This job has expired and is no longer accepting applications — see similar active jobs below.

प्राविधिक सेवा खरिद सम्वन्धि सूचना !!

Nationwide Posted Nov 4, 2026 73 views Apply by Nov 8, 2026
Browse similar jobs

At a glance

Deadline
Nov 8, 2026
Job type
Full time
Category
Others
Salary
Not stated

प्राविधिक सेवा खरिद सम्वन्धि सूचना !!

प्रथम पटक प्रकाशित सुचना मिति २०८३ साल कार्तिक महिनाको १५ गते

सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका नागरिकको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । यस संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले लक्षित समुदायका लागी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । क) असमानता विरुद्ध वकालत (सामाजिक न्याय), ख) उत्थानशिल जिबिकोपार्जन, ग) सुरक्षा र जिबन रक्षा, घ) स्वच्छता स्वास्थ्य तथा पोषण, ङ) जिवन उपयोगि तथा समावेशी शिक्षा र च) बाल समृद्धि । सोसेक नेपाल महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीति अबलम्बन गर्दै आइरहेको छ ।

सोसेक नेपाल र AWO International को शाझेदारिमा संचालित MILES परियोजना अन्तर्गत सिप मुलक आयआर्जन क्रियाकलाप माध्यमबाट प्रशिक्षक तथा अनुसन्धानकर्ता आवश्यक भएकाले तपशिल बमोजिमका शिर्षकहरुमा ईच्छुक सप्लायर्स तथा ब्यक्तिहरुले सूचना प्रकाशन भएको (मिति २०८३ कार्तिक १५ देखी कार्तिक २२ गते ) ७ दिन भित्र संस्थामा आवश्यक कागजात र दरभाउ सहित संस्थाबाट उपलब्ध फारम भरि पेश गर्नका लागी यो सुचना प्रशारण गरिएको छ ।

आवश्यक विषयहरू

१. Digital Migration Data Management Software

दरभाउ पेश गर्दा आवश्यक कागजातहरू

१. फर्म दार्ता नविकरणको प्रतिलिपी

२. स्थायी लेखा नम्बरको प्रतिलिपी

३. करचुत्ता प्रमाण पत्रको प्रतिलिपी आ.ब. २०८१/२०८२

४. सुरक्षा नितिमा हस्ताक्षर गरि हस्ताक्षर भएको प्रति पर्नेछ l

५ . ब्यक्तिगत विवरण अनुभवपत्रहरु प्यान तथा शैक्षिक योग्यताको कागजपत्रहरु

दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरू:

१. संस्थाको इमेल [email protected] मा password ले प्रोटेक्ट गरि इमेल मार्फत वा खाममा शिलबन्दी गरि पेश गर्नु पर्ने छ ।

२. तोकिएको समयमा उपलब्ध गराउन सक्ने सप्लायर्सलाई प्राथमिकता दिईने छ ।

दरभाउ पत्र खोल्ने समयमा सप्लायर्स आफै अथवा प्रतिनिधि उपस्थीत हुनु पर्नेछ । यदि उपस्थीत नभएमा पनि दरभाउ खोल्न वाधा हुने छैन ।

३. आवश्यक पर्ने कागजात नभएमा त्यसको कुनै पनि मूल्याकन गरिने छैन ।

४. केरमेट भएको, दरभाउको मुल्याकन गरिने छैन ।

५. अन्य यस संस्थाको खरिद नियमावलीनुसार हुने छ ।

६. दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगानाः दरभाउ संस्थाको परियोजना कार्यालय नारायण नगरपालीका ०१, दैलेख

७.दरभाउ पत्र पठाउनु पर्ने अन्तिम मिति र समयः २०८३ कार्तिक २२ गते ५ बजे सम्म पेश गरि सक्नु पर्नेछ दरभाउपत्र मिति २०८३ कार्तिक २८ गते विहान ११:०० बजे खोलिने छ ।

८.दरभाउ पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थामा निहित रहनेछ ।

शिलबन्दी दरभाउ पत्रको कागजात (Bid Documents), सोसेक नेपालको बालसंरक्षण नीति तथा सुरक्षा नीतिको कागजात तल उल्लेखित लिंक बाट डाउनलोड गर्न सकिनेछ ।

सोसेक, नेपाल

https://www.jobsnepal.com/paravathhaka-sava-kharatha-samavanathha-sacana-144850

This job has closed

It is no longer accepting applications. Similar jobs are below.

Listed on JobsNepal Job ID KNP68003 Report a problem

Similar jobs

This job has closed