वरिष्ठ अधिकृत (सूचना प्रविधि), वरिष्ठ सहायक (शाखा प्रमुख), सहायक र सहायक द्वितीय।
You'll finish your application on Merojob. We don't collect your personal details.
At a glance
- Deadline
- Nov 27, 2026
- Job type
- Full time
- Category
- Others
- Salary
- Not stated
Experience Required
More than 2 years
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड
सूचना प्रकाशित मिति
२०८३/०७/१३
नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त गरी राष्ट्रियस्तरको कार्यक्षेत्रसहित हाल १६० वटा शाखा कार्यालयहरूमार्फत देशका विभिन्न स्थानमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका लागि आ.व. २०८३/०८४ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीअन्तर्गत रिक्त रहेका पदहरूमा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले देहायबमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।
आवश्यक पद तथा न्यूनतम योग्यता र अनुभव
१. विज्ञापन नं. २/०८३/०८४
पद
वरिष्ठ अधिकृत (सूचना प्रविधि)
श्रेणी
अधिकृत
पद संख्या
१ (एक)
आवश्यक न्यूनतम योग्यता तथा अनुभव: मान्यता प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा न्यूनतम २ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ।
२. विज्ञापन नं. ३/०८३/०८४
पद
वरिष्ठ सहायक (शाखा प्रमुख)
श्रेणी
सहायक
पद संख्या
केही
आवश्यक न्यूनतम योग्यता तथा अनुभव: मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा १ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ। वा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा २ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ।
३. विज्ञापन नं. ४/०८३/०८४
पद
सहायक
श्रेणी
सहायक
पद संख्या
केही
आवश्यक न्यूनतम योग्यता तथा अनुभव: मान्यता प्राप्त विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा १ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ। वा एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ।
४. विज्ञापन नं. ५/०८३/०८४
पद
सहायक द्वितीय
श्रेणी
सहायक
पद संख्या
केही
आवश्यक न्यूनतम योग्यता तथा अनुभव: मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण भएको हुनुपर्नेछ। एस.ई.ई. उत्तीर्णको हकमा उक्त परीक्षामा न्यूनतम GPA १.६ (ग्रेड 'D') हासिल गरेको हुनुपर्नेछ।
आवश्यक योग्यता तथा अनुभवसम्बन्धी थप विवरण
सम्बन्धित पद वा सोभन्दा तल्लो पदमा कार्यअनुभव भएको हुनुपर्नेछ।
लघुवित्त क्षेत्रमा कम्तीमा १ वर्ष कार्यअनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
शाखा प्रमुख पदका लागि शाखा प्रमुख भई कार्य गरेको अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
मोटरसाइकल वा स्कुटरको सवारी चालक अनुमतिपत्र भएको हुनुपर्नेछ।
सहायक तहका पदका लागि १२ कक्षा उत्तीर्ण गरेको, आधारभूत कम्प्युटर तालिम लिएको तथा लघुवित्त क्षेत्रमा सहायक स्तरमा कार्यअनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
उमेरसम्बन्धी व्यवस्था: आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ।
दरखास्त दिने अन्तिम मिति: दरखास्त दिने अन्तिम मिति २०८३ साल मंसिर ११ गतेसम्म हुनेछ। आवेदन दिने अन्तिम दिन कार्यालय बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ।
दरखास्त बुझाउने तरिका तथा ठेगाना: इच्छुक उम्मेदवारहरूले संस्थाको वेबसाइटमा उपलब्ध आवेदन फाराम अनिवार्य रूपमा भरी आवश्यक कागजातसहित इमेलमार्फत पठाउनुपर्नेछ।
आवेदन दस्तुर
अधिकृत श्रेणी
रु. ८०० (आठ सय रुपैयाँ)
सहायक श्रेणी
रु. ५०० (पाँच सय रुपैयाँ)
आवेदन दस्तुर यस वित्तीय संस्थाको नाममा गरिमा विकास बैंक, स्याङ्जामा रहेको खाता नं. ००१००१०००५५५६१०००००२ मा जम्मा गरी सोको भौचर दरखास्त फारामसँगै संलग्न गरी पेस गर्नुपर्नेछ। परीक्षामा सहभागी हुन आउँदा दस्तुर बुझाएको भौचर अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
परीक्षाको किसिम
अन्तर्वार्ता।
अन्य सर्त तथा जानकारीहरू
छोटो सूची (Short List) मा परेका उम्मेदवारहरूलाई मात्र छनोट प्रक्रियाका लागि सम्पर्क गरिनेछ।
छोटो सूचीमा समावेश भएका उम्मेदवारहरूको परीक्षा सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइटको Careers अन्तर्गत Short List मा प्रकाशित गरिनेछ।
रीत नपुगी प्राप्त भएका आवेदनउपर कुनै कारबाही गरिने छैन।
पारिश्रमिक तथा अन्य सुविधाहरू संस्थाको नियमानुसार हुनेछ।
कर्मचारी आवश्यकतासम्बन्धी विज्ञापन आंशिक वा पूर्ण रूपमा रद्द गर्ने तथा उम्मेदवारहरूलाई Short List गर्ने अधिकार यस वित्तीय संस्थाको पदपूर्ति समितिमा निहित रहनेछ।
विदेशी शिक्षण संस्थामा अध्ययन गरेका उम्मेदवारहरूले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको शैक्षिक योग्यताको समकक्षता निर्धारण गराएको हुनुपर्नेछ।
Interested in this role?
Apply by Nov 27, 2026 on Merojob.