शिलबन्दी कोटेशन आव्हान : (Visibility Material) क्याप टोपी, टिसर्ट, ज्याकेट, स्कार्फ आदि खरीद बारे full-time
Sarlahi Posted Oct 15, 2026 Apply by Oct 29, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationSurkhet
  • Job TypeFull Time
  • Deadline2026-10-29

Job Description

नेपाल रेडक्रस सोसाइटी

कर्णाली प्रदेश कार्यालय

शिलबन्दी कोटेशन आव्हान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८३/०६/२९)

नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशद्धारा संचालित दिगो विकासकालागि स्वास्थ्य, अनुकूलन तथा उत्थानशीलता (SUDHAR) परियोजना अन्तरगत विभिन्न दृश्यामक सामग्री (Visibility Material) जस्तै क्याप टोपी, टिसर्ट, ज्याकेट, स्कार्फ आदि उल्लेख्य संख्यामा खरिद गर्नु पर्ने भएकोले इच्छुक उत्पादक फर्म तथा इजाजत प्राप्त आपूर्तिकर्ताहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा तपसिलको शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी कोटेशन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

१. कोटेशन फारम नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालयबाट नगद रु. २,०००।– (फिर्ता नहुने गरी) प्राप्त गर्न सकिनेछ र जम्मा गरेको रकमको नगदी रसिदको प्रति कोटेशन साथ पेश गर्नु पर्नेछ ।

२. कोटेशनदाता नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई मूल्य अभिवृद्धि कर (VAT) तथा स्थायी लेखा नम्बर (PAN) मा दर्ता भएको र अद्यावधिक कर चुक्ता प्रमाणपत्र (Tax clearance) प्राप्त गरेको हुनुपर्नेछ । शिलबन्दी कोटेशन खाम वाहिर कोटेशनदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ ।

३. एउटा फर्मबाट खरिद गरेको कोटेशन सोही फर्मबाट दर्ता गर्नुपर्नेछ । खरिद बाहेकको अन्य फर्मबाट पेश गरेको पाइएमा स्वतः अयोग्य ठहरिनेछ । कोटेशन फारम खाम बन्द गरी लाहा छापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा कार्यालयले उक्त कोटेशन दर्ता गर्न बाध्य हुने छैन ।

४. कोटेशन फारममा उल्लेखित प्रत्येक सामानको दररेट (भ्याट सहित) अंक र अक्षर दुवैमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेकोे अकं वा अक्षर मान्य हुने छैन ।

५. कोटेशन फारममा उल्लेख भएका सबै सामाग्रीहरुको दरभाउ पेश गर्नुपर्नेछ, आंशिक रुपमा भरिएका कोटेशन फारम रद्द गर्न सकिनेछ ।

६. कोटेशन फारम दर्ता गर्ने अन्तिम मितिको दोस्रो दिन २.३० बजे (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) कोटेशनदाता स्वंय वा निजको प्रतिनिधीको उपस्थितीमा यस प्रदेश कार्यालयमा कोटेशन खोलिनेछ । कोटेशनदाता वा निजको प्रतिनिधिको अनुपस्थितमा पनि शिलबन्दी कोटेशन खोल्न बाधा पर्नेछैन ।

७. कोटेशनमा आफूले कबोल गरेको रकमको २.५ प्रतिशतले हुने रकम बराबर धरौटी स्वरुप नेपाल सरकारबाट मान्यता प्राप्त बाणिज्य बैंकबाट कोटेशन पेश गरेको अन्तिम मितिबाट कम्तिमा ९० दिन मान्य अवधी भएको बैंक ग्यारेण्टी (Bid Bond) वा सुर्खेत स्थित सिद्धार्थ बैंकमा रहेको नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रोभिन्स खाता नं ५५५०१३८४१८० मा जम्मा गरी सक्कल बैंक भौचर संलग्न गर्नु पर्नेछ ।

८. कोटेशन स्वीकृत भएपछि कोटेशन अंङ्कको १० प्रतिशत रकममा नघट्ने गरी कार्यसम्पादन जमानी जम्मा गर्नुपर्नेछ ।

९. कोटेशन सम्बन्धी शर्तहरु नेपाल रेडक्रस सोसाइटीको आर्थिक तथा खरिद नियमावलीमा उल्लेख भए बमोजिम हुनेछ । उक्त सबै सामग्रीका लागि परियोजनामा भएको बजेट भन्दा बढि भएमा कोटेशन स्वीकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।

१०. यस बाहेक थप जानकारीका लागि कार्यालय समय भित्र यस कार्यालयको फोन नम्बर ०८३५९०२५५, ५९०२५६ वा इमेल [email protected] मा सम्पर्क गर्न सकिनेछ ।

११. कोटेशन फाराम बुझाउने अन्तिम मिति २०८३/०७/१२ गते कार्यालय समय ५.०० बजे सम्म हुनेछ ।

शिलबन्दी कोटेशन फारम पेश गर्ने ठेगाना/स्थानः

नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालय, आँखा अस्पताल चोक, विरेन्द्रनगर सुर्खेत

https://www.jobsnepal.com/shalbnatha-katashana-aavahana-visibility-material-kayapa-tapa-tasarata-jayakata-sakarafa-aatha-kharatha-bra-144646

Other Jobs at Nepal Red Cross Society - Karnali Province

Loading...

Similar Jobs

Loading...
7 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal