Invitations for the Bid full-time
Ilam Posted Oct 16, 2026 Apply by Oct 30, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-10-30

Job Description

परिवर्तका लागि कार्यरत युवा समुह (याक) नेपाल संस्था सामुदायिक विकासमा क्रियाशिल एक मुनाफारहित गैर सरकारी संस्थाहो । CARE Nepal / IDE Nepal को साझेदारिमा परिवर्तका लागि कार्यरत युवा समुह (याक) नेपालको सहजीकरणमा कैलाली जिल्लाको ५ वटा पालिका (जानकी, भजनी, कैलारी, घोडाघोडी र गोदावरी) मा संचालित पोषण परियोजनाका अन्तर्गत जोखिममा रहेका घरपरिवार, कुपोषित बालबालिका तथा उनीहरूका परिवार र विद्यालयहरूमा उपयुक्त पानी शुद्धीकरण प्रविधिको व्यवस्था गरी सुरक्षित खानेपानीमा पहुँच वृद्धि गर्ने, पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्ने, सुरक्षित सरसफाइतथा स्वच्छता अभ्यासलाई प्रवद्र्धन गर्ने र मातृ तथा बाल स्वास्थ्य एवं पोषण अवस्थामा सुधार ल्याउन सहयोग उदेश्यका साथ पानी फिल्टर (Water filter) र कुपोषित बालबालिकालाई  अण्डा र कुखुराको मासुमा पहुँच बढाउने , घरायसी खाद्य सुरक्षासुदृढ गर्न तथा महिलाहरूका लागि दिगो आयआर्जनलाई प्रवर्द्धन गर्न घरआँगनमा गरिने कुखुरापालन व्यवसायलाई सबल बनाउँदै, कुपोषण को जोखिममा रहेका बालबालिका र तिनका परिवारको पोषण स्थिति तथा आहार विविधतामा सुधार ल्याउने उदेश्यका साथ पोल्ट्री सामाग्रीहरु (Poultry Items) खरिद गर्नुपर्ने भएकोले टेण्डरको Standard Bidding form  मा उल्लेख गरिएको शर्तहरु र सामाग्रीको गुणस्तर (स्पेशिफिकेशन) बमोजिमको सामाग्रीहरु उपलब्ध गराउन ईच्छुक मूल्य अभिवृद्घि करमा दर्ता भएका सम्पूर्ण आपूर्तिकर्ता, फर्म वा कम्पनिबाट आजको मितीले १५ दिन भित्र (मिति २०८३ कार्तिक १३ गते सम्म तदानुसार ३० अक्टुम्बर २०२६) कार्यालय समय भित्र प्राप्त हुने गरि शिलबन्दि टेण्डर पेश गर्न हुन सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिन्छ । टेण्डरको Standard Bidding form संस्थाको Email Id: [email protected] मा ईमेल पठाएर पनि माग गर्न सकिने छ, वा संस्थाको केन्द्रिय कार्यालय धनगढी उ.न.पा ०१ शिवनगर कैलालीबाट भौतिक रुपमा उपस्थित भई माग गरि समेत प्राप्त गर्न सकिनेछ ।

शिलबन्दी टेण्डरका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु:

१) फर्म दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी ​​​​        – १ थान

२) फर्म नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपी ​​​       – १ थान

३) भ्याटमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी ​​​​– १ थान

४) आ.व २०८२।२०८३ को कर चुक्ताको प्रमाण पत्र को प्रतिलिपी​       – १ थान

५) फर्म सञ्चालकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ​     ​​– १ थान

६) फर्मको Letter Head मा दररेट पेश गरेको पत्र ​ ​​​– १ थान

पुनश्चः इमेलमार्फत टेण्डर पठाउँदा pdf file बनाएर PIN code Lock गरेर पठाउनु पर्नेछ र भौतिक रुपमा कोटेशन बुझाउँदा राम्रो संग शिलबन्दी गरेर पठाएको हुनु पर्ने छ । साथै सामाग्रीहरुको दररेट वजार दरभाउ अनुसार हुनुपर्ने छ र कार्यालयले माग गरि आएको समय भित्र बुझाई सक्नुपर्र्नेछ अन्यथा टेण्डर मान्य हुने छैन ।

(नोटः टेण्डर स्वीकार गर्ने वा रद्घ गर्ने सम्पुर्ण अधिकार संस्थामा निहीत रहनेछ साथै आंशिक वा पुर्ण रुपमा खरिद गर्ने अधिकार पनि संस्थामा रहने छ ।)

टेण्डर पेश गर्ने ठेगानाः

याक नेपाल संस्थाको कार्यालय, शिवनगर ०१ धनगढी कैलाली

सुदुरपश्चिम प्रदेश, नेपाल

फोन नं. ०९१–५२४०८७/९८४८४९००४५

देव बहादुर खाती

खरिद समिति संयोजक

https://www.jobsnepal.com/invitations-for-the-bid-144679

Other Jobs at Youth Acting for Change Nepal (YAC Nepal)

Loading...

Similar Jobs

Loading...
5 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal