परियोजना प्रस्तावना आह्वान सम्बन्धी full-time
Kathmandu Posted Oct 28, 2026 Apply by Nov 13, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-11-13

Job Description

Financial Support to Third Party (FSTP)

परियोजना प्रस्तावना आह्वान सम्बन्धी

(प्रथम पटक प्रकाशित मितिः २०८३।०७।११)

नेपाल मतदाता अधिकार मञ्च (NVRF) ले युरोपियन यूनियनको मुख्य आर्थिक सहयोगमा नेपालमा सिमान्तकृत समुदायहरुमा पनि विशेषतः अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, राजनीतिक  सहभागिता र प्रतिनिधित्व बढाउन द क्लेम ('Promoting Dignity and Political Participation of Persons with Disabilities in Nepal- The CLAIM') परियोजना कार्यान्वयन गरिरहेको छ । द क्लेम परियोजना रौतहट जिल्लाको चन्द्रपुर न.पा. र गुजरा न.पा., काभ्रेपलञ्चोक जिल्लाको बनेपा न.पा. र पाँचखाल न.पा. तथा संघीय स्तर काठमाण्डौमा  कार्यान्वयन भइरहेकोछ । यस परियोजनामा मञ्चको संयोजनमा अन्य चारवटा संस्थाहरु पनि साझेदार संस्थाहरुको रुपमा रहेका छन ।

द क्लेम परियोजनाले स्थानीय स्तरमा सिमान्तकृत समुदाय र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार र सशक्तिकरणको  उद्धेश्यले कार्य गरिरहेका वा कार्य गर्न पहल गरिरहेका स्थानिय संस्थाहरुको क्षमता अभिवृद्धि गर्दै परियोजनाले लिएको उद्धेश्य पुरा गर्ने क्रियाकलापहरुको कार्यान्वयनमा परिचालन गरी उनिहरुलाई पनि परियोजनाले उठाएको सवालमा कर्ताको रुपमा विकास गर्न तेस्रो पक्ष वित्तीय सहयोग (Financial Support to Third Party, FSTP) को प्रवाधान राखिएको छ । यसले अपाङ्गता भएका व्यक्तिहरू तथा अन्य सीमान्तकृत समूहहरूको राजनीतिक सहभागिता र प्रतिनिधित्वसम्बन्धी विषयमा समावेशी सचेतना अभिवृद्धि तथा पैरवीका लागि अपाङ्गता भएका व्यक्तिहरूका संस्था र स्थानीय नागरिक समाजका संस्थाहरूको सहभागिता र संलग्नतालाई सुदृढ बनाउने उद्देश्य राखेको छ । सथै यसले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागिता र प्रतिनीधित्व बढाउन समेत योगदान पुराउने लक्ष्य रहेकोछ ।

यसै सन्दर्भमा तल उल्लेख भएका योग्यता, अनुभव र तोकिएका मापदण्ड पुरा गर्ने तथा अपाङ्गता भएका व्यक्तिहरु, महिला तथा सिमान्तकृत समुदायले नेतृत्व गरेका इच्छुक, प्रतिबद्ध र जवाफदेही स्थानीय संस्थाहरुबाट तेस्रो पक्ष वित्तीय सहयोगका लागि परियोजना प्रस्ताव आह्वान गरिन्छ ।

२. वित्तीय सहयोग प्राप्त गर्न योग्य गतिविधिहरुः

३. आवेदनका लागि संस्थाको योग्यताका मापदण्डहरूः

४. प्रस्ताव पेश गर्न आह्वान गरिएका नगरपालिकाहरुः

तोकिएका मापदण्ड पुरा गर्ने ईच्छुक संस्थाले द क्लेम परियोजना सञ्चालन हुने बनेपा न.पा., पाँचखाल न.पा., चन्द्रपुर न.पा. र गुजरा न.पा. मध्ये कुनै एकका लागि प्रस्तावना पेश गर्न सक्नेछन । एक भन्दा बढि नगरपालिकामा कार्यन्वयन हुने गरी प्रस्ताव पेश गर्न सकिनेछैन ।

५. प्रदान गर्न सकिने अधिकतम परियोजना संख्याः

यो प्रस्ताव आह्वान अन्तर्गगत एक नगरपालिकाका लागि एक परियोजना अर्थात जम्मा चार वटा उत्कृष्ट परियोजना प्रस्तावलाई छनौट गरी वित्तीय सहयोग प्रदान गरिनेछ । रौतहट जिल्लाका चन्द्रपुर न.पा. र गुजरा न.पा. मध्ये कम्तिमा एक र काभ्रेपलाञ्चोक जिल्लाका बनेपा न.पा. र पाँचखाल न.पा. मध्ये कम्तिमा एक गरी कम्तिमा २ वटा परियोजनाहरु अपाङ्गता भएका व्यक्तिहरुको संस्था(हरु)बाट प्राप्त प्रस्तावहरु मध्येबाट छनौट गरिने छ ।

