फिचर लेखन, टेलिभिजन कार्यक्रम तथा रेडियो जिङ्गल उत्पादनका लागि प्रस्ताव आह्वान full-time
Kathmandu Posted Oct 16, 2026 Apply by Oct 30, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-30

Job Description

फिचर लेखन, टेलिभिजन कार्यक्रम तथा रेडियो जिङ्गल उत्पादनका लागि प्रस्ताव आह्वान

(Call for Proposals for Feature Article, Television Program, and Radio Jingle Production)

(प्रथम पटक प्रकाशित मितिः २०८३।०६।३०)

नेपाल मतदाता अधिकार मञ्च (NVRF) ले युरोपियन यूनियन (EU)को मुख्य आर्थिक सहयोगमा नेपालमा सिमान्तकृत समुदायहरूमा पनि विशेषतः अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, राजनीतिक सहभागिता र प्रतिनिधित्व बढाउन द क्लेम ('Promoting Dignity and Political Participation of Persons with Disabilities in Nepal- The CLAIM') परियोजना कार्यान्वयन गरिरहेको छ ।

यस परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार, राजनीति र शासन प्रणाली, कानुनी ढाँचा, र राजनीतिक संस्थाहरूको भूमिका तथा जवाफदेहिताका बारेमा आम नागरिकमा सचेतना अभिवृद्धि गर्ने र अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सहभागिता र प्रतिनिधित्वको सवालहरूलाई नीतिगत छलफलको केन्द्रमा ल्याउन मिडिया सामग्री उत्पादन तथा प्रसारण गर्ने कार्यक्रम रहेको छ। यस्ता मिडिया संलग्नताका कार्यक्रमहरूबाट अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सहभागिता र प्रतिनिधित्वका लागि सकारात्मक भाष्य र जवाफदेहिता निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसै सन्दर्भमा, तल उल्लेखित मिडिया सामग्री उत्पादन, प्रकाशन तथा प्रसारणका लागि इच्छुक, योग्य, अनुभवी, अपाङ्गता सम्बन्धी सवालमा संवेदनशील तथा गलत र भ्रामक सूचना वा घृणात्मक अभिव्यक्ति उत्पादन तथा प्रसारणमा संलग्न नभएका सञ्चार संस्था, सञ्चार विज्ञ वा लेखकहरूबाट आशयपत्र सहित आर्थिक तथा प्राविधिक प्रस्ताव आह्वान गरिन्छ।

१. फिचर लेख ( Feature Article) (४ वटा पालिकाको सन्दर्भमा ४ वटा फिचर लेख)

फिचर लेख मार्फत बनेपा, पाँचखाल, चन्द्रपुर र गुजरा नगरपालिकामा अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको अर्थपूर्ण राजनीतिक सहभागिता, प्रतिनिधित्व तथा नेतृत्व विकासमा देखिएका अवरोध, सामाजिक दृष्टिकोण र चुनौतीहरूलाई दस्तावेजीकरण र उजागर गरी सरोकारवालाहरुको ध्यानाकर्षण गर्ने उद्देश्य राखिएको छ। फिचर लेख तयार पार्न स्थलगत अध्ययन, समूहकेन्द्रित छलफल, अन्तर्वार्ता, सरोकारवालासँग परामर्श र तथ्याङ्क तथा सन्दर्भ सामग्रीको समीक्षा गर्नुपर्नेछ। फिचर लेख अनलाइन तथा प्रिन्ट मिडियामार्फत समेत प्रकाशित गर्नुपर्नेछ।

शैक्षिक योग्यता तथा अनुभव

२. टेलिभिजन कार्यक्रम (TV Program) (६ वटा)

टेलिभिजन कार्यक्रम मार्फत अपाङ्गता भएका व्यक्तिका तथा अन्य सिमान्तकृत समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्व सम्बन्धी मुख्य सवालहरूलाई राष्ट्रिय बहसको विषय बनाउने, आम जनता तथा सामाजिक संस्थाहरूको ऐक्यवद्दताका लागि सकारात्मक भाष्य निर्माण गर्ने, तथा मुख्य राजनीति सरोकारवालाहरूको जवाफदेहिता खोज्न पहल गरिनेछ। टेलिभिजन कार्यक्रमहरू सरोकारवालाहरूसंगको परामर्श अन्तर्वार्ता, जनचेतनामूलक, विषयगत सम्वाद तथा स्थलगत रिपोर्टिङजस्ता ढाँचामा तयार गरी राष्ट्रियस्तरको टेलिभिजन च्यानलमार्फत प्रसारण गर्नुपर्नेछ। कार्यक्रमका विषयवस्तु तथा प्रस्तुति सरल, तथ्यमा आधारित, अपाङ्गता समावेशी, आकर्षक र आम नागरिकले सहज रूपमा बुझ्न सक्ने हुनुपर्नेछ। संस्थागत प्रस्तावलाई प्रोत्साहन गरिन्छ ।

योग्यता तथा अनुभव

३. रेडियो जिङ्गल (Radio Jingle) (४ वटाः २ वटा नेपाली भाषामा र २ वटा बज्जिका भाषामा)

रेडियो जिङ्गलमार्फत अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्वको विषयमा आम नागरिक, राजनीतिक दल तथा अन्य सरोकारवालाहरू माझ सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेछ। कुल चारवटा रेडियो जिङ्गलमध्ये दुईवटा नेपाली र दुईवटा बज्जिका भाषामा तयार गर्नुपर्नेछ। जिङ्गलको स्क्रिप्ट लेखन तथा सामाग्री तयार गर्दा समुदायको स्थलगत भ्रमण, स्थानीय समुदायसँगको परामर्श तथा उनीहरूको अनुभव र आवश्यकतामा आधारित विषयवस्तु समावेश गर्नुपर्नेछ। साथै, स्थानीय परम्परागत संस्कृति, लोकभाका, लोकसङ्गीत तथा मौलिक सांस्कृतिक शैलीलाई उपयुक्त रूपमा प्रयोग गरी सन्देशलाई सरल, आकर्षक, प्रभावकारी, र अपाङ्गता समावेशी बनाउनुपर्नेछ। संस्थागत प्रस्तावलाई प्रोत्साहन गरिन्छ ।

योग्यता तथा अनुभव

ख) पेश गर्नुपर्ने कागजातहरूः

ग) आवेदन गर्नुपर्ने अन्तिम मिति र माध्यम:

ईच्छुक व्यक्ति वा संस्थाले २०८३/०७/१३ गते (30 October, 2026) अपरान्ह ५:०० बजे भित्र ई—मेल: ([email protected]) मार्फत पेश गर्न सकिनेछ ।

[द्रष्टव्यः नेपाल मतदाता अधिकार मञ्चले प्राप्त आवेदनहरूको गुणस्तर तथा लागत प्रभावकारितालाई आधार मानी संस्थाको प्रतिस्पर्धात्मक खरिद प्रक्रिया अनुसार छनैाट गर्नेछ । साथै मञ्चले प्राप्त सबै आवेदनहरू अस्विकृत गर्ने अधिकार पनि सुरक्षित राख्दछ।]

https://www.jobsnepal.com/facara-lkhana-talbhajana-karayakarama-tatha-radaya-janagal-utapathanaka-lga-parasatava-aahavana-144674

Other Jobs at Nepal Voters Rights Forum

Loading...

Similar Jobs

Loading...
43 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal