मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना
You'll finish your application on JobsNepal. We don't collect your personal details.
At a glance
- Deadline
- Nov 24, 2026
- Job type
- Full time
- Category
- Others
- Salary
- Not stated
विकासका लागि युवा ऐक्यबद्धता (Youth Alliance for Development(YARD))
मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना
प्रकाशित मिति
२०८३/०८/०१
बिकासका लागि युवा ऐक्यवद्धता (Youth Alliance for Development-YARD) नेपालमा सामाजिक विकास, मानव अधिकार, बाल अधिकार, युवा सशक्तीकरण, शिक्षा, जीविकोपार्जन तथा समुदायको समग्र विकासका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था हो । संस्थाले समुदायमा रहेका बालबालिका, युवा, महिला, विपन्न तथा सीमान्तकृत समुदायलगायत जोखिममा रहेका वर्गको अधिकार, संरक्षण, सहभागिता र सशक्तीकरणलाई आफ्नो कार्यको महत्वपूर्ण आधारका रूपमा लिँदै आएको छ । YARD ले समुदायको आवश्यकता, स्थानीय प्राथमिकता तथा सम्बन्धित सरोकारवालाको सहभागिताका आधारमा विभिन्न विकासमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले स्थानीय सरकार, समुदाय, विद्यालय, अभिभावक, बालबालिका, युवा, नागरिक समाज, विकास साझेदार तथा अन्य सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी कार्यक्रम कार्यान्वयनमा जोड दिँदै आएको छ । संस्थाको कार्यदृष्टिकोण समुदाय केन्द्रित, अधिकारमा आधारित, सहभागितामूलक, समावेशी तथा दिगो विकासमा केन्द्रित रहेको छ । समुदायका वास्तविक समस्या तथा आवश्यकताको पहिचान गरी स्थानीय स्रोत, ज्ञान, सीप र क्षमताको अधिकतम उपयोगमार्फत दिगो समाधान खोज्नु संस्थाको प्रमुख कार्यशैली हो ।
यस संस्था अन्तरगत World Vision International Nepal को साझेदारीमा संचालित HATEMALO for child wellbeing and Intergraded Development, Save the Children को साझेदारीमा संचालित SAHAYATRA-III and NPL-SCN-Corporate Financing र Kinder not hilfe को साझेदारीमा संचालित Women Empowerment and child right protection परियोजनाका लागि सन् २०२७ का लागी आवश्यक पर्ने तपशिल बमोजिमका वस्तु तथा सेवाहरुको आपुर्ति गर्न इच्छुक इजाजत प्राप्त ब्यक्ति, फर्म, कम्पनी, संस्थाबाट मौजुदा सूची (Standing list) दर्ता गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र आफुले उपलब्ध गराउने वस्तु तथा /सेवा कार्यहरू अनुसार अलग अलग सूची फारम भरी साथै उल्लेखित कागजातहरू संगै आपूर्तिकर्ता आचारसंहितामा छाप र हस्ताक्षर गरी मौजुदा सूची (Standing list) दर्ता गर्नको लागि यो सुचना प्रकाशित गरिएको छ ।
१) कार्यालयका लागि स्टेशनरी, मसलन्द, प्रिन्ट तथा फोटोकपी, ब्यानर तथा टिसर्ट छपाई, फर्निचर तथा फर्निसिङ्ग सामाग्री, विभिन्न छपाई, होडिङ्ग बोर्ड प्रिन्ट, फलेक्स प्रिन्ट, प्रमाण पत्र, ब्रोरोसर, पोस्टर, पम्पलेट र स्टीकर सम्बन्धी कार्य ।
२) कम्प्यूटर सप्टवेयर निर्माण, इन्टरनेट सेवा तथा सूचना प्रबिधि सम्बन्धी आपुर्ति तथा मर्मतसम्बन्धी कार्य ।
