प्राथमिक तह शिक्षक
You'll finish your application on Merojob. We don't collect your personal details.
At a glance
- Deadline
- Nov 25, 2026
- Job type
- Full time
- Category
- Others
- Level
- Entry Level
- Industry
- Education - School & Colleges
- Education
- Higher Secondary (+2/A Levels/IB)
- Experience
- Not Required
- Vacancies
- 1
- Salary
- Not stated
More about this job
शनिश्चरे माध्यमिक विद्यालय,
अर्जुनधारा-८, शनिश्चरे, झापा
प्रथम पटक प्रकाशित मिति: २०८३/०७/१८
यस शनिश्चरे माध्यमिक विद्यालयमा रिक्त रहेको प्राथमिक तहको स्वीकृत दरबन्दीमा शिक्षक पदपूर्ति गर्नका लागि मिति २०८३/०७/१४ को विद्यालय व्यवस्थापन समितिको निर्णय तथा शिक्षा विकास तथा समन्वय एकाइ, भद्रपुर (झापा) को मिति २०८३/०७/१७ च.नं. ६३२ को विज्ञापन अनुमति पत्र अनुसार शिक्षक पदपूर्तिका लागि तपसिलको योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ ।
१. विज्ञापन नं. ०१-०८३/०८४
तह / श्रेणी: प्राथमिक तृतीय (करार)
पद संख्या: १ (एक)
२. आवश्यक न्यूनतम् शैक्षिक योग्यता: कक्षा १२ वा सो सरह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिने तालिम लिएको ।
३. सेवा सुविधा: नेपाल सरकारले तोकेअनुसार
४. उमेर: दरखास्त दिने अन्तिम दिनसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
५. पेश गर्नुपर्ने कागजात :-
- शैक्षिक योग्यता प्रमाण्यापत्रको प्रतिलिपि
- स्थायी अध्यापन अनुमित पत्रको प्रतिलिपि
- नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
- तालिमको प्रमाण पत्रको प्रतिलिपि
- निरोगिताको प्रमाण पत्रको प्रतिलिपि
६. आवेदन दस्तुर: रु. १०००/-
७. आवेदन दिने अन्तिम मिति :-
- २०८३/०८/०२ अपरान्ह ४:०० बजेसम्म ( शिक्षक सेवा आयोगबाट प्रकाशित यस जिल्लाको करार सूचीमा उम्मेदवारहरुका लागि मात्र ।)
- २०८३ / ०८/०३ देखि २०८३ / ०८ / ०९ अपरान्ह ४:०० बजेसम्म (करार सूचीमा रहेका उम्मेदवारबाट आवेदन नपरेको खण्डमा अन्य खुला उम्मेदवारका लागि मात्र ।)
- करार सूचीको हकमा ज्येष्ठ योग्यताक्रमका आधारमा ।
- खुलाका लागि शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम अनुसार ।
९. सम्पर्क मिति : करार सूची तथा खुलाका लागि निवेदन दिने अन्तिम म्यादको भोलिपल्ट बिहान १०:०० बजे ।
१०. रीत नपुगेको निवेदन उपर कुनै कारवाही हुने छैन ।
Interested in this role?
Apply by Nov 25, 2026 on Merojob.