्ने

स्थानीय बाल अधिकार समिति तथा अन्य स्थानीय बाल संरक्षण संयन्त्रलाई परिवार सुदृढीकरण र वैकल्पिक हेरचाहसम्बन्धी क्षमता अभिवृद्धिमा सहयोग गर्ने

स्थानीय विद्यालय, समुदाय, महिला समूह, बाल क्लब तथा अन्य सरोकारवालासँग समन्वय गरी बाल संरक्षणसम्बन्धी सचेतना अभियान सञ्चालन गर्ने

सूचना शिक्षा तथा संचार सामग्रीहरूकाे माध्यमबाट परिवारमा आधारित हेरचाह प्रवद्र्धन गर्ने

बाल–स्थानीय सरकार संवाद कार्यक्रम सञ्चालन तथा बालबालिकाको आवाजलाई स्थानीय योजना तथा कार्यक्रमसँग जोड्न सहजीकरण गर्ने

परियोजनाको उद्देश्यअनुसार अन्य सम्बन्धित कार्यहरू गर्ने

परिवर्तका संवाहक पदका लागि आवश्यक अन्य व्यक्तिगत क्षमताहरु:

बालबालिकाको अधिकार, संरक्षण र परिवारमा आधारित हेरचाहप्रति प्रतिबद्धता

समुदायमा गएर काम गर्न सक्ने तथा दुर्गम क्षेत्रमा यात्रा गर्न इच्छुक

संवेदनशील विषयमा गोपनीयता र बाल संरक्षणका आधारभूत सिद्धान्त पालना गर्न सक्ने

टिममा काम गर्न सक्ने, जिम्मेवार, इमानदार र परिणाममुखी

आपतकालीन तथा कठिन परिस्थितिमा काम गर्न सक्ने क्षमता

स्थानीय तह तथा समुदायसँग प्रभावकारी समन्वय गर्न सक्ने

नेपाली भाषामा राम्रो मौखिक तथा लिखित सञ्चार क्षमता भएको

कम्प्युटर तथा सामान्य प्रतिवेदन लेखनसम्बन्धी ज्ञान भएको

आवश्यक परेको खण्डमा पैदल यात्रा मार्फत क्षेत्रगत भ्रमणमा खटिन तयार रहेको

रसुवा जिल्लाको स्थानीय बासिन्दा भएको

About Company

The Himalayan Innovative Society (THIS) is a registered non-governmental organization (NGO) registered with the District Administration Office, Kathmandu (Registration No. 459/059/60) and is affiliated with the Social Welfare Council (Affiliation No. 14304). Established in 2003 AD, THIS is dedicated to promoting and protecting the rights of children and their families. Since 2006, THIS has been working closely with the Government of Nepal to facilitate the family reintegration of children rescued from vulnerable, abusive, and illegally operated children's homes across Nepal, led by the National Child Rights Council (NCRC). Through these efforts, we have positively transformed the lives of more than 1200 children by supporting their safe return to family and community-based alternative care. (Our website: https://thisngonepal.org/)

The designated post holders will be responsible for overseeing a three-year project called ‘Families for Children’. This initiative aims to strengthen the child protection system advancing care reform under the support of Hope and Homes for Children, as part of the Catalyzing Care Reform in Nepal project. Families for Children promotes systemic change to ensure that children's rights to family are upheld. It implements alternative care services, focusing on a community-owned foster care model for children in Karnali Province who need special protection and cannot remain with their families for specificreasons, preventing the risks  of child institutionalization.

Other Jobs at The Himalayan Innovative Society

Loading...

Similar Jobs

Loading...
32 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob