Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-10-14
Job Description
शिलबन्दी कोटेशन आह्वान (Call for quotations)
प्रकाशित मितिः २०८३/०६/२२ (८ अक्टोबर २०२६)
BMZ र WHH को आर्थिक सहयोग तथा पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालले डिसेम्बर २०२४ देखि पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिलाको सहभागिता परियोजना ( WE-CAN Project-NPL-1093) साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा कार्यान्वयन गर्दै आईरहेको अवगत नै छ । यो परियोजनाले जलवायु उत्थानशिल र पोषणमुखी कृषिलाई सुदृढ गरी समुदायको जीविकोपार्जन सुधार र पोषण सुरक्षामा सुधार गर्ने मुख्य उद्देश्य राखेको छ ।
पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालद्धारा संचालित WE-CAN Project परियोजनाका अन्तर्गत सामुदायिक बीउ बैंकका लागि आवश्यक फर्निचर र्याक खरिद गर्नुपर्ने भएकोले ईच्छुक तथा योग्य फर्म, कम्पनी, फर्निचर उधोग वा आपुर्तिकर्ताहरुलाई यो सुचना प्रकाशित भएको मितिले ७ दिन (सात) दिन भित्र पीसविन नेपाल वा वाक नेपालको केन्द्रिय कार्यालय, मार्तडी, बाजुरा अथवा पीसविन नेपालको कार्यक्रम सहयोग कार्यालय, साँफेबगर नगरपालिका, अछाममा र वाक नेपालको कार्यालय, साँफेबगर अछाममा गोप्य शिलबन्दी कोटेशन पेश गर्नको लागि आह्वान गरिन्छ ।
पेश भएका कोटेशन स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार पीसविन नेपाल र वाक नेपालमा सुनिश्चित रहनेछ । कोटेशनमा उल्लेखित विवरणहरु तथा तिनमा उल्लेखित शर्तहरुलाई यसै सुचनाको अभिन्न अङग मानी अनिवार्य रुपमा पुरा गर्नुपर्नेछ कोटेशन र अन्य फारम तल उल्लेखित लिङकबाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ ।
ईच्छुक आवेदकहरुले यदि शिल कोटेशन पठाउन टाढा पर्ने भएकोले वा धेरै समय लाग्ने अवस्था भएमा, कृपय सबै आवश्यक कागजातहरु पासवर्ड सुरक्षित (Password Protected) गरी [email protected] ईमेलमा मिति २०८३।०६। २८ गते बेलुका ५:०० बजे भित्र दर्ता गराउनु र पठाई सक्नुपर्नेछ । तोकिएको समयसीमा पछि प्राप्त भएका कोटेशनहरु स्वीकार गरिनेछ छैन ।
पीसविन नेपाल र वाक नेपाल न्युनतम मूल्य पेश गर्ने वा कुनै पनि कोटेशनहरुलाई करार प्रदान गर्न बाध्य हुने छैन । यस खरिद प्रक्रियामा कोटेशन पेश गर्ने कुनैपनि बिक्रेताको प्रत्यक्ष प्रदान गर्न बाध्य हुने छैन । यस खरिद प्रक्रियामा कोटेशन पेश गर्ने कुनैपनि बिक्रेताको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वार्थको द्धान्द्ध(Conflict of Interest) रहेको पाईएमा वा पछि पुष्टि भएमा त्यस्तो कोटेशन जुनसुकै चरणमा अस्विकार गरिनेछ । कोटेशनको तयारीसंग सम्बन्धित सम्पुर्ण खर्चहरु खरिद प्रक्रियाको परिणाम जे सुकै भएता पनि सम्बन्धित कम्पनीले आफै व्यहोर्नपर्नेछ । यदि कोटेशनहरु पेश गर्ने अन्तिम दिन विदा परेमा अर्को दिन पेश गर्न सकिने छ ।
पेश गर्नु पर्ने आवश्यक कागजातहरु: फर्म संस्था वा व्यक्तिगत रुपमा आवेदन दिन सकिनेछ ।
१. फर्म वा सप्लार्यसको दर्ता प्रमाणपत्रको प्रतिलिपि
२. आपूर्तिकर्ताको पान दर्ता/भ्याट दर्ता प्रतिलिपि
३. फर्म नविकरण र कर चुक्ता प्रमाण–पत्र प्रतिलिपि
४. संचालकको नागरिकताको प्रमाण–पत्र प्रतिलिपि
५. अध्यावधिक कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
६. अन्य सम्पुर्ण कागजातहरु (यदि छन भने)
नोटः आपुर्तिकर्ताले र्याकहरु वा सामाग्रीहरु चौरपाटी गाउँपालिकाको कार्यालय र साँफेबगर नगरपालिकास्थित हातेमालो सहकारी सम्म ढुवानी गर्नु पर्नेछ ।
थप जानकारीका लागि ०९७–५९०४८० वा ०९७–६२५०३२ [email protected] मा सम्पर्क गर्न सकिनेछ ।
https://www.jobsnepal.com/shalbnatha-katashana-aahavana-call-for-quotations-144573
Other Jobs at PeaceWin Nepal
Similar Jobs
Scan to open on your phone · Download QR