Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-11-02
Job Description
प्रकाशित मितिः २०८३ कार्तिक ९ गते
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र-नेपाल (सी.एम.सी.-नेपाल) सन् २००३ मा स्थापना
भएको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यको क्षेत्रमा काम गर्ने राष्ट्रियस्तरको
गैरसरकारी संस्था हो। सी.एम.सी.-नेपाल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता
नं. ८३८-०५९/०६० मा दर्ता भई सामाजिक कल्याण परिषद्को सम्बन्धन (सम्बन्धन नं.
१४८२२) प्राप्त गरेको छ ।
यस संस्था अन्तर्गत संचालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम (KMHP) कर्णाली प्रदेशको जुम्ला, दैलेख र रुकुम पश्चिम जिल्लाहरुमा स्थानीय
तहहरूसंगको सहकार्य तथा CBM Global को प्राविधिक र आर्थिक सहयोगमा संचालन भईरहेको छ । यसको
मुख्य लक्ष्य मानसिक स्वास्थ्य समस्या तथा मनोसामाजिक अपाङ्गता भएका वा त्यसको
जोखिममा रहेका व्यक्तिहरूले स्वतन्त्र जीवनको आनन्द लिनसक्ने र समान आधारमा
समुदायमा समावेश हुनसक्ने समावेशी समुदाय निर्माण गर्न योगदान पुर्याउनु हो ।
यसै परियोजना अन्तर्गत दैलेख जिल्ला (नौमुले
गाउँपालिका र चामुण्डा बिन्द्रसैनी नगरपालिका ) र रुकुम पश्चिम जिल्ला (सानीभेरी गाउँपालिका
र बाँफिकोट
गाउँपालिका)मा सामाजिक परीक्षण गर्नका लागि स्वतन्त्र सहजकर्ता आवश्यक परेकाले
तपसिल बमोजिमका योग्यता पुगेका व्यक्तिले २०८३ कार्तिक १६ गते भित्र [email protected] मा निवेदन तथा व्यक्तिगत विवरण सहित दरखास्तका लागि आव्हान गरिएको छ ।
स्नाकोत्तर तह उतीर्ण गरी सामाजिक
क्षेत्रमा कार्य अनुभव भएको ।
· सामाजिक परीक्षणको तालिम लिई गैरसरकारी/सरकारी संघसंस्थाको कम्तीमा
५ वटा सामाजिक परीक्षण गरेको अनुभव भएको ।
· कर्णाली प्रदेशमा सामाजिक परीक्षण गरेका तथा स्थानीयलार्इ
विशेष प्राथमिकता दिइने छ ।
सी.एम.सी.-नेपाल
https://www.jobsnepal.com/samajaka-parakashhanae-lga-savatanatara-sahajakarata-aavashayakata-samabnathha-sacana-144696
Other Jobs at Centre for Mental Health & Counselling Nepal
Similar Jobs
Scan to open on your phone · Download QR