प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना
You'll finish your application on JobsNepal. We don't collect your personal details.
At a glance
- Deadline
- Nov 23, 2026
- Job type
- Full time
- Category
- Others
- Salary
- Not stated
प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना
(REF.
EFO-RRPK-RFP-F026/27-01)
प्रथम पटक प्रकाशित मिति: २०८३/०७/२० गते
वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK) सर्लाहीको आयोजनामा सञ्चालित सिकाई+ परियोजना अन्तर्गत सर्लाही र रौतहट जिल्लाको बिभिन्न नगर पालिका तथा गाउपालिका अन्तर्गत १८ देखि ४० वर्ष उमेर समूहका लक्षित बर्गहरुलाई रोजगार वा शिपमुलक तालिमहरू (CTEVT) बाट मान्यता प्राप्त ३९० घण्टाको तालिम प्रदान गर्नका निम्ति संस्थाहरूलाई तल उल्लेखित तालिमहरू आवश्यकता अनुसार एकै पटक वा पटक पटक गरी संचालन गर्नु पर्ने भएकोले योग्य सम्भावित सेवा प्रदायकको आवश्यकता भएकोले सम्बन्धित योग्य इच्छुक सम्भावित इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी एवं संस्थाहरूबाट यस कार्यालयमा आवेदन तथा कागजात सहित प्रथम पटक प्रकाशित भएको मिति देखि १७ दिन भित्र वा २०८३ मसिर ०७ गते (२३ नोभेम्बर २०२६) कार्यालय समय भित्रमा पेश गर्न आह्वान गर्दछौँ ।
सञ्चालन गर्नुपर्ने शिपमुलक तालिमहरूको विवरण
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू साथै आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी
२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको)
३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
४. आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. कम्पनी तथा फर्मको प्रोफाइल (Updated)
६. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) को आवद्घता प्रमाण पत्रको प्रतिलिपि (नविकरण भएको)
७. सम्बन्धित क्षेत्रमा कारोवार गरेको प्रमाणित गर्ने कागजातहरू ।
८. सम्बन्धित क्षेत्रमा CTEVT बाट मान्याता प्राप्त प्रशिक्षकहरूको बायोडाटा पेश गनु पर्ने छ ।
९. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र
१०. यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
११. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी लाहाछाप शिलबन्दी गरी उल्लेख गरिएको संस्थाहरूको सम्पर्क कार्यालयमा मिति २०८३ मसिर ०७ गते (२३ नोभेम्बर २०२६) गते कार्यालय समय भित्र बुझाउनु पर्नेछ ।
१२. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाहरूको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।
१३. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
१४. पस्तावना पेश गर्दा प्राविधिक तथा आर्थिक प्रस्तावना छुट्टा छुटै खाम बन्दि गरि पेश गनुपर्ने छ साथै खामको माथि पाउने तथा पठाउने र्फमको बिवरण तथा प्राबिधिक तथा आथिक विवरण उल्लेख भएको हुनुपर्ने छ ।
१५. कोटेशन सम्बन्धि फारम र कागजात तल उल्लेखित संस्थाहरूको सम्पर्क कार्यालयको ठेगानाबाट प्राप्त गर्न सकिनेछ वा तल दिइएको लिक बाट पनि प्राप्त गर्न सकिन्छ ।
१६. प्रस्तावना स्वीकृत भएको Consultancy फर्मले सम्झौता गर्ने बेलामा सम्झौता गरिएको रकमको ५ प्रतिशत Performance Security Bank guarantee प्रस्तावना स्वीकृत भएको Consultancy फर्मले राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK) रौतहट शाखामा बुझाउनुपर्ने छ ।
१७. प्रस्तावना पेश गर्दा शिल गरिएको साथै प्रस्तावा Hard Copy बुझाउनु पर्ने वा तथा ईमेलमा आएको प्रस्तावना LOCK गरेको हुनुपर्दछ ।
नोट: सम्बन्धित कागजात तथा ToR तलको लिंकबाट प्राप्त गर्न सकिनेछ ।
सूचना सम्बन्धी केहि जानकारी पाउन वा कागजात बुझाउने ठेगाना:
राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK)
ठेगाना
चंद्रपुर - ५,रौतहट
फोन नं.
०५५-५९०४४०,९८०२८८६४४०
इमेल
https://www.jobsnepal.com/parasatavana-pasha-garana-samabnathha-sacana-144900
Interested in this role?
Apply by Nov 23, 2026 on JobsNepal.