Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-11-01
Job Description
मौरीपालन सामाग्री खरिदका लागि कोटेशन आह्वान (Call for quotations)
प्रकाशित मितिः २०८३/०७/०८ (२५ अक्टोबर २०२६)
BMZ र WHH को आर्थिक सहयोग तथा पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालले डिसेम्बर २०२४ देखि पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिलाको सहभागिता परियोजना (WE-CAN Project-NPL-1093) साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा कार्यान्वयन गर्दै आईरहेको अवगत नै छ । यो परियोजनाले जलवायु उत्थानशिल र पोषणमुखी कृषिलाई सुदृढ गरी समुदायको जीविकोपार्जन सुधार र पोषण सुरक्षामा सुधार गर्ने मुख्य उद्देश्य राखेको छ ।
पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालद्धारा संचालित WE-CAN Project परियोजनाका अन्तर्गत माहुरी पालन व्यवसाय प्रवर्धन मार्फत लक्षित घरपरिवारको आय आर्जन वुद्धि स्थानीय रोजगारी सिर्जना, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि र महिला तथा विपन्न परिवारको आर्थिक सशक्तीकरण गर्दै दिगो जिवोकोपार्जनमा सहयोग पुर्याउनलाई माहुरी पालनका सामाग्रीहरू आवश्यक भएकोले ईच्छुक तथा योग्य फर्म, कम्पनी वा आपुर्तिकर्ताहरूलाई यो सुचना प्रकाशित भएको मितिले ८ दिन (आठ) दिन भित्र पीसविन नेपालको केन्द्रिय कार्यालय, मार्तडी, बाजुरा अथवा पीसविन नेपालको कार्यक्रम सहयोग कार्यालय, साँफेबगर नगरपालिका, अछाममा गोप्य शिलबन्दी कोटेशन पेश गर्नको लागि आह्वान गरिन्छ ।
पेश भएका कोटेशन स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार पीसविन नेपालमा सुनिश्चित रहनेछ । कोटेशनमा उल्लेखित विवरणहरू तथा तिनमा उल्लेखित शर्तहरूलाई यसै सुचनाको अभिन्न अङग मानी अनिवार्य रूपमा पुरा गर्नुपर्नेछ कोटेशन र अन्य फारम तल उल्लेखित लिङकबाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ ।
ईच्छुक आवेदकहरूले यदि शिल कोटेशन पठाउन टाढा पर्ने भएकोले वा धेरै समय लाग्ने अवस्था भएमा, कृपय सबै आवश्यक कागजातहरू पासवर्ड सुरक्षित (Password Protected) गरी [email protected] ईमेलमा मिति २०८३।०७।१५ गते बेलुका ५:०० बजे भित्र दर्ता गराउनु र पठाई सक्नुपर्नेछ । तोकिएको समयसीमा पछि प्राप्त भएका कोटेशनहरू स्वीकार गरिनेछ छैन ।
पीसविन नेपाल न्युनतम मूल्य पेश गर्ने वा कुनै पनि कोटेशनहरूलाई करार प्रदान गर्न बाध्य हुने छैन । यस खरिद प्रक्रियामा कोटेशन पेश गर्ने कुनैपनि बिक्रेताको प्रत्यक्ष प्रदान गर्न बाध्य हुने छैन । यस खरिद प्रक्रियामा कोटेशन पेश गर्ने कुनैपनि बिक्रेताको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वार्थको द्धान्द्ध (Conflict of Interest) रहेको पाईएमा वा पछि पुष्टि भएमा त्यस्तो कोटेशन जुनसुकै चरणमा अस्विकार गरिनेछ । कोटेशनको तयारीसंग सम्बन्धित सम्पुर्ण खर्चहरू खरिद प्रक्रियाको परिणाम जे सुकै भएता पनि सम्बन्धित कम्पनीले आफै व्यहोर्नपर्नेछ । यदि कोटेशनहरू पेश गर्ने अन्तिम दिन विदा परेमा अर्को दिन पेश गर्न सकिने छ ।
पेश गर्नु पर्ने आवश्यक कागजातहरू: फर्म संस्था वा व्यक्तिगत रुपमा आवेदन दिन सकिनेछ ।
१. फर्म वा सप्लार्यसको दर्ता प्रमाणपत्रको प्रतिलिपि
२. आपूर्तिकर्ताको पान दर्ता/भ्याट दर्ता प्रतिलिपि
३. फर्म नविकरण र कर चुक्ता प्रमाण–पत्र प्रतिलिपि
४. संचालकको नागरिकताको प्रमाण–पत्र प्रतिलिपि
५. अध्यावधिक कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
६. अन्य सम्पुर्ण कागजातहरू (यदि छन भने)
नोटः आपुर्तिकर्ताले सामाग्रीहरू चौरपाटी गाउँपालिकाको वडा नं. ४,५,६ र ७ र साँफेबगर नगरपालिकाको वडा नं. २, ३, ९, १०, ११, १२ र १४ सम्म ढुवानी गर्नु पर्नेछ ।
थप जानकारीका लागि ०९७–५९०४८० वा ०९७–६२५०३२ [email protected] मा सम्पर्क गर्न सकिनेछ ।
https://www.jobsnepal.com/marapalna-samagara-kharathaka-lga-katashana-aahavana-call-for-quotations-144683
Other Jobs at PeaceWin Nepal
Similar Jobs
Scan to open on your phone · Download QR