सूची दर्ता गर्ने सम्बन्धी सूचना

Nationwide Posted Nov 3, 2026 10 views Apply by Nov 23, 2026
Apply on JobsNepal

You'll finish your application on JobsNepal. We don't collect your personal details.

At a glance

Deadline
Nov 23, 2026
Job type
Full time
Category
Others
Salary
Not stated

सूची दर्ता गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०७/१७

कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल बि.स २०५६ साल असार ७ गते (दर्ता नं. ०७–०५५/०५६) जिल्ला प्रशशसन कार्यालय जुम्लामा दर्ता भई वि.सं. २०५८ साउन २५ गते समाज कल्याण परिषदमा आबद्धता भएको राष्ट्रिय स्तरको गैर सरकारी संस्था हो । यस संस्थाले कर्णाली प्रदेश लगायत देशका विभिन्न जिल्लामा मानव अधिकार, जिविकोपार्जन, शिक्षा, स्वास्थ्य, खानेपानी, दैवि–प्रकोप नियन्त्रण, महिला बालबालिका तथा विपन्न समुदायको आर्थिक विकास तथा सामाजिक रूपान्तरणको क्षेत्रमा नेपाल सरकार र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ संस्था सँगको साझेदारीमा काम गर्दै आई रहेको छ ।

चालु आर्थिक वर्ष २०८३/०८४ को लागि यस संस्थालाई आवश्यक पर्ने तपसिल बमोजिमका सामाग्री तथा सेवाहरूको सरल र सहज ढंगले आपुर्ति गर्नुपर्ने भएकोले इच्छुक ईजाजत प्राप्त फर्म/कम्पनी/संस्थाहरू/व्यक्ति (सेवा प्रदायक) को सूचीकरणको लागि यो सुचना प्रकाशित भएको मितिले २१ दिन अर्थात मिति २०८३ मंसिर ७ गते (२३ नोबेम्बर २०२६), समय वेलुका ५ वजेभित्र तोकीएको ढाँचाको फारमसहित तपसिलमा उल्लेखित आवश्यक कागजात पेशगरि सु्चीकृत गराउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक सामाग्री तथा सेवाहरूको विवरण

दरखास्त फारम साथ पेश गर्नुपर्ने कागजातहरू

१. किर्डाक नेपाल द्धारा प्रदान गरिएको (तोकिएको ढाँचा अनुसारको दर्ता फारम, Suppliers code of conduct, Child & Adult safe guarding policy, Behavior protocol, कुनैपनी निकायमा कालो सुचिमा नरहेको स्व घोषणा पत्र)

२. फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी (नविकरणसहित)

३. स्थायी लेखा नम्बर/मूल्य अभिबृद्धि करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी

४. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी

५. प्रोप्राईटर/कम्पनी प्रमुखको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी

६. बैक खाताको विवरण

आवश्यक विवरण प्राप्त गर्ने तथा दर्ता गर्ने प्रक्रियाः यो सुचना प्रकाशित भएको मितिले २१ दिन अर्थात २०८३ मंसिर ०७ (२३ नोबेम्बर २०२६), गते वेलुका ५ वजे भित्र माथि उल्लेखित कागजातहरूको शिल/खाम बन्दीगरि निम्न उल्लेखित कार्यालयमा वा इमेलमा सम्पूर्ण आवश्यक कागजात स्कान गरि पेश गर्न सकिने छ । उत्त दिन कुनै सार्ववानिक विदा परेमा भोलिपल्टको कार्यालय समयभित्र पेश गर्नुपर्ने

थप जानकारी र तोकीएको फारम तथा अन्य विवरण प्राप्त गर्नको लागि [email protected] ईमेलमा अनुरोधगरि अथवा निम्न ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध छ ।

कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल

जिल्ला कार्यालय, जुम्ला

फोन नं. ०८७ –५२०२०१

मो नं. ९८६४७३४०४९

प्रदेश कार्यालय विरेन्द्रनगर न.पा, सुर्खेत

फोन नं. ०८३–५२५६६४

समन्वय कार्यालय, सानेपा ललितपुर

फोन नं. ०१–५५४९०९३

KIRDARC-Self Declaration Latter_Sample Format

Child and Adult SafeguardingPolicy_Nepali

Supplier Registration Form-Consultant

Supplier Code of Conduct in Nepali

COI + Child Safe Guarding + Code of Conduct for suppliers

https://www.jobsnepal.com/saca-tharata-garana-samabnathha-sacana-144829

Interested in this role?

Apply by Nov 23, 2026 on JobsNepal.

Apply on JobsNepal
Listed on JobsNepal Job ID KNP67736 Report a problem

Similar jobs

Apply on JobsNepal