६. प्रदान गर्न सकिने अधिकतम रकम र परियोजना अवधिः

FSTP अन्तर्गत एक वर्ष (१२ महिना) अवधिका लागि प्रति परियोजना अधिक्तम् नेपाली रुपैयाँ १५,००,००० (पन्ध्र लाख) सम्म प्रदान गर्न सकिनेछ । प्रस्तावित लागतको विस्तृत विवरण, औचित्य तथा पुष्ट्याइँका आधारमा प्रदान गरिने रकम निर्धारण गरिनेछ । परियोजना बजेट एक वर्ष (१२ महिना) अवधिका लागि तयार गर्नुपर्नेछ ।

७. संस्थाहरुको समुह (कन्सोर्टिअम) मा परियोजना पेश गर्न सकिनेः

तोकिएका मापदण्ड पुरा गर्ने इच्छुक संस्थाले सम्बन्धित नगरपालिकामा दर्ता भएका तर स्वतन्त्र रुपमा परियोजना सञ्चालन गर्न अनुभव नपुगेका वा अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्वमा गठन र सञ्चालित भएका कुनै एक समुदायमा आधारित संस्था वा सञ्जाललाई समेटेर परियोजना पेश गर्न सक्नेछन । यसरी परियोजना संयुक्त रुपमा पेश गरेपनि आवेदन पेश गर्ने मुख्य संस्था नै परियोजनाका लागि पूर्ण जिम्मेवार र जवाफदेही हुनेछ । यसरी कन्सोर्टिअम समावेश संस्थाको परियोजना प्रस्तावमा परिचालन र समन्वयको बारेमा परियोजना प्रस्तावमा स्पष्ट उल्लेख गर्नुपर्नेछ ।

८. पेश गर्नुपर्ने दस्तावेजहरूः

९. प्रश्ताव पेश गर्नुपर्ने ढाँचाः

प्रश्ताव पेश गर्दा तोकिएको ढाँचालाई प्रयोग गर्नु पर्नेछ। ढाँचाहरु तलको लिङ्कबाट डाउनलोड गर्न सकिनेछ ।

Annex-3.I FSTP Grant Proposal Form-2026 (Click > EN or NP)

Annex-3.III Organizational Profile of FSTP applicants (Click > EN or NP)

१०. आवेदन पेश गर्न सकिने भाषाः

परियोजना प्रस्ताव अंग्रेजी वा नेपाली कुनै एक भाषामा पेश गर्न सकिने छ । परियोजना प्रस्ताव अंग्रेजी भाषामा पेश गर्न प्रोत्साहित गरिन्छ तर नेपाली र अंग्रेजी भाषाका आधारमा मुल्याङ्कनको अंकमा फरक पर्नेछैन । परियोजना बजेट अंग्रेजी भाषामा तयार गर्नु पर्नेछ ।

११. समय सीमा (आवेदन गर्नुपर्ने अन्तिम मिति:

आवेदन तोकिएको ढाँचामा मिति २०८३/०७/२७ गते (13 November, 2026) अपरान्ह ५:०० बजे (नेपाली समय) भित्र ई—मेल मार्फत पेश गर्न सकिनेछ । ई—मेलको सब्जेक्ट लाइनमा "The CLAIM/FSTP-I/2026/NVRF-Proposal" अनिवार्य उल्लेख गर्नुपर्नेछ।

प्रस्ताव पेश गर्ने ई—मेलः [email protected]

१२. थप जानकारीः

परियोजना प्रस्ताव पेश गर्ने बारे थप जानकारी FSTP सम्बन्धी निर्देशिका डाउनलोड गरी हेर्न सकिनेछ । निर्देशिका र परियोजना पेश गर्ने ढाँचाहरू डाउनलोड नभएमा ई—मेल [email protected] मार्फत रिक्वेस्ट पठाउनु पर्नेछ ।

द्रष्टव्यः टेलिफोन र कुनै पनि माध्यमबाट निश्पक्ष मुल्याङ्कनलाई प्रभाव पार्ने कार्य परियोजना प्रस्ताव अस्वीकृत हुने आधार बन्न सक्नेछ ।

https://www.jobsnepal.com/parayajana-parasatavana-aahavana-samabnathha-144731

Other Jobs at Nepal Voters Rights Forum

Loading...

Similar Jobs

Loading...
9 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal