Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-11-05
Job Description
शिलबन्दी कोटेशन (Sealed Quotation) आह्वानको सूचना
प्रथम पटक सूचना प्रकाशित भएको मितिः २०८३/०६/३० गते
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रद्धारा (RRPK) रौटहट जिल्लामा वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालित Sikai+ परियोजना अन्तर्गत १ जना आपा·ता भएका व्यक्तीका लागि WALKING AND MOBILITY AIDS TRICYCLE खरिद गर्नुपर्ने भएकोले उक्त सामान उपलब्ध गर्नका लागि इच्छुक इजाजत प्राप्त फर्म/कम्पनीले देहाय बमोजिमको शर्तहरूको अधिनमा रहि रितपूर्वकको सिलबन्दी कोटेशन प्रथम पटक मितीले २१ दिन भित्र कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
१. कोटेशन फाराम प्रथम पटक सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र वा (०५ नोभेम्बर २०२६) सम्म कार्यालय समय भित्र यस सस्थांको खरिद शाखामा आवश्यक सम्पूर्ण कागजात सहित सिलबन्दी गरी दर्ता गराई सक्नु पर्नेछ वा यस सस्थाको इमेल [email protected] मार्फत पठाउदा Folder मा Lock गरेर पठाउन सकिनेछ, सो दिन विदा परेमा कार्यालय खुलेको पहिलो दिनको १२:०० बजे भित्र दर्ता गराई सक्नु पर्नेछ । सो समयावधी पश्चात् प्राप्त सिलबन्दी बोलपत्र स्वतः बदर ठहरिने छ ।
२. प्राप्त भएका कोटेशन खरिद समितिको उपस्थिति तथा इजाजत प्राप्त फर्म/कम्पनी र अन्य प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ । तर इजाजत प्राप्त फर्म/कम्पनीको प्रतिनिधिहरू उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
३. सिलबन्दी बोलपत्रका साथ देहाय बमोजिमको कागजातहरू पेश गर्नुपर्नेछ ।
(क) फर्म/संस्था/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि वा व्यवसाय दर्ता प्रमाण–पत्रको प्रतिलिपि
(ख) मूल्य अभिवृद्धि कर वा पान दर्ता प्रमाण–पत्रको प्रतिलिपि ।
(ग) आ.व.२०८१र८२ कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपि ।
(घ) कोटेशन, सप्लायर्स दर्ता फारम, बाल सुरक्षा निती तथा अन्य कागजातहरू (कोटेशन संगै फरमेट उपलब्ध गराईनेछ) ।
४. कोटेशन फाराम बुझाउँदा शिल गरी खामको बाहिर सस्थांले प्रदान गर्ने सेवाको नाम तथा संस्थाको नाम तथा मिति स्पष्टसंगे उल्लेख गर्नुपर्ने छ ।
५. यस सिलबन्दी कोटेशन सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।
बिस्तृत जानकारी तथा कोटेशनका लागि सम्पर्क ठेगाना :
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)
फोन
०५५ ५९०४४०
ईमेल
https://www.jobsnepal.com/shalbnatha-katashana-sealed-quotation-aahavanaka-sacana-144668
Other Jobs at Rastriya Rojgar Prawardhan Kendra (Rautahat)
Similar Jobs
Scan to open on your phone · Download QR