मनोसामाजिक परामर्श अधिकृत
You'll finish your application on Merojob. We don't collect your personal details.
At a glance
- Deadline
- Dec 2, 2026
- Job type
- Full time
- Category
- Others
- Level
- Mid Level
- Industry
- Hospital / Clinic / Diagnostic Centre
- Education
- Under Graduate (Bachelor)
- Experience
- Not Required
- Vacancies
- 1
- Salary
- Not stated
More about this job
गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक जनस्वास्थ्य केन्द्र
गण्डकी प्रदेश, पोखरा
प्रथम पटक प्रकाशित मिति: २०८३/०८/०२ गते
वैदेशिक रोजगारको कार्यलाई सुरक्षित, मर्यादित, व्यवस्थित तथा भरपर्दो बनाउने उद्देश्यले गण्डकी प्रदेशमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत प्रदेशभित्रका स्थानीय तहमा कार्यरत मनोसामाजिक परामर्शकर्ताहरूको क्षमता विकास, अनुगमन तथा अन्य प्राविधिक सहयोगका लागि देहायबमोजिमको जनशक्ति सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट २१ दिनभित्र आवश्यक कागजातसहित यस केन्द्रको प्रशासन शाखामा दरखास्त पेस गर्न आह्वान गरिन्छ।
क. पदको विवरण
- विज्ञापन नं: ०३/२०८३/८४
- पद: मनोसामाजिक परामर्श अधिकृत
- तह: सातौँ
- पदपूर्ति संख्या: १ (एक)
- सेवाको प्रकृति: करार
- मान्यता प्राप्त शिक्षण संस्था (विश्वविद्यालय) बाट देहायमध्ये कुनै एक योग्यता हासिल गरेको हुनुपर्नेछ:परामर्श मनोविज्ञान (साइकोलोजी, क्लिनिकल साइकोलोजी वा काउन्सेलिङ साइकोलोजी) विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको।
- पोस्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिङ उत्तीर्ण गरेको।
- स्वास्थ्य विज्ञानमा स्नातक तह उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट ६ महिनाको मनोसामाजिक परामर्श तालिम प्राप्त गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव भएको।
- विदेशी शैक्षिक संस्थामा अध्ययन गरेको भए सम्बन्धित निकायबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र पेस गर्नुपर्नेछ।
- साथै, कम्प्युटरसम्बन्धी ज्ञान हुनुका साथै MS Office (Word, Excel, PowerPoint, Outlook, Email, Internet तथा KOBO Tool) सहज रूपमा सञ्चालन गर्न सक्ने र नेपाली तथा अंग्रेजी दुवै भाषामा टाइप गर्न सक्ने हुनुपर्नेछ।
ग. आवश्यक कागजातहरू
दरखास्त फाराम पेस गर्दा देहायबमोजिमका कागजातहरू संलग्न गर्नुपर्नेछ:
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
- राष्ट्रिय परिचयपत्रको प्रतिलिपि।
- शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र तथा लब्धाङ्कपत्रका प्रतिलिपिहरू (एस.एल.सी./एस.ई.ई. र सोभन्दा माथिल्लो आवश्यक न्यूनतम शैक्षिक योग्यताका सबै प्रमाणपत्रहरू)।
- समकक्षता आवश्यक पर्ने अवस्थामा सोको प्रमाणपत्रको प्रतिलिपि।
- तालिमका प्रमाणपत्रहरूको प्रतिलिपि।
- दरखास्त दस्तुर बुझाएको सक्कल रसिद।
उमेर हद : दरखास्त आह्वान भएको अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
दरखास्त दस्तुर: दरखास्त दस्तुर रु. १,२००/- (अक्षरेपी एक हजार दुई सय रुपैयाँ) लाग्नेछ।
- बैंकको नाम: राष्ट्रिय वाणिज्य बैंक, पोखरा
- खाता नम्बर: ३७००१३९०५४
- राजस्व शीर्षक नं: १४२२९
परीक्षा तथा छनोट विधि: अन्तर्वार्तामार्फत छनोट गरिनेछ।
तलब तथा अन्य सुविधा: प्रदेश निजामती सेवाको सम्बन्धित तहको सुरु तलबमान वा सो सरह हुनेछ।
कार्यस्थल: प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश, पोखरामा रही सुरक्षित आप्रवासन (सामी) कार्यक्रम लागू भएका स्थानीय तहहरूमा कार्य गर्नुपर्नेछ।
सेवा करार अवधि: २०८४ साल असार मसान्तसम्म।
दरखास्त दिने अन्तिम मिति: २०८३ साल मंसिर १६ गते कार्यालय समयभित्र दरखास्त बुझाउनुपर्नेछ। अन्तिम मितिमा सार्वजनिक बिदा पर्न गएमा त्यसको लगत्तै कार्यालय खुल्ने दिनको कार्यालय समयभित्र दरखास्त बुझाउन सकिनेछ।
सम्पर्क मिति: दरखास्त बुझाउने अन्तिम मितिको भोलिपल्ट कार्यालय समयभित्र सम्पर्क गर्नुपर्नेछ।
Interested in this role?
Apply by Dec 2, 2026 on Merojob.