रोजगार संयोजक

Nationwide Posted Nov 5, 2026 47 views Apply by Nov 26, 2026
Apply on Merojob

You'll finish your application on Merojob. We don't collect your personal details.

At a glance

Deadline
Nov 26, 2026
Job type
Full time
Category
Others
Level
Mid Level
Industry
Government Organization
Education
Under Graduate (Bachelor)
Experience
Not Required
Vacancies
1
Salary
Not stated

More about this job

चम्पादेवी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
कालिका, ओखलढुंगा
कोशी प्रदेश, नेपाल

यस चम्पादेवी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, कालिका, ओखलढुंगाका लागि आवश्यक कर्मचारी करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले देहायबमोजिमको पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट कार्यालय समयमा रीतपूर्वक दरखास्त पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

१. पदसम्बन्धी विवरण

विज्ञापन नं: ०२/०८३/०८४
पद: रोजगार संयोजक
तह: छैटौँ
माग पद संख्या: १ (एक)
न्यूनतम शैक्षिक योग्यता तथा अन्य योग्यता:

  • नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
  • भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारबाही नभएको हुनुपर्नेछ।
  • नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको हुनुपर्नेछ।
२. दरखास्तसाथ पेस गर्नुपर्ने कागजातहरू
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि।
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
  • कार्य अनुभव भएमा अनुभव प्रमाणपत्रको प्रतिलिपि।
  • दुई प्रति पासपोर्ट साइजको फोटो।

नोट: पेस गरिएका सम्पूर्ण कागजातहरू आवेदक स्वयंले प्रमाणित गरेको हुनुपर्नेछ।

३. उमेर हद: दरखास्त दिने अन्तिम मितिसम्ममा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

४. दरखास्त दिने अन्तिम मिति: २०८३ साल मंसिर १० गते कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ।

५. दरखास्त दस्तुर: दरखास्त दस्तुर रु. १,०००/- (एक हजार रुपैयाँ) लाग्नेछ। उक्त रकम चम्पादेवी गाउँपालिकाको कृषि विकास बैंक लिमिटेडमा रहेको आन्तरिक राजस्व खाता नं. ११२५७०१७८२६१६०५२ मा जम्मा गरी सक्कल बैंक भौचर पेस गर्नुपर्नेछ। वैकल्पिक रूपमा गाउँपालिकाको राजस्व शाखामा आम्दानी रसिद काटी नगद जम्मा गरेर सक्कल रसिद पेस गर्न सकिनेछ।

Account Name: CHAMPADEVI GAUPALIKA ANTARIK RAJASHWO KHATA GA 1.1

६. छनोटको किसिम

उम्मेदवार छनोट प्रक्रिया देहायबमोजिम हुनेछ:

  • प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन।
  • लिखित परीक्षा।
  • अन्तर्वार्ता।

७. दरखास्त पेस गर्ने स्थान: चम्पादेवी गाउँपालिकाको कार्यालय, कालिका, ओखलढुंगा वा इमेलमार्फत पनि दरखास्त फाराम भरी पेस गर्न सकिनेछ।

८. सेवा सुविधा: रोजगार संयोजकको पदपूर्ति र सेवा सम्बन्धी मापदण्ड, २०७६ को परिच्छेद ६ बमोजिम हुनेछ।

९. कार्य विवरण: रोजगार संयोजकको पदपूर्ति र सेवा सम्बन्धी मापदण्ड, २०७६ को परिच्छेद ५, दफा १४ बमोजिम हुनेछ।

१०. कार्यक्षेत्र: चम्पादेवी गाउँपालिका क्षेत्रभित्र।

अन्य जानकारी

  • प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशनसँगै परीक्षाको मिति, समय र स्थानसमेत तोकी सूचना प्रकाशन गरिनेछ।
  • आवेदन फाराम चम्पादेवी गाउँपालिकाको आधिकारिक वेबसाइट www.champadevimun.gov.np मा उपलब्ध छ।

About the Company

-

Interested in this role?

Apply by Nov 26, 2026 on Merojob.

Apply on Merojob
Listed on Merojob Job ID KNP68069 Report a problem

Similar jobs

Apply on Merojob