३) कुरीयर सेवा, पत्र पत्रिका, सूचना, विज्ञापन प्रकाशन तथा प्रशारण सम्बन्धी कार्यहरू ।
४) सवारी साधन (मोटरसाईकल, जिप, भ्यान) पार्टपुर्जा आपुर्ति तथा मर्मत सम्बन्धी कार्य ।
५) कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेशिन, क्यामरा, फ्याक्स मेसिन, सि.सि.टि.भि, UPS , विभिन्न प्रकारका व्याकप ब्याट्री, टिभी प्रोजेक्टर, टेलिफोन/मोबाईल सेट एवं तिनका पार्टपुर्जाहरू खरिद तथा मर्मत सम्बन्धी कार्य साथै प्रिन्टर, फोटोकपी मेशिनका लागि आवश्यक पर्ने टोनर रिफिलिङ, मसिहरु र विद्युतिय सामानहरू खरीद तथा मर्मत कार्य ।
६) रंग रोगन सम्बन्धीका कार्यहरू ।
७) सार्वजनिक निर्माण सामाग्रीहरू खरिद सम्बन्धी कार्य ।
८) स्वयंमसेवक, तथ्याङक संकलन, सडक नाटक समुह प्रर्दशनी, लेखा परिक्षण, अध्ययन–अनुसन्धान, गोष्ठी, सेमिनार, तालिम तथा परामर्श सेवा संचालन/सहजीकरण सम्बन्धीका कार्यहरू ।
९) श्रब्य–दृश्य सामाग्री निर्माण तथा प्रशारण ।
१०) ब्यवसायिक सिपमुलक तालिमहरू सिलाई, कटाइ, सैलुन, व्युटिसियन, वायरिङ्ग लगायत अन्य कार्य
११) औषधी तथा सर्जिकल्स उपकरण सम्बन्धी कार्य ।
१२) विभिन्न प्रकारका कृषिजन्य विउविजनहरू, रसायनिक औषधी तथा कृषि उपकरणहरू ।
१३) यूवा तथा बालबालिकाहरूको लागि खेल सामाग्री, खेलौना, स्कुल व्याग तथा अन्य शैक्षिक सामाग्रीहरू ।
१४) प्रविधि सम्बन्धी विभिन्न उपकरणहरू जस्तै – (Total Station, GPS, Measuring tape, amni level, auto level, high level scale) आदी ।
१६) प्रकोप व्यवस्थापन तथा राहत सम्बन्धि सामाग्रीहरू (तारपुलिन, इमरजेन्सी किट, गो व्याग, सेल्टर टेन्टस्, विन्टराइजेसन किट आदि) ।
१७) खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा खुद्रा सामानहरूको बिक्रि वितरण सम्बन्धीका सेवाहरु ।
१८) सवारी साधन तथा ढुवानि सम्बन्धीका कार्यहरू ।
१९) नर्सरी जन्य कार्यरू ।
२०) कानुनी रुपमा मान्यता प्राप्त पशुपन्छी सम्बन्धीका कार्यहरू ।
२१) विभिन्न प्रकारका बिमा सम्बन्धीका कार्यहरू ।
२२) तालीम, बैठक तथा गोष्ठी संचालनका लागी खाजा, खाना र आवास सहीत तालीमकक्ष भएको होटेल सेवा सम्बन्धमा ।
२३) विद्यालय पोशाक, स्वीटर, अन्य लुगा कपडा, कम्बल, डोरी, झोला, छाता, जुत्ता, चप्पल, त्रिपाल तथा आपुर्ती सम्बन्धी सेवा ।
निवेदन साथ पेश गनु पर्ने कागजातहरू
अन्य थप जानकारीः
दर्ता प्रक्रियाः
इच्छुक फर्म, सप्लायर्स, कम्पनी तथा सेवा प्रदायकहरूले “सूचीकृत दर्ता” फारम र आपूर्तिकर्ता आचारसंहिता विकासका लागि युवा ऐक्यबद्धता (YARD) कैलालीको कार्यालय, वेबसाइट वा तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।
निवेदन पेस गर्ने प्रक्रिया
१) हार्डकपी–विकासका लागि युवा ऐक्यबद्धता (YARD), धनगढी–५, तारानगर वा
इमेलः [email protected]
विकासका लागि युवा ऐक्यबद्धता
धनगढी–५, तारानगर, कैलाली सुदुरपश्चिम प्रदेश
https://www.jobsnepal.com/majatha-saca-tharata-garana-samabnathha-sacana-144992
Interested in this role?
Apply by Nov 24, 2026 on JobsNepal.