जीविकोपार्जन, बिपत व्यवस्थापन तथा स्वास्थ्य सामाग्री खरिद सम्बन्धी सूचना !!
You'll finish your application on JobsNepal. We don't collect your personal details.
At a glance
- Deadline
- Nov 9, 2026
- Job type
- Full time
- Category
- Others
- Salary
- Not stated
जीविकोपार्जन, बिपत व्यवस्थापन तथा स्वास्थ्य सामाग्री खरिद सम्बन्धी सूचना !!
प्रथम पटक प्रकाशित सुचना मिति २०८३ साल कार्तिक महिनाको १८ गते
सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका नागरिकको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । यस संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले लक्षित समुदायका लागी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । क) असमानता विरुद्ध वकालत (सामाजिक न्याय), ख) उत्थानशिल जिबिकोपार्जन, ग) सुरक्षा र जिबन रक्षा, घ) स्वच्छता स्वास्थ्य तथा पोषण, ङ) जिवन उपयोगि तथा समावेशी शिक्षा र च) बाल समृद्धि । सोसेक नेपाल महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीति अबलम्बन गर्दै आइरहेको छ ।
सोसेक नेपालको खरिद समितिको मिति २०८३ साल कार्तिक ११ गतेको निर्णयानुसार यस संस्थाको SRHR तथा HSRP परियोजना अन्तर्गत तल उल्लेखित सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले इच्छुक सप्लायर्सहरुले यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र (२०८३ साल कार्तिक २३ गते सोमवार अपरान्ह ५ बजे सम्म) आवश्यक कागजात र दरभाउ सहित शिलबन्दी दरभाउपत्र आह्वान सूचनामा उपलब्ध लिंक वा सोझै संस्थाबाट उपलब्ध गराइएको फाराम भरी पेश गर्नका लागि यो सूचना प्रकाशन तथा प्रशारण गरिएको छ ।
आवश्यक सामाग्रीहरु
सामाग्रीको विस्तृत स्पेसिफिकेसन तथा परिमाण शिलबन्दी दरभाउपत्र कागजात (Bid Documents) मा उल्लेख गरिएको छ ।
दरभाउपत्र साथ पेश गर्नुपर्ने कागजातहरुः
१. फर्म, संस्था वा कम्पनी दर्ता (नवीकरण) को प्रतिलिपि
२. मूल्य अभिवृद्धि कर (भ्याट तथा प्यान) दर्ता प्रमाणपत्रको प्रतिलिपि
३. करचुक्ता प्रमाणपत्रको प्रतिलिपि – आ.ब. २०८१/२०८२ र आ.ब. २०८२/२०८३ को (वा म्याद थपको प्रतिलिपि)
४. बालसंरक्षण नीति २०७० तथा सुरक्षा नीति (Safeguarding Policy) २०२३ मा हस्ताक्षर गरी हस्ताक्षर भएको प्रति
५. माग गरिए अनुसारको मूल्य सूचीको तालिका (शिलबन्दी दरभाउपत्र आव्हान फाराम) भरी आधिकारिक व्यक्तिको हस्ताक्षर र छाप सहित
६. सामाग्रीको ब्रान्ड, कम्पनीको नाम र स्पेसिफिकेसन तथा सामाग्री उपलब्ध गराउन सक्ने अवधि (दिन/हप्ता/महिना) दरभाउपत्रमा खुलाउनु पर्नेछ ।
दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरुः
१. दरभाउपत्र संस्थाको इमेल [email protected] मा password ले प्रोटेक्ट गरी इमेल मार्फत वा खाममा शिलबन्दी (लाहाछाप) गरी पेश गर्नु पर्नेछ । खामको बाहिर “सोसेक नेपालको नाम र ठेगाना” तथा दरभाउपत्र पेश गर्ने फर्म, संस्था वा कम्पनीको नाम र ठेगाना उल्लेख गर्नु पर्नेछ ।
२. खरिद आदेश प्राप्त भएको १० दिन भित्र तोकिएको स्थानमा सामाग्री उपलब्ध गराउन सक्ने सप्लायर्सलाई प्राथमिकता दिइनेछ ।
३. दरभाउपत्र खोल्ने समयमा सप्लायर्स आफै अथवा प्रतिनिधि उपस्थित हुनु पर्नेछ । यदि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा हुने छैन ।
४. आवश्यक कागजात नभएमा त्यसको कुनै पनि मूल्याङ्कन गरिने छैन । केरमेट भएको दरभाउपत्रको मूल्याङ्कन गरिने छैन । एक दरभाउपत्रदाताले एक प्याकेजका लागि एक मात्र दरभाउपत्र पेश गर्न सक्नेछ ।
५. मूल्याङ्कन मापदण्ड: मूल्य ८०% तथा स्पेसिफिकेसन, गुणस्तर र आपूर्ति अवधि (Lead Time) २०% ।
६. दर प्रस्ताव गर्दा तोकिएको स्थान सम्मको ढुवानी, लोडिङ, अनलोडिङ र बीमा सहित सम्पूर्ण लागत समावेश गरिएको हुनु पर्नेछ । नेपाल सरकारले लगाएको मूल्य अभिवृद्धि कर बाहेकका सबै कर, शुल्क तथा दस्तुरमा आपूर्तिकर्ता जिम्मेवार हुनेछ ।
७. सामाग्री तोकिएको स्थानमा ढुवानी भई सोसेक नेपालको प्राविधिक/कर्मचारीले चेकजाँच गरी प्राप्त गरेपछि मात्र भुक्तानी गरिनेछ (भुक्तानी अवधि: बाख्रा तथा स्वास्थ्य सामाग्रीको हकमा १५ दिन र बिपत व्यवस्थापन सामाग्रीको हकमा १० दिन भित्र) ।
८. दरभाउपत्रको मान्य अवधि पेश गर्ने अन्तिम मिति देखि १५० दिन रहनेछ र दरभाउपत्रमा उल्लेख गरिएको मूल्य परिवर्तन हुने छैन । छनौट भएको दरभाउपत्रदातालाई कम्तिमा २ दिन भित्र खरिद सम्झौताका लागि सूचना दिइनेछ ।
९. दरभाउपत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थामा निहित रहनेछ । अन्य कुराहरु यस संस्थाको खरिद नियमावली अनुसार हुनेछ ।
१०. दरभाउपत्र पठाउने ठेगाना: सोसेक नेपाल, केन्द्रीय कार्यालय, नारायण नगरपालिका-०१, दैलेख ।
११. दरभाउपत्र पेश गर्ने अन्तिम मिति र समयः २०८३ साल कार्तिक २३ गते सोमवार अपरान्ह ५ बजे सम्म पेश गरि सक्नु पर्नेछ । दरभाउपत्र मिति २०८३ साल कार्तिक २९ गते विहान ११:०० बजे खोलिनेछ ।
शिलबन्दी दरभाउ पत्रको कागजात (Bid Documents), सोसेक नेपालको बालसंरक्षण नीति तथा सुरक्षा नीतिको कागजात तल उल्लेखित लिंक बाट डाउनलोड गर्न सकिनेछ ।
सोसेक, नेपाल
Bid Document Bipat Bebasthapan support Ipas
Bid Document of Goat Farming Ipas
Bid Document of Health support Ipas
https://www.jobsnepal.com/javakaparajana-bpata-vayavasathapana-tatha-savasathaya-samagara-kharatha-samabnathha-sacana-144848
Interested in this role?
Apply by Nov 9, 2026 on JobsNepal.