माध्यमिक तह विज्ञान शिक्षक full-time
Sarlahi Posted Oct 12, 2026 Apply by Oct 23, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeMid Level
  • Deadline2026-10-23

Job Description

Experience Required

Not Required

मदाने गाउँपालिका

पुर्कोटदह, गुल्मी

लुम्बिनी प्रदेश, नेपाल

गाउँ कार्यपालिकाको कार्यालय

तेस्रो पटक प्रकाशित मिति

२०८३/०६/२३

प्रस्तुत विषयमा यस गाउँपालिका अन्तर्गत श्री पृथ्वी माध्यमिक विद्यालयमा रिक्त रहेको माध्यमिक तह, तृतीय श्रेणी, विज्ञान विषयको स्वीकृत दरबन्दीमा स्थायी सरुवाका लागि प्रकाशित विज्ञापनमा कुनै पनि उम्मेदवार परीक्षा दिन उपस्थित नभएकाले उक्त पदमा करार सेवामा शिक्षक नियुक्ति गर्नुपर्ने भएको हुँदा देहायबमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त पेस गर्न यो सूचना प्रकाशित गरिएको छ।

१. पदसम्बन्धी विवरण

विज्ञापन नं

०५/२०८३/०८४

पद

माध्यमिक तह, तृतीय श्रेणी

विषय

विज्ञान

माग पद सङ्ख्या

१ (एक)

नियुक्तिको प्रकार/किसिम

करार

२. आवश्यक शैक्षिक योग्यता तथा पेस गर्नुपर्ने कागजातहरू

परीक्षा दस्तुर: रु. १,०००/- (अक्षरेपी एक हजार रुपैयाँ मात्र)

मान्यताप्राप्त शिक्षण संस्थाबाट विज्ञान विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, अध्यापन अनुमतिपत्रको प्रतिलिपि तथा व्यक्तिगत निवेदन पेस गर्नुपर्नेछ।

उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।

३. परीक्षाको किसिम: लिखित, मौखिक तथा आवश्यकताअनुसार प्रयोगात्मक परीक्षा।

४. तलब तथा सुविधा: नेपाल सरकारले तोकेबमोजिम हुनेछ।

५. दरखास्त दिने अन्तिम मिति: २०८३/०७/०६ गतेसम्म।

६. परीक्षा मिति: पछि सूचना प्रकाशन गरी जानकारी गराइनेछ।

७. दरखास्त फाराम पाइने तथा बुझाउने स्थान: मदाने गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, पुर्कोटदह, गुल्मी।

८. शिक्षक सेवा आयोगको करार सूचीमा सूचीकृत उम्मेदवार दरखास्त दिन आएमा त्यस्ता उम्मेदवारलाई पहिलो प्राथमिकता दिइनेछ।

Other Jobs at मदाने गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

Loading...

Similar Jobs

Loading...
54 